Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

२९ साउन, वीरगञ्ज । पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ । कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका […]

कमजोर मुद्दा पेश भएपछि अवैध मिर्गौला प्रत्यारोपण गर्ने गिरोहलाई हाइसञ्चो

२९ साउन, काठमाडौं । प्रहरी मुद्दा कमजोर बनाएपछि पुरानो चितवन मेडिकल कलेजमा भएको अवैध मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोप लागेका १३ जना प्रतिवादी छुटेका छन् । प्रहरीले पीडित सन्तोष राईविरुद्ध पनि मुद्दा चलाएको थियो । उनी पनि २० हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । मावन बेचबिखन तथा अंग प्रत्यारोपण जस्तो गम्भिर मुद्दामा जाहेरीकर्तालाई पनि […]

धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२९ साउन, बुटवल । भारी वर्षाका कारण कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो । बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

नेपाल-भारत स्ट्रीप नक्सामा त्रुटी, खारेज गर्न माग

२९ साउन, काठमाडौं । नेपाल–भारतको स्ट्रीप नक्सा तयार पार्दा त्रुटी भएको पाइएको छ । कञ्चनपुर क्षेत्रका स्थानीय, त्यस क्षेत्रबाट संघ र स्थानीय तहमा नेतृत्व गर्ने जनप्रतिनिधिहरुले नेपाल–भारत स्ट्रीप नक्सा तयार गर्दा त्रुटी भएको भन्दै खारेज गरी नयाँ स्ट्रीप नक्सा तयार गर्न माग गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पनि […]

नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कोरोना संक्रमण मुक्त

२९ साउन, नेपालगञ्ज । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका ४ कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ४ जना कर अधिकृत, ४ जना सहायक कर्मचारी र ४ जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् । कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा […]

युएईमा पाँच महिनामा ११० नेपालीको मृत्यु

२९ साउन, युएई । युएईमा पछिल्लो पाँच महिनाको अवधिमा एक सय १० जना नेपालीले ज्यान गुमाएका छन् । ११ मार्चयता यति ठूलो संख्यामा नेपालीले ज्यान गुमाएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांक छ । ज्यान गुमाउनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा […]

कोरोनाबाट ११ जनाको मृत्यु, ४८४ संक्रमित थपिए

२८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् । थप १० जनाको मृत्यु किस्ट […]

आठ दिनमा ३६ जनाको मृत्यु, उपत्यकाको अस्पतालमा १७ जना

२८ साउन, काठमाडौं । साउन २० गतेसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ थियो । २१ गते एकैदिन ६ जनाको मृत्यु भयो । त्यससता २४ गतेबाहेक हरेक दिन संक्रमितको मृत्यु भइरहेको छ । आज (बुधबार) एकैदिन ११ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको सङख्या ९४ पुगेको छ । अर्थात ८ […]

वीरगञ्जको पीडामा काठमाडौंलाई किन दुख्दैन ?

२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]

झापा–सुनसरी रेलमार्ग : गोरु पछाडि, गाडा अगाडि !

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गरेको पानीजहाजको कार्यालय अहिले कुन अवस्थामा छ, थाहा छैन । तर, काठमाडौंको विशालनगरमा रहेको रेल विभागचाहिँ ठेक्कापट्टामा अगाडि सरेको छ । झापादेखि सुनसरीसम्म १०६ किलोमिटर रेलमार्ग बनाउने २८ अर्बको ठेक्का लगाउन हतारिएको विभागको काम ‘गोरु पछाडि, गाडा अगाडि’ भन्ने उखानजस्तै देखिएको छ । विशालनगरमा कार्यालय सार्नुअघि […]

संक्रमण बढेपछि सवारी पास जारी नगर्न गृह मन्त्रालयको निर्देशन

२८ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट […]

बूनपा १० मा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनासहित १४ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । वडा नम्बर १० पञ्चकन्या चोकमा एकै परिवारका ८ जनालाई संक्रमण पुष्टि भएको हो । बुनपाका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईका अनुसार न्यूरोडमा व्यापार गर्ने ३८ वर्षका पुरुषले हृयाम्स अस्पतालमा स्वाब […]

देउवाले विधान मिच्नुलाई बहादुरी ठाने : पौडेल

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका छन् । पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ । वरिष्ठ […]

कोरोना संक्रमितलाई अन्तिम सलाम ! (फोटोकथा)

