समाचार
३० साउन, काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको निगमको प्रदेश पाँच कार्यालयले जनाएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षणपछि गराइएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो । ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित […]
३० साउन, काठमाडौंं । मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड)को विद्युत पुगेको छ । तर, अझै १३ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युतीकरण हुन बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङअनुसार, अहिले ९० प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेमा ठाउँमा सौर्य, […]
३० साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गरेको छ । काठमाडौं उपत्यकामा महिलाहरुका लागि छुट्टै क्वारेन्टिन निर्माण गर्ने पहिलो भएको महानगरको दाबी छ । महिलाहरुको संवेदनशीलतालाई ध्यानमा राखी निश्चित मापदण्डअनुसार वडानम्बर २६ स्थित पोषण पुनर्स्थापना गृहका दुईवटा भवनमा छुट्टै क्वारेन्टिन निर्माण गरिएको हो । मुख्य गरी विदेशबाट आएका महिला र उनीहरुको […]
३० साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पहिरो गएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका छन् । राहत सामग्री लिएर गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् । टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि छन् । गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत […]
३० साउन, काठमाडौं । ए लेभलको परीक्षाको नतिजा चित्त नबुभेपछि विद्यार्थीहरुले शुक्रबार काठमाडौंको ब्रिटिश काउन्सिलबाहिर प्रदर्शन गरेका छन् । ए लेभलको ग्रेडिङ अन्यायपूर्ण रहेको भन्दै उनीहरुले सच्याउन माग गरेका छन् । उनीहरुले पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने पनि माग गरेका छन् । हेर्नुहोस् तस्वीरहरु
३० साउन, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एक नर्स र तीन कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड ल्याबमा बिहीबार राति अबेर गरिएको परीक्षणमा अस्पतालका चार जनालाई संक्रमण देखिएको कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अनलाइनखबरलाई जानकारी दिए । उनीहरूलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । अस्पतालका चिकित्सकसहित ३९ जनाको स्वाब […]
३० साउन, काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–७ का २१ र २९ वर्षका दुई पुरुष भारतबाट घर फर्किए । स्थानीय जनप्रतिनिधिले वडा नम्बर ६ स्थित सिगास माविको क्वारेन्टिनमा राखे । १३ दिन क्वारेन्टिनमा बसेर घर जाने तयारी गरिरहेका उनीहरुको साउन ४ गते आरडीटी गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरु घर जान पाउने कुरै भएन […]
३० साउन, बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने काम सुरु भएको पौडेलले बताए । स्वाब संकलनपछि […]
३० साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेको मुद्दा मिलाइदिने भनेर ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौंको तरकेश्वर बस्दै आएका ३६ वर्षीय शंकरप्रसाद अधिकारी छन् । उनलाई सीआईबीको टोलीले पक्राउ गरेको एसपी बेलबहादुर पाण्डेल बताए । उनका अनुसार अधिकारीले काठमाडौंका एक व्यवसायीलाई सीआईबीका इन्स्पेक्टरलाई ५ […]
३० साउन, चितवन । चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । एक ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले एकसाताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता […]
३० साउन, सप्तरी । सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर्षीय, ६५ बर्षीय […]
३० साउन, काठमाडौं । सर्बोच्च अदालतले नेपाल बाल संगठनका नवनियुक्त अध्यक्ष विद्या न्यौपाने सहितका पदाधिकारी र सदस्यहरुलाई काम गर्ने बाटो खुला गरेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र हरि फुयालको संयुक्त इजलासले शुक्रबार यसअघि साउन २१ गते नयाँ समितिलाई कामकाज नगर्न भनी दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेको हो । सरकारले रिता सिंह […]
३० साउन, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० कार्यालयले वडाभित्र ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । वडामा कोरोना संक्रमण बढ्दै गएको भन्दै साउन २९ गते बसेको वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो । त्यस्तै वढाभित्रका मिलनचोक तरकारी बजार, […]
३० साउन, बुटवल । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेशनल प्याथ ल्याब बुटवलमा भएको समुदायस्तरको परीक्षणमा बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिका भैरहवाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ११ जनाले स्वेच्छाले निजी प्रयोगशालामा शुल्क तिरेर पीसीआर परीक्षण गराएका स्वास्थ्य कार्यालय रुपन्देही भेक्टर कन्ट्रोल निरीक्षक […]
३० साउन, सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमढा बढेसँगै कर्णाली प्रदेशले नाकामा कडाई गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ । प्रदेशमा प्रवेशका लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको निमित्त प्रदेश प्रमुख सचिव […]
३० साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट शुक्रबार थप पाँच जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका तीन जना, जुम्ला र सल्यानका एक/एक […]
३० साउन, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौंको कीर्तिपुर र वीरगञ्जमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेका थिए । त्रिविमा उपकुलपति कार्यालयमा ताला लगाउने घटनामा संलग्न नेविसंघका ८ जना र वीरगञ्जमा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा नेविसंघ नेता विकास तिवारी पक्राउ परेका छन् । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति […]
३० साउन, काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडानम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । शुक्रबारबाट लागू हुने गरी भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । […]
३० साउन, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनु पर्ने माग गरेको छ । हाल बन्द रहेको उक्त अस्पताल सञ्चालनमा ल्याई कोरोना संक्रमितको सम्भावित जोखिमलाई न्युनिकरण, नियन्त्रण तथा व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सबै सम्बन्धित निकायसँग […]
२८ साउन, रौतहट । रौतहटमा बिहीबार गौर नगरपालिकाका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १/१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए । गौर नगरपालिकामा […]
३० साउन, गुल्मी । गुल्मीमा पहिरोसहित आएको बाढीले मालवाहक ट्रक बगाएको छ । बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्ब- ६ स्थित खोलामा बाढीले करिब २० मिटर तल बगाएको हो । रोकी राखेको ट्रक बगाएको र क्षतीको विवरण संकलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज […]
from समाचार – Online Khabar https://ift.tt/325JEMz
via IFTTT





















