समाचार
३१ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन् । पहिरोग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन् । बिहान खसेको पहिरोमा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७ बेपत्ता छन् । मन्त्री थापाले अझै ठूलो क्षति हुन […]
३१ साउन, काठमाडौं । गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी […]
३१ साउन, काठमाडौं । पश्चिम भूभागमा केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति […]
३१ साउन, काठमाडौं । शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए । शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक […]
३१ साउन, कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका […]
३१ साउन, काठमाडौं । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि […]
३१ साउन, काठमाडौं । जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो […]
३० साउन, काठमाडौं । काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरसँग भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’ […]
३० साउन, काठमाडौं । २०७२ को भूकम्पले हल्लाएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो । अधिकारीका अनुसार तामाङ समुदायको बाहुल्य रहेको यो बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने थियो । भूकम्प गएको ५ वर्ष बित्यो, १२० घरधुरी भएको यो गाउँलाई पहिरोबाट बचाउन खासै काम […]
३० साउन, वीरगञ्ज । वीरगञ्ज हेल्थकेयरबाट २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गण्डकस्थित हेल्थ केयरका सञ्चालक डा. अबुल हैस अन्सारीका अनुसार उनीहरुको पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । नारायणी अस्पताल अन्तर्गत स्थापना गरिएको १२० बेड क्षमता भएको कोभिड अस्पतालबाट डिस्चार्ज हुनेमा २७ जना पर्साका र एकजना बाराका छन् । […]
३० साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको […]
३० साउन, जनकपुरधाम । जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका दुई जना पत्रकारमाथि प्रहरीले लाठी बर्साएका छन् । प्रहरीको लाठी प्रहारबाट पत्रकार सन्तोष यादव र सिवेन्द्र रोहिता घाइते भएका छन् । आफू पत्रकार भएको बताइरहँदा पनि प्रहरीले यी दुईमाथि लाठी बर्साएका हुन् । नवजीवन अस्पतालमा बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बषर्ीया महिलाको उपचारका […]
३० साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन […]
३० साउन, काठमाडौं । घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो । २०७२ सालको महाभूकम्पपछि काठमाडौंमा घरजग्गाको कारोबार सुस्ताउने अनुमान गरिएको थियो । त्यसबेला भूकम्पलगत्तै भारतीय नाकाबन्दी पनि थपिएको थियो । त्यसबाट घरजग्गा कारोबारमा परेको असर भने […]
३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने […]
३० साउन, काठमाडौं । देशमा कोभिड १९ संक्रमितहरुको सङख्या बढ्दै गएपछि उनीहरुको व्यावस्थापन गर्न गाह्रो बन्दै गएको छ । अस्पतालमा बेडको अभाव हुँदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्षणविहीन संक्रमितलाई घरैमा, होम आइसोलेसनमा बस्न भनेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, ललितपुरस्थित पाटन अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगायत कोरोना विशेष अस्पतालको […]
३० साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्न व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ […]
३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो । नेपालमा जनकपुर–जयनगर रेलमार्ग करिब ८५ वर्ष अघि अंग्रेजहरुले नै चलाएका थिए । अहिले नेपालमा रक्सौलबाट वीरगञ्जस्थित सुख्खा बन्दरगाहसम्म कार्गो […]
३०, साउन, चितवन । साउन २८ गते पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. विश्ववन्धु बगाले र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भयो । १२ वर्षका छोरासहित भरतपुर महानगरपालिका- ४ मा आफ्नै घरमा बस्दै आएका डा. बगालेले शुक्रबार बिहान निकै नमिठो दृश्य आफ्नो घर अगाडि देखे । बिहान करिव ८ बजेतिर टोल सुधार समितिकी […]
३० साउन, डोटी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्लाका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन् । उनी बडीकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ परेका हुन् । एनसेलको टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनलाई जिल्ला […]
३० साउन, काठमाडौं । नजिकिँदै गरेको तीज पर्वमा हुने भिडभाडलाई लक्षित गरी पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जानकारी दिए । निषेधाज्ञाको समयमा […]
from समाचार – Online Khabar https://ift.tt/3kLnCXN
via IFTTT





















