समाचार
२५ साउन, जनकपुरधाम । एउटा सिरानीको खोलको मूल्य कति पर्ला ? सामान्य खालको १०० रुपैयाँमै पाइने यस्ता कभर राम्रै खरिद गर्दा पनि ५०० भन्दा धेरै नपर्ला भन्ने धेरैले अनुमान गर्छन् । तर, सिराहा नगरपालिकाले एउटा सिरानीको खोललाई २८७७ रुपैयाँ तिरेर किनेको पाइएको छ । नगरपालिकाले जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिलाई बुझाएको खर्च विवरण सिरानीको खोलमात्र […]
२५ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका झरुवाराशीस्थित कर्मनशा खोलामा हिजोआज पौडी खेल्न र नुहाउनेको भीड छ । वर्षायाममा खोलामा ठूलो पानी भएका बेला यहाँ साना ठूला झरना र दहहरु बनेका छन् । त्यहाँ नुहाउन र पौडी खेल्न धेरै युवा आउने गरेका छन् । काठमाडौं नजिकै शहरी कोलाहलबाट टाढा आनन्द लिन आउने र झरना र […]
२५ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका करिब दुई सय जनाले जग्गा धनी प्रमाणपत्र पाएका छन् । नापी विभागले सैनामैना नगरपालिकामा पर्ने साविक पर्रोहा र सालझण्डी गाविस अन्तर्गत रहेका गाउँ ब्लकका झारबैरा, रन्यौरा, उछडीहवा, लेडुवा, पानवारी, दक्षिण दोगराका गाउँब्लकका १ सय ८८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो । जिल्ला नापी कार्यलयका प्रमुख अजित कुंवरले […]
२५ साउन, गोरखा । गोरखामा वर्षायाममा पनि नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन । गोरखा नगरपालिका–१० ठुटेबजार कन्याढाप झोलुङ्गे फाँटमा दरौदी नदीमा अहिले पनि धमाधम उत्खनन भइरहेको छ । ‘ढुङ्गा, गिटी तथा वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ अनुसार जेठ मसान्तदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन । तर नियम कानून लत्याउदै स्थानीय […]
२५ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोभिड १९ को संक्रमण रोकथाम तथा […]
२५ साउन, काठमाडौं । कोरोना महामारीका कारण विदेशका विभिन्न स्थानमा अड्किएका नेपालीको उद्दारको काम अहिले जारी रहेको छ । सोहीक्रममा आइतबार मात्र १ हजार नेपाली घर फर्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आइतबार नेपाल एयरलाइन्सले दुबईबाट १ बच्चासहित १ सय २६ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलनाइन्सकै जहाजले साउदीको जेहादबाट २६१ जनालाई काठमाडौं […]
२५ साउन, जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।’शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग […]
२५ साउन, हेटौंडा । मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिए । उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ […]
२५ साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६३ जना सांसदहरुले शीर्षनेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्षमा नलाग्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा […]
२५ साउन, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित आइतबार ६ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर ६ दोहटियास्थित पाण्डव गुप्ताको घरमा लुकाएर राखिएका अवस्थामा १ ग्राम २ मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए । गुप्ताले बिक्रीका लागि आफ्नै घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा इलाका […]
२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो । ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने […]
२५ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार त्यहाँ कपाल काट्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सो कार्यालयमा कोरोना संक्रमित पहिलो पटक भेटिएका हुन् । हाल उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।
२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका […]
२५ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस .कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार रातिसम्म विराटनगर महानगरपालिकामा २७८ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ । ६ साउनसम्म विराटनगरमा ३० जना मात्र संक्रमित थिए । उनीहरु भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु थिए । तर पछिल्लो १९ […]
२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।
२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका […]
२५ साउन, काठमाडौं । अहिले बालुवाटारबाट भगवान श्रीरामको बहस सुरु भएको छ । तर, उनै भगवानका नाममा खुलेको ‘श्रीराम चिनी उद्योग’ बन्द छ । नेपालका उखु किसानहरु मारमा पर्दैछन् । मिठाई पसलेहरुले अहिल्यै चिनीको अभाव महसुस गर्न थालिसके, दशैंसम्म चिनीको मूल्य कति चुलिएला ? रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको भित्तोमा साउन ११ गते एउटा […]
२५ साउन, जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा साउन को म्याद थप गरिएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय […]
२५ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका […]
२५ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै […]
२५ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित ९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये जुम्लाका चारजना, सुर्खेत र कालीकोटका दुई/दुईजना […]
from समाचार – Online Khabar https://ift.tt/3krs3qp
via IFTTT






















