Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरुवा भएर आएका प्रहरीसँगै खोटाङ पुग्यो कोरोना संक्रमण

३१ साउन, खोटाङ । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान […]

रौतहटमा थप ७ दिन निषेधाज्ञा

३१ साउन, रौतहट । कोरोना भाइरस (कोविड-१९) को संक्रमण समुदायमा फैलिएको  भन्दै स्थानीय प्रशासनले रौतहटमा निषेधाज्ञा थप ७ दिन लम्ब्याएको छ । समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले २४ देखि ३२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । यो अवधिमा कोरोना संक्रमित बढेको र संक्रमण थप फैलनसक्ने भन्दै प्रशासनले निषेधाज्ञालाई भदौ […]

प्रधानमन्त्री ओली र मोदीबीच के कुराकानी भयो ?

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो । […]

मेडिकल कलेजहरुलाई सरकारको निर्देशन : कोरोना संक्रमितको उपचार गर्नू

३१ साउन, काठमाडौं । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड-१९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ । कोरोना संक्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो । यसअघि मन्त्रालयले देशभरका निजी तथा […]

४६८ जनामा कोरोना संक्रमण पुष्टि, पीसीआर टेष्ट ५ लाख नाघ्यो

३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । कहाँ कति थपिए ? पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित […]

विपन्न कोरोना संक्रमितका लागि ‘अक्सिजन बैंक’ स्थापना

३१ साउन, काठमाडौं ।आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । लाइन्स क्लब अफ काठमाडौँ समर्पणका […]

भजनीका बाढीपीडितलाई सरकारी आश्वासनको बाढी !

३१ साउन, धनगढी । कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो । अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’ शाहीले […]

कालिका टावरमा राप्रपाको छलफल : गाई कि हलो ?

३१ साउन, काठमाडौं । राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो । राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन […]

चितवनका निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार

३१ साउन, चितवन । चितवनका निजी अस्पतालले कोरोना संक्रमितलाई आफ्नै अस्पतालमा राखेर उपचार गर्न थालेका छन् । भरतपुरस्थित पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमण पुष्टि भएका रत्ननगर ९ का ६१ बषर्ीय संक्रमित पुरुषलाई राखेर उपचार गरेको जनाएको छ । साउन २७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना उनलाई कोरोना संक्रमण भएको शुक्रवार पुष्टि भएको थियो । संक्रमित […]

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता

३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय […]

मनमैजुमा छुरा हानेर भागेका शेर्पा पक्राउ

३१ साउन, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-९ मनमैजुस्थित मितेरी पुलमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति बसन्त टोलमा रहेको गोर्खाली खाजा घरमा शेर्पा र लक्ष्मण तामाङको समूहबीच झगडा भएको थियो । त्यसक्रममा काठमाडौं-१६ बसन्तनगरका आङदोर्जे शेर्पाले नुवाकोट घर भई तारकेश्वरमा बस्ने लक्ष्मणलाई छुरा प्रहार गरेका थिए […]

नारायणी नदीले सतर्कताको तह पार गर्यो

३१ साउन, काठमाडौं । चितवनको नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । बहाव बढेसँगै सतर्क रहन संकेत स्वरुप साइरन बजाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च मापन गरिएको छ । तमोर नदीको बाढी घट्ने क्रममा रहे पनि नारायणी नदीको […]

बुटवलमा उपचाररत कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

३१ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ७ घर भएका ४२ वर्षीय पुरुषको आईसीयुमा राखेर उपचारका क्रममा शनिबार मृत्यु भएको हो । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका उनको शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले […]

युगान्डाका धावक जोसुवाले बनाए विश्व कीर्तिमान

३१ साउन, काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान छन् । फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । २३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो […]

नेपाल वायुसेवा निगमले विदेशबाट १८ हजार नेपालीलाई ल्यायो घर

३१ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले नेपालमा लकडाउन शुरु भएयता भएका चार्टर्ड उडानमा १८ हजार यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सका अनुसार शुक्रबारसम्म नेपाल एयरलाइन्सले नेपालीको उद्धारका लागि मात्र कुल ९६ वटा उडान गरेको छ । ती उडानबाट १८ हजार २ सय ३२ जना नेपाली घर फर्किएका छन् । निगमसँग अहिले चार जहाज […]

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

३१ साउन, वीरगञ्ज । पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी […]

सिन्धुपाल्चोकको लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो

३१ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अनलाइनखबरसँग भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म […]

पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

३१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उनी वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित […]

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

३१ साउन, काठमाडौं । पश्चिम भूभागका केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति पनि […]

गण्डकी प्रदेशमा थप १० जनामा संक्रमण पुष्टि

३१ साउन, काठमाडौं । गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी […]

चन्द्रागिरि नगरपालिकाले ५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने

३१ साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए । ‘नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पिसीआर […]



from समाचार – Online Khabar https://ift.tt/3iVRaQX
via IFTTT
Powered by Blogger.