Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चन्दा उठाउँदै समाजसेवा : कानूनले के भन्छ ? 

२५ साउन, काठमाडौं । समाजसेवालाई संसारभर नै पवित्र कार्यका रुपमा लिइन्छ । आफूसँग भएको भौतिक स्रोत–साधन देश र समाजका लागि उपयोग तथा खर्च गर्नु समाज सेवाको मूल मर्म हो । नेपालमा चाहिँ पछिल्ला दिनहरुमा बेग्लै शैलीको समाजसेवा मौलाउन थालेको छ । नेपालीहरु स्वभावैले भावुक जाति हुन् । अरुको दुःख देख्न सक्दैनन् । खास गरी विदेशमा […]

सेनाको बर्बर यातनाले चेपाङको मृत्यु भएको पाइयो : शान्ति समाज

२५ साउन, बुटवल । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सैनिक जवानहरुको कुटपिटपछि चेपाङ समुदायका एकजनाको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । सैनिक जवानको कुटपिटबाट चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको थियो । कुटपिटमा संलग्न सैनिकको नाम अझैसम्म सेनाले सार्वजनिक नगर्नु निन्दनीय भएको समाजले जनाएको छ । […]

२३ औं दिनमा ईः ले तोडे अनसन, स्वास्थ्य मन्त्रालयसँग १२ बुँदे सहमति

२५ साउन, काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आमरण अनसन तोडेका छन् । आइतबार अभियन्ता ईः ले आइतबार २३ औं दिनमा अनसन तोडेका हुन् । उनलाई स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले पानी पिलाएर अनसन तोडाए । ईः र स्वास्थ्य मन्त्रालयबीच […]

‘ट्राभल हिष्ट्री’ छैन पोखराका मृतकको, सुगर बढेपछि आफैं गएका थिए अस्पताल

२५ साउन, पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । साउन १७ मा कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय एक पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । साउन १६ गते रुघाखोकी लागेपछि पोखरा–१९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए । उपचारकै क्रममा […]

श्वासप्रश्वासमा समस्या भएकी एक महिलाको मृत्यु, कोरोना परीक्षण हुने

२५ साउन कैलाली । श्वासप्रश्वासमा समस्यामा देखिएपछि डडेल्धुरा अस्पताल पुगेकी एक महिलाको मृत्यु भएको छ । थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । डडेल्धुरा गन्यापधुरा गाउँपालिका–३ घर भएकी ३८ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना गरिएको थियो । डडेल्धुरामा उपचार सम्भव […]

‘चितवनका अस्पताल, दाना उद्योग र ग्यारेजमा कोरोना संक्रमणको बढी जोखिम’

२५ साउन, चितवन । चितवन अहिलेसम्म ११८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीमध्ये सक्रिय संक्रमितको संख्या ९ छ । अरु संक्रमितहरू संक्रमणमुक्त भएका छन् । झट्ट हेर्दा चितवन जिल्लामा संक्रमणको दर तराईका जिल्ला वा राजधानी काठमाडौंभन्दा निकै कम देखिन्छ । यसले यहाँको प्रशासन, अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई केही राहतको महसुस त गराएको छ तर […]

भारतीय विदेशमन्त्री भन्छन्– बुद्ध महान भारतीय हुन्

२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् । ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘हामीले मात्र होइन यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा […]

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

२५ साउन, काठमाडौं । पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले दिएको जानकारीअनुसार उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर […]

राज्यकोषको दोहन भन्दै सुदूरपश्चिम प्रदेशका ५ सांसदले बुझेनन् ल्यापटप

२५ साउन, कैलाली । गत वर्ष साउन १ गते सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा ४६ थान ल्यापटप पुग्यो । प्रविधि मैत्री बनाउने भन्दै मुख्यमन्त्री र मन्त्रीबाहेक सभामुख, उपसभामुख सहितका प्रदेशसभा सदस्यहरूलाई २७ लाख ७३ हजार आठ सयको ल्यापटप खरिद गरिएको थियो । तर, राज्य कोषको दुरुपयोग गरेको भन्दै ५ जना प्रदेश सभा सदस्यले एक वर्षसम्म पनि […]

प्रदेश ५ की सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

२५ साउन, बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । उनले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी […]

प्रधानमन्त्रीको निर्देशन : रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बनाउनुस्

२४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए । झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि […]

कोरोना परीक्षण : कोशीमा पोजेटिभ, प्रदेश ल्याबमा नेगेटिभ !

