समाचार
३१ साउन, काठमाडौं । राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो । राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन […]
३१ साउन, चितवन । चितवनका निजी अस्पतालले कोरोना संक्रमितलाई आफ्नै अस्पतालमा राखेर उपचार गर्न थालेका छन् । भरतपुरस्थित पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमण पुष्टि भएका रत्ननगर ९ का ६१ बषर्ीय संक्रमित पुरुषलाई राखेर उपचार गरेको जनाएको छ । साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना उनलाई कोरोना संक्रमण भएको शुक्रवार पुष्टि भएको थियो । संक्रमित […]
३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय […]
३१ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो । त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए […]
३१ साउन, काठमाडौं । चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ । तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको […]
३१ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]
३१ साउन, काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । २३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो […]
३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज […]
३१ साउन, वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी […]
तीज पर्व नजिकिँदै छ । युट्युब तीजगीतले नै भरिएका छन् । नयाँ र पुराना कलाकार म्युजिक भिडियो अपलोड गर्न तछाडमछाड गरिरहेका छन् । तर यो दौडको सुरूमै केही प्रश्न उठ्छन् । यस्ता गीतमा हाम्रो समाजको जीवन आएको छ त ? यी गीतले समाजमा महिलाको जीवनलाई अग्रगामी चेतना दिएका छन् त ? तीजको संस्कार धान्ने नाउँमा […]
३१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अनलाइनखबरसँग भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म […]
३१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित […]
३१ साउन, काठमाडौं । पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति […]
३१ साउन, काठमाडौं । गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी […]
३१ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । ‘नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर […]
३१ साउन, काठमाडौं । ‘म पनि अब एउटा साहित्यिक पत्रिका निकाल्छु ।’ उमेरले भर्खरै २० टेकेका बेला रोचक घिमिरेले यो कुरा सुनाउँदै हिँड्दा कसैले पत्याएनन् । विसं. २०१८ सालको समय थियो त्यो । वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेर राजा महेन्द्र आफैं शासन चलाइरहेका थिए । साहित्यिक प्रकाशनलाई समेत कडा सेन्सर गरिन्थ्यो । छापाखाना […]
३१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरोमा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन […]
३१ साउन, काठमाडौं । शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए । शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक […]
३१ साउन, कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका […]
३१ साउन, काठमाडौं । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि […]
३१ साउन, काठमाडौं । जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो […]
from समाचार – Online Khabar https://ift.tt/33Yg7a5
via IFTTT




















