Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

काठमाडौं उपत्यका आवतजावत सवारी पास बन्द

२९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास जारी नगर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए । बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए […]

सुर्खेतमा थपिए १८ कोरोना संक्रमित, १७ जना वीरेन्द्रनगरका

२९ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णालीका अन्य जिल्लामा भने यो अवधिमा संक्रमित थपिएका छैन‍न् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास […]

वीरेन्द्रनगर नगरपालिका एक साता बन्द हुने

२९ साउन, सुर्खेत । कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले […]

सीटीईभीटीको परीक्षा स्थगित

२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले […]

निजगढ विमानस्थलको विवाद सल्ट्याउन पर्यटनले गुहार्‍यो योजना आयोग

२९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निजगढ विमानस्थलमा रहेका विभिन्न प्रकारका समस्या समाधानमा अन्तर निकाय समन्वय हुन नसकेको भन्दै योजना आयोगसँग सहयोग मागेको छ । निगजढ विमानस्थलको साइट क्लियरेन्सका सन्दर्भमा अन्तर निकाय समन्वयको अभाव देखिएको छ । पर्यटनले मागेको रुख कटान आदेश वन मन्त्रालयका कारण अड्किएको छ । पर्यटनले दुई वर्ष […]

नेता विकास तिवारीलाई रिहाइ गर्न नेविसंघको माग

२९ साउन, वीरगञ्ज । बुधबार राति पक्राउ परेका नेपाल विद्यार्थी संघ पर्साका नेता विकास तिवारीलाई रिहा गर्न उनको संगठनले माग गरेको छ । वीरगञ्जमा बिहीबार पत्रकार सम्मेलन गरी नेविसंघले तिवारीलाई अनाहकमा पक्राउ गरी प्रहरीले दुख दिएको बताएको छ । ‘उसको कुनै दोष छ भने प्रमाणित गरेर देखाउनुपर्छ, होइन भने अनाहकमा पटक पटक पक्राउ गरेर दुःख […]

केपी ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ सुरु !

२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् । प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका […]

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र  ३५ वर्षीय अमृत लोप्चन रहेका छन् । घाइते […]

खर्च अभावमा २१ महिनाका मिर्गौला रोगी बालक घरमै

२९ साउन, गुल्मी । गुल्मीमा दुबै मिर्गौला खराब भएका २१ महिनाका बालकलाई उपचार खर्चको अभावमा घरमै राखिएको छ । जिल्लाको मालिका गाउँपालिका–५ का २१ महिनाका जक्सन गिरीको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् । उपचारको लागि पाल्पाको मिसन अस्पतालमा लगे पनि धेरै रकम लाग्ने भएपछि अभिभावकले घरमै ल्याएका हुन् […]

काठमाडौंमा खोइ सामुदायिक आइसोलेसन सेन्टर ?

२९ साउन, काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा सोमबार कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका एक बिरामी आइसोलेसनमा भर्ना भए । तर उनलाई लिएर आएकी श्रीमतीलाई के गर्ने भन्ने प्रश्न उठ्यो । न उनी काठमाडौंमा आफन्त कहाँ जान सक्ने अवस्था रह्यो, न हस्पिटलमा श्रीमानसँग बस्न । हस्पिटलका संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीका अनुसार उनलाई कतै क्वारेन्टिनमा पठाउन […]

सुर्खेतमा पहेँलो धातुका गहनासहित एकजना पक्राउ

२९ साउन, सुर्खेत । सुर्खेतमा प्रहरीले सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित एकजनालाई पक्राउ गरेको छ । बुधबार राति वीरेन्द्रनगर-३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र […]

कोराना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जी कोमामा

२९ साउन, काठमाडौं । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ । गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि […]

दुई हजार चार सयले बढ्यो सुनको भाउ

२९, साउन, काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय […]

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२९ साउन, काठमाडौं । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा […]

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

२९ साउन,  रुपन्देही । बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति ज्यान गुमाएका २५ वर्षीय युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडानम्बर १२ का प्रदीप तेलीको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । साउन २४ गते भारतको मुम्बईबाट घर आएका तेलीमा ज्वरो, खोकी […]

मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

२९ साउन, हेटौंडा । मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का […]

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर !

अहिले पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई सेटिङका कारण चर्चित बनेको छ । विवादकै बीचमा आज र भोलि नै टेन्डर खोलिँदैछ । त्यसपछि टेन्डरको ‘मूल्याङ्कन’ हुनेछ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले ५४ वटा बोलपत्रको मूल्याङकन एक महिनामा हुने बताइसकेका छन् । सीमित कम्पनी […]

पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका […]

कमजोर मुद्दा पेश भएपछि अवैध मिर्गौला प्रत्यारोपण गर्ने गिरोहलाई हाइसञ्चो

२९ साउन, काठमाडौं । प्रहरी मुद्दा कमजोर बनाएपछि पुरानो चितवन मेडिकल कलेजमा भएको अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोप लागेका १३ जना प्रतिवादी छुटेका छन् । प्रहरीले पीडित सन्तोष राईविरुद्ध पनि मुद्दा चलाएको थियो । उनी पनि २० हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । मावन बेचबिखन तथा अंग प्रत्यारोपण जस्तो गम्भिर मुद्दामा जाहेरीकर्तालाई पनि […]

जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ

२९ साउन, काठमाडौं ।  प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ । अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो […]

धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२९ साउन, बुटवल । भारी वर्षाका कारण कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/3gNRosx
via IFTTT
Powered by Blogger.