२४ साउन, विराटनगर । स्वास्थ्यमा समस्या आएपछि विराटनगर महानगरपालिका-१० का ६३ वषर्ीय रमेश अग्रवालले बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब दिए । कोशीको रिपोर्ट नआउँदै स्वास्थ्य गम्भीर बन्यो । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्‍याए । धरानले पनि उनको स्वाब संकलन गर्‍यो । मृगौलासम्बन्धी समस्या देखिएका […]

अस्पतालको चक्कर काट्दाकाट्दै विरामीको मृत्यु

२४ साउन, वीरगञ्ज । वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै एक विरामीको मृत्यु भएको छ । वीरगञ्ज-२ छपकैया बस्ने २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो । ज्याला मजदुरी गर्ने उनी ४ वर्षकी छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल गएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएपछि […]

पैसा विदेश पठाउने पीसीआर समाधान होइन, भीडभाड नगरौं : मेयर शाक्य

२४ साउन, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको अवस्थामा हामी आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना नियन्त्रण गर्न सकिने एका छन्। काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक आफैं सजग नहुने हो भने सरकारले चाहेर पनि कोराना संक्रमणलाई नियन्त्रण गर्न नसकिने बताए । कोरोना संक्रमण […]

विष्णु र शंकरलाई प्रचण्डको जवाफ : बालुवाटारबाटै निकासको प्रस्ताव ल्याउनुस्

२४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयको वार्ता रोकिएका बेला नेताद्वय विष्णु पौडेल र शंकर पोखरेल शनिबार खुमलटार पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अर्का अध्यक्ष एवं प्रधानमधी केपी शर्मा ओलीनिकट महासचिव पौडेल र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल खुमलटार पुगेका हुन् । बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि […]

एक पराजित ‘सेनापति’को अलिखित इतिहास !

२४ साउन, काठमाडौं । सम्भवतः नेपाली सेनाको इतिहासमै पहिलो र दुर्लभ घटना हुनुपर्छ, २० वैशाख २०६६ मा एकै दिन ‘दुई प्रधानसेनापति’ जंगीअड्डामा थिए । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग टकरावका बीच सेना प्रमुख रुक्मांगद कटवाललाई बर्खास्त गरिएको पत्र थमाइएको थियो । कटवाललाई वर्खास्त गरेर प्रचण्ड सरकारले दोस्रो वरियताका […]

३७८ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ६२ जना

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् […]

सुनसहित एक पुरुष पक्राउ

२४ साउन, विाराटनगर । बिराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम १२० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन । करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित बिराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । साइकलमा दुध […]

नदीमा हाम्फालेकी महिलाको उद्धार

२४ साउन, बुटवल । सशस्त्र प्रहरीले डण्डा खोलामा हाम्फालेकी महिलाको जीवितै उद्धार गरेको छ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ की २७ बर्षीया महिलाले शनिबार पुलबाट डण्डा खोलामा हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो । अधिकारीलाई आवश्यक उपचारार्थ भिम अस्पताल भैरहवातर्फ पठाइएको सशस्त्र प्रहरीले […]

सुत्केरीको मृत्यु प्रकरण : ५ लाखमा मिलापत्र, चिकित्सक र ल्याब टेक्निसियन छुटे

२४ साउन, जनकपुरधाम । गलत समूहको रगत चढाएपछि महिलाको मृत्यु भएको घटनामा मिलापत्र भएको छ । जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसुती गराउन आएकी महोत्तरीको गौशाला नगरपालिकाकी २२ बर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार मृत्यु भएको थियो । घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसंचार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई प्रहरीले पक्राउ गरेको थियो […]

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउने निर्णय

२४ साउन, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड-१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड-१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो । बैठकले लक्ष्मण नभएका […]



from समाचार – Online Khabar https://ift.tt/3gLM1tS
via IFTTT
Powered by Blogger.