२८ साउन, काठमाडौं । धादिङका ३२ वर्षका एक पुरुषको मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भयो । नीलकण्ठ नगरपालिका –१४ धुवाँकोटका उनको मृत्यु भएको भोलिपल्ट बुधबार मात्र कोरोना संक्रमण पुष्टि भयो । संक्रमितको बुधबार नै अन्त्येष्टि गर्ने खबर पाएपछि हामी पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा पुग्यौं । दिउँसो चार बजेसम्म शवदाह गृह क्षेत्र सुनसान थियो । […]

सर्वोच्च अदालतका दुई न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा

२८ साउन, काठमाडौं । देशभरी नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै जाँदा सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएपछि उनीहरू ‘सेल्फ आइसोलेसन’ मा बसेका […]

शिक्षण अस्पतालका ६ स्वास्थ्यकर्मीलाई संक्रमण, इमर्जेन्सी सेवा बन्द

२८ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको इमर्जेन्सीमा कार्यरत ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार दुई डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको हो । संक्रमित चिकित्सकमा लक्षण समेत छ । चिकित्सकबाट अरुलाई पनि संक्रमण सरेको हुनसक्ने भएकाले भोलि बिहीबारबाट अस्पतालको आकस्मिक […]

दुर्घटनामा हजुर बुवा र नातिनीको मृत्यु

सप्तरी, २८ साउन । सप्तरीमा भएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको मृत्यु भएको छ । स ७ प ८९३२ नम्बरको मोटरसाइकलमा सवार हजुर बुवा र नातिनीलाई ना ४ च ८४८३ नम्बरको पिकअप भ्यानले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ६ स्थित कल्याणपुर सडक खण्डमा ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक खडक नगरपालिका […]

विद्यार्थीको प्रश्न- त्रिविमा अराजकता कहिलेसम्म ?

२८ साउन, काठमाडौं । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको शैक्षिक क्षेत्रलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले उचित निर्णय र निकास दिन नसकेको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका छन् । सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि रोकिएको परीक्षा र त्यसपछिको पठनपाठनलाई लिएर विश्वविद्यालयले सही विधि अपनाउन नसक्दा विद्यार्थीहरु डिप्रेसनको शिकार हुन पुगेको भन्दै उनीहरुले प्रदर्शन […]

सरकारलाई सांसदको सुझाव : मन्दिर बनाउने होइन, सीमामा पर्खाल लगाऊ

२८ साउन, काठमाडौं । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल–भारत सीमा समस्याबारे छलफल थियो । छलफलमा सहभागी सांसदहरुले नेपाल–भारत सीमा समस्या लामो समयदेखि नसुल्झिएको भन्दै समाधानको उपाय खोजीनुपर्नेमा जोड दिए । त्यसक्रममा उनीहरुले केही दीर्घकालीन उपायहरु पनि सुझाएका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी कुमारी चौधरीले सीमामा पर्खाल र […]

मोरङका कोरोना संक्रमित मृतक होटल सञ्चालक

२८ साउन, विराटनगर । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका व्यक्ति होटल सञ्चालक रहेको पाइएको छ । बुधबार कोरोना संक्रमणका कारण बुढीगंगा गाउँपालिका – २ का ५५ वर्षका पुरुषको मृत्यु भएको थियो । बुढीगंगा गाउँपालिका– २ का वडाअध्यक्ष रेवतीनारायण चौधरीका अनुसार उनले विराट मेडिकल कलेज नजिकै उनले ‘शोभा होटल’ सञ्चालन गर्दै […]

एक अर्बको लगानीमा खुल्यो क्वालिटी पेपर उद्योग

२८ साउन, चितवन । युवा उद्यमीको लगानीमा चितवनमा युरोपियन प्रविधिको प्रयोग गरी क्वालिटी पेपर इण्डष्ट्रिज प्रालि सञ्चालनमा आएको छ । नवलपरासीको (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका –१० अरुणखोला नजिक उद्योग सञ्चालनमा आएको छ । उद्योगमा एक अर्बको लगानी रहेको वुधवार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योग सञ्चालकहरुले जानकारी दिएका छन् । उद्योगको मुख्य कार्यालय भने चितवनको चितवनको […]



from समाचार – Online Khabar https://ift.tt/31PmWrx
via IFTTT
Powered by Blogger.