समाचार
२८ साउन, रौतहट । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन् । हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा चन्द्रपुर नगरपालिका ९ कि एक युवतीसहित चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो । चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले […]
२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]
२८ साउन, गुल्मी । साउन महिनाभर विशेष मेला लाग्ने गुल्मीको रेसुंगा यसवर्ष सुनसान छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा यस वर्ष साउने मेला स्थगित गरिएको थियो । जिल्लाको सदरमुकाम तम्घासमाथिको अग्लो पहाडमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । तर यस […]
२८ साउन, विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । […]
२८ साउन, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना संक्रमण भए/नभएको जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न प्रक्रियामा रिएजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अनिवार्य हुन्छ । अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयर र गण्डक अस्पतालबाट संकलित […]
२८ साउन, डोटी । बुधवार बिहान ५ः३० बजे डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दुर्घटनामा परी मुत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा मंगलसैन नगरपालिका-७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका-३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका-४ घर भई बसका सहचालक टिकाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका […]
२८ साउन, जनकपुरधाम । जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । जनकपुरधाममै […]
२८ साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । […]
२८ साउन, काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय […]
२८ साउन, विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका-२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
२८ साउन, विराटनगर । पछिल्लो चार महिनामा प्रदेश १ मा ६० हजार बढीको पीसीआर जाँच भएको छ । गत २८ चैतयता मंगलबारसम्म ६० हजार ६ सय ८० वटा पीसीआर जाँच गरेको हो । जसमध्ये एक हजार पाँचसय ६३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी […]
२८ साउन, पोखरा । नेपाल आदिवासी जनजाति महासंघ फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना आदिवासी पत्रकार सम्मानित भएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा कास्कीका रुद्रबहादुर थापामगर र बाग्लुङका राजेशचन्द्र राजभण्डारीलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मान गरिएको हो । लामो समयदेखि पत्रकारितामा सक्रियसम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री […]
२८ साउन, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ […]
२८ साउन, काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका […]
२८ साउन, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ । गएराति बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुको तौलिहवाका एक जना […]
२८ साउन, काठमाडौंं । सोमबार धौलागिरि अञ्चल अस्पताल बागलुङका दुई स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । दुईमध्ये एकजना आइसोलेसनका संक्रमित र क्वारेन्टिनमा ड्युटी गरिरहेकी बागलुङ नगरपालिका-४, कुँडुलेकी स्टाफ नर्स हुन् । सो अस्पतालमा १४ जना कोरोना संक्रमित उपचाररत थिए । कोरोना परीक्षणको रिपोर्ट आउँदा यी नर्स भने बिहानको ड्युटी […]
२८ साउन, बुटवल । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका […]
२८ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी […]
२८ साउन, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ […]
२८ साउन, बुटवल । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् । निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार […]
२८ साउन, काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो […]
from समाचार – Online Khabar https://ift.tt/3fODHZc
via IFTTT






















