Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विष्णु र शंकरलाई प्रचण्डको जवाफ : बालुवाटारबाटै निकासको प्रस्ताव ल्याउनुस्

२४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको वार्ता रोकिएका बेला नेताद्वय विष्णु पौडेल र शंकर पोखरेल शनिबार खुमलटार पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमधी केपी शर्मा ओलीनिकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार पुगेका हुन् । बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि […]

एक पराजित ‘सेनापति’को अलिखित इतिहास !

२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका […]

३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् […]

जसको कलाले धेरै लुप्त सम्पदा पुरानै अवस्थामा ठडिए

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटा दरबार क्षेत्रलाई राम्रोसँग नियाल्ने हो भने यसैमा लिच्छविकालदेखिको एउटा जीवन्त कला देख्न सकिन्छ । यही कला हेर्नका लागि धेरै पर्यटकहरू वर्षेनि नेपाल आउँछन् । काठका मूर्ति र टुँडाल हुन् या ढुंगामा कुँदिएका कला, एक से एक मनमोहक कलाकृति यही उपत्यकामा पाइन्छ । मध्यकालदेखि ठडिएका मूर्त सम्पदा बनाउन लगाउने शासक त […]

कोरोना परीक्षण : कोशीमा पोजेटिभ, प्रदेश ल्याबमा नेगेटिभ !

२४ साउन, विराटनगर । स्वास्थ्यमा समस्या आएपछि विराटनगर महानगरपालिका-१० का ६३ वषर्ीय रमेश अग्रवालले बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब दिए । कोशीको रिपोर्ट नआउँदै स्वास्थ्य गम्भीर बन्यो । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्‍याए । धरानले पनि उनको स्वाब संकलन गर्‍यो । मृगौलासम्बन्धी समस्या देखिएका […]

सुनसहित एक पुरुष पक्राउ

२४ साउन, विाराटनगर । बिराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम १२० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन । करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित बिराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । साइकलमा दुध […]

नदीमा हाम्फालेकी महिलाको उद्धार

२४ साउन, बुटवल । सशस्त्र प्रहरीले डण्डा खोलामा हाम्फालेकी महिलाको जीवितै उद्धार गरेको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ की २७ बर्षीया महिलाले शनिबार पुलबाट डण्डा खोलामा हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो । अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको सशस्त्र प्रहरीले […]

पैसा विदेश पठाउने पीसीआर समाधान होइन, भीडभाड नगरौं : मेयर शाक्य

२४ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको अवस्थामा हामी आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने एका छन्। काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक आफैं सजग नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न नसकिने बताए । कोरोना संक्रमण […]

सुत्केरीको मृत्यु प्रकरण : ५ लाखमा मिलापत्र, चिकित्सक र ल्याब टेक्निसियन छुटे

२४ साउन, जनकपुरधाम । गलत समूहको रगत चढाएपछि महिलाको मृत्यु भएको घटनामा मिलापत्र भएको छ । जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसुती गराउन आएकी महोत्तरीको गौशाला नगरपालिकाकी २२ बर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार मृत्यु भएको थियो । घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसंचार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो […]

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय

२४ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड-१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो । बैठकले लक्ष्मण नभएका […]

गृहमन्त्रीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ

२४ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित उहाँका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । साउन १४ गते प्रधानमन्त्री केपी शर्मा […]

गण्डकी प्रदेशमा थपिए २४ संक्रमित

२४ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बाग्लुङ नगरपालिका वडा नम्बर ३ का पुरुष हुन् । स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको […]

विचौलियाको नियुक्तिबारे नेकपाभित्रै विरोध, निर्णय फिर्ता गर्न माग

२४ साउन, काठमाडौं । लगानी बोर्डको नेतृत्व सुशील भट्टलाई दिएपछि सरकारले आलोचना खेपिरहेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि यो विषय चर्को रुपमा उठेको छ । सरकारले गर्ने राजनीतिक नियुक्तिलाई लिएर नेकपाका स्थायी समिति सदस्यहरु भने विभाजित छन् । कसैले यो सरकारको क्षेत्राधिकार भएको बताएका छन् । कसैले पार्टीको सिफारिस अनुसार […]

काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल

२४ साउन, काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए । संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । […]

पर्सामा मेयरसहित ५५ जनामा कोरोना, ल्याबका कर्मचारी पनि संक्रमित

२४ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना बारा र १ जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध […]

अरुलाई कोरोनाको चिन्ता, प्रधानमन्त्रीलाई ‘अयोध्या’ को !

२४ साउन, चितवन । चितवनको माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरी सुवेदी स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान ११ बजे भरतपुरमा आएर चितवन मेडिकल कलेजमा उपचारका लागि लाइनमा बसिरहेका थिए । सुवेदीलाई काठमाण्डौंको नम्बरबाट फोन आयो । खासै सन्चो नभएकाले फोन उठाएर बोल्ने जाँगर पनि उनलाई थिएन । पहिलो फोन ‘मिस’ भयो । फेरि […]

प्रधानमन्त्रीलाई भेट्न माडी नगरपालिकाको टोली काठमाडौं प्रस्थान

२४ साउन, भरतपुर । राम जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै माडी नगरपालिकाको एक टोली काठमाडौं प्रस्थान गरेको छ । नगर प्रमुख ठाकुर ढकाल नेतृत्वको टोली शनिबार विहान काठमाडौं प्रस्थान गरेको हो । टोलीमा उपमेयर ताराकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष […]

भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी

२४ साउन, चितवन  । चितवनको भरतपुर महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी सडकको विकास भएको छ । सडक विस्तार, पिच, नाली, मोज्याक टायल लगाउने काम निकै भएको देखिन्छ । तर, यहाँ भएको विकास बर्खाको पानीले निकास नपाउने गरी भएको छ । त्यसैले मुख्य शहरी क्षेत्र र वस्तीहरु नै डुबानमा परेका छन् । पानीको निकास नभएपछि यहाँका सरकारी […]

अविस्मरणीय पात्र : लुखुरे

गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ । हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका […]

आख्यान जन्माउने बोसन डाँडा

‘तपाईं त्यहाँ एकचोटि जानू । निकै मीठो कविता फुर्न सक्छ ।’ शुभचिन्तकहरूको सल्लाह स्वीकार्दै अन्ततः म समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको बोसन डाँडा पुगेँ । दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडाबाट पूर्वतिर काठमाडौं खाल्डो र पश्चिमपट्टि घना जङ्गल पर्दछ । ठ्याक्कै मेरै जन्मगाउँजस्तो ठाउँमा पुग्न पाएर म नोस्टाल्जिक भइहालें । एउटा कविताका लागि पुगेकी […]

रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

२४ साउन, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका- ४ मा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरी, रुपन्देही कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२ पचगवाका १२ […]



from समाचार – Online Khabar https://ift.tt/31xzmEy
via IFTTT
Powered by Blogger.