समाचार
बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् । उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । बच्चाले […]
२७ साउन, काठमाडौं । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवर्द्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा मञ्च गठन भएको हो । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, […]
२७ साउन, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ । कोरोना भाइरसका सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका […]
२७ साउन, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । सोही अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा […]
२७ साउन, काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासीले प्रदर्शन गरेका छन् । बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए । बालाजु बाइपासमा २०१७ सालसम्म […]
२७ साउन, जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए । डा. सिंहले अनलाइनखबरसँग भने, ‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो […]
२७ साउन, विराटनगर । कोरोना परीक्षणमा प्रदेश सरकारले विभेद गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् । महानगरपालिकाले संकलन गरेको स्वाब परीक्षण ढिलो भएपछि मेयर पराजुलीले विभेद गरेको बताएका हुन् । ‘स्वाब संकलन गरेको चार दिनसम्म रिपोर्ट आँउदैन, छिटो गरौं न भन्न कतै बाँकी छैन,’ मेयर पराजुलीले भने, ‘पीसीआर चाँडो गराइदिनु पर्याे भनेर क–कसलाई […]
२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]
२७ साउन, कैलाली । कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । पासी सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान […]
२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले […]
२७ साउन, सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्षेत्र नं. १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे । पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न […]
२७ साउन, डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना […]
२७ साउन, मकवानपुर । वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । […]
२७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् । विविध धर्म, […]
२७ साउन, काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । […]
२७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला गोली चलेको हो । गोली चलेको खबर पाएपछि केहीबेर पत्रकार भेटघाट कार्यक्रम प्रभावित भएको थियो । पत्रकार भेटघाटको क्रममा सुरक्षाकर्मीले ट्रम्पलाई केही भनेपछि उनी कार्यक्रम छाडेर भित्र अर्को कोठामा गएका थिए । करिब नौ […]
२६ साउन, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन भएकोमा २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।
२६ साउन, वीरगञ्ज । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् । यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा […]
२६ साउन, काठमाडौं । सामान्यतः पैदल हिँड्न पनि दर्जनौं मानिससँग ठोक्किनुपर्ने कोटेश्वरको असर्फी टोल सोमबार दिउँसो सुनसानप्रायः थियो । चोकको उत्तरतर्फको एउटा बस्तीका सटरमा ताला लागेका थिए । अग्ला भवनका गेटहरु बन्द थिए । मानिसहरु मास्क लगाएर झ्यालबाट चिहाइरहेका थिए । बस्तीको गल्लीमा छिर्ने नाकामा ब्यानर टाँगिएको थियो- ‘कोरोना संक्रमित क्षेत्र । प्रवेश निषेध ।’ […]
२६, साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार प्रशोधित बोतलबन्द पिउने पानीको अधिकतम् सर्मथन मूल्य तोकेको छ । भदौ १० गतेबाट काठमाडौं उपत्याकाका तीन र काभ्रे जिल्लाका पानी उद्योगमा लागू हुने नयाँ मूल्यअनुसार एक जार पानीलाई अधिकतम् ५० रुपैयाँ र एक बोतल पानीलाई उपभोक्ताले १६ रुपैयाँ तिर्नुपर्छ । विभागले सोमबार तोकेकोभन्दा बढी […]
२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3agr2wF
via IFTTT






















