समाचार
३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सिन्धुपाल्चोकको लिदीबासीलाई समयमै स्थानान्तरण नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बस्ती सारेर जोखिमबाट बताउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालिसकेको र जनताले पनि त्यही माग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘पहिरोले गाउँ नै बगाएर भएको जनधनको क्षतिको जिम्मेवारी कसले लिने ? […]
३१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीमा राज्यले अक्षम्य गल्ती गरेको बताएको छ । पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ । लिदीमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै हराइरहेका छन् । […]
३० साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पूर्व-पश्चिम रेलमार्गको २८ अर्ब बराबरको ठेक्काबारे चासो देखाएको छ । समितिले भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई पत्र लेख्दै पूर्व-पश्चिम रेलमार्ग अन्तरगत काँकडभिट्टादेखि इनरुवासम्म लगाउन लागिएको रेलमार्गको ट्रयाकबेडको ठेक्का नियमसंगत रुपमा लगाउन निर्देशन दिएको हो । समितिले यो ठेक्काबारे ध्यानकर्षण पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई […]
३१ साउन, सप्तरी । सदरमुकाम राजविराजस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा २२ जना पोजेटिभ देखिएका हुन् । संक्रमित हुनेमा २० बर्षका २ जना, २१ बर्षका ५ जना, २२ बर्षका ३ जना, २३ बर्षका […]
३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो । […]
३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी गराएका छन् । लामो समयदेखि देउवालाई साथ दिँदै आएका निधिले योपटक सभापतिको आकांक्षा राखेका छन् । अरु आकांक्षीहरु शशांक कोइराला, प्रकाशमान सिंहलगायतलाई पालैपालो भेटेका निधि सभापति देउवालाई भेट्न बिहीबार बूढानीलकण्ठ पुगेका थिए । भेटमा निधिले […]
३१ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परेका थप ७ जनाको शव भेटिएको छ । यससँगै मृतकको संख्या १८ जना पुगेका छन् । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २१ जना अझै बेपत्ता छन् । नेपाली सेना, प्रहरी र स्थानीयवासी पहिरोमा परेकाहरुको खोजी गरिरहेको छ । पहिरोमा परेका मध्ये माइला पाराङ दोङ, मेकमाया […]
३१ साउन, विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र […]
३१ साउन, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान […]
३१ साउन, बुटवल । भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल- ११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् । १४ मध्ये १२ जना बैंकका कर्मचारी हाुन् । […]
३१ साउन, काठमाडौं । राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो । राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन […]
३१ साउन, धनगढी । कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो । अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’ शाहीले […]
३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । कहाँ कति थपिए ? पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित […]
३१ साउन, खोटाङ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान […]
३१ साउन, रौतहट । कोरोना भाइरस (कोविड-१९) को संक्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले रौतहटमा निषेधाज्ञा थप ७ दिन लम्ब्याएको छ । समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले २४ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा कोरोना संक्रमित बढेको र संक्रमण थप फैलनसक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई भदौ […]
३१ साउन, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर […]
३१ साउन, काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड-१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ । कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो । यसअघि मन्त्रालयले देशभरका निजी तथा […]
३१ साउन, काठमाडौं ।आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । लाइन्स क्लब अफ काठमाडौँ समर्पणका […]
३१ साउन, चितवन । चितवनका निजी अस्पतालले कोरोना संक्रमितलाई आफ्नै अस्पतालमा राखेर उपचार गर्न थालेका छन् । भरतपुरस्थित पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमण पुष्टि भएका रत्ननगर ९ का ६१ बषर्ीय संक्रमित पुरुषलाई राखेर उपचार गरेको जनाएको छ । साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना उनलाई कोरोना संक्रमण भएको शुक्रवार पुष्टि भएको थियो । संक्रमित […]
३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय […]
३१ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो । त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए […]
from समाचार – Online Khabar https://ift.tt/30XRAzS
via IFTTT





















