Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बीमा कम्पनीका ५० प्रतिशत कर्मचारीलाई ‘वर्क फ्रम होम’

२८ साउन, काठमाडौं । बीमा कम्पनीले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने ‘वर्क फ्रम होम’ गर्न बीमा समितिले निर्देशन दिने भएको छ । कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका थप बढे पछि मन्त्रिपरिषद् बैठकले नै आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको थियो […]

नेपाल प्रवेश गर्नेको पहिचान खुलाएर अभिलेख राख्न निर्देशन

२८ साउन, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतसँग छलफल गरेपछि समितिले भारतीय सिमानामा हुने आवतजावतमा कडाइ गर्न र नेपाल प्रवेश गर्नेको पहिचान खुल्ने गरी अभिलेख राख्न निर्देशन […]

वायुसेवा सञ्चालकले भने- भदौ १६ देखि सेवा नखुलाए आन्दोलनमा जान्छौं

२८ साउन, काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् । सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । निजी गाडी, […]

प्रचण्डको सचिवालयका एक चालकलाई कोरोना संक्रमण

२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । […]

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

२८, साउन, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार […]

रौतहटमा थप तीन जनामा कोरोना संक्रमण

२८ साउन, रौतहट । रौतहटमा बुधबार थप तीन जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार गुजरा नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो । साउन २३ गते गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मकवानपुरस्थित हेटौडा प्रयोगशालाले पठाइएकोमा दुई जना स्वास्थ्यकर्मी र एक जना स्वीपरमा […]

पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

२८ साउन, काठमाडौं । गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन  कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको […]

चीनद्वारा सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग   

२८ साउन, सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई […]

कर्णालीमा थपिए २३ जना कोरोना संक्रमित

२८ साउन, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र […]

देउवाले विधान मिच्नुलाई बहादुरी ठाने : पौडेल

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका छन् । पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ । वरिष्ठ […]

कृष्णनगरबाट साढे २४ लाख भारु बरामद

२८ साउन, बुटवल । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रुपमा भित्राइएको साढे २४ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३९ राजश्व भन्सार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान सो रकम बरामद गरेको हो । भारतबाट आएका एक व्यक्तिले सेनिटाइजर र औषधिको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटरभित्र […]

कोरोनाका कारण तम्घासको रोपाइँ जात्रा भएन

२८ साउन, गुल्मी । कृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको सदरमुुकाम तम्घासमा विविध कार्यक्रमसहित गरिने रोपाइँ जात्रा यस वर्ष भएन । कृष्ण जन्माष्टमीको अर्को दिन मनाइने रोपाइँ जात्रा कोरोना महामारीका कारणले नगरिएको हो । तम्घासमा रहेका विभिन्न क्लब संघसंस्थाहरु मिलेर विविध कार्यक्रमसहित रोपाइँ जात्रा गरेर मनाउने प्रचलन थियो । तम्घास बजारमा श्रीकृष्णको रथ यात्रा, रोपाइँ जात्रा, हाँस्याव्याग्य […]

छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या : गृहमन्त्री

२८ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छिमेकीको कहिले पिलर फालिदिने, कहिले नेपालभित्र ल्याएर गाडिदिने जस्तो व्यवहारका कारण सीमा समस्या देखिएको बताएका हुन् । उनले छिमेकी भने पनि देशको नाम भने लिएनन् । ‘सीमा विवाद […]

घुस लिएको आरोपमा मैनामैनीका सहायक वन अधिकृतसहित ६ जना पक्राउ

२८ साउन, काठमाडौं । घुस लिएको आरोपमा उदयपुरस्थित सवडिभिजन वन कार्यालय मैनामैनीका सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएकाे प्रहरीको टोलीले यादवसहित सवडिभिजन वन कार्यालय लालबजार रामपुरका सहायक वन अधिकृत बिनोदकुमार साह, फोरेस्टर रमेश राई, सवडिभिजन वन कार्यालय मैनामैनीका फोरेस्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र […]

थप एक उपचाररत ७७ वर्षीय कोरोना संक्रमितको मृत्यु

२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण […]

पत्रकार बलराम बानियाँ मृत भेटिए

२८ साउन, काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए । बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान […]

रौतहटको चन्द्रपुरमा ५ जना कोरोना संक्रमित थपिए

२८ साउन, रौतहट । रौतहटको चन्द्ररपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राति आएको स्वाब परीक्षणको रिपोर्टमा उनीहरु पोजेटिभ भेटिएका हुन् । हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा चन्द्रपुर नगरपालिका ९ कि एक युवतीसहित चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो । चन्द्रपुर नगरपालिकामा पुष्टि भएकामध्ये तीनजना कन्ट्याक्ट ट्रेसिङ्गका क्रममा पत्ता लागेको चन्द्रपुर अस्पतालले […]

दिल्लीमा बेचविखनमा परेकी युवतीको उद्धार

२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा  उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]

साउनमा सुनसान गुल्मीको रेसुङ्गा

२८ साउन, गुल्मी । साउन महिनाभर विशेष मेला लाग्ने गुल्मीको रेसुंगा यसवर्ष सुनसान छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा यस वर्ष साउने मेला स्थगित गरिएको थियो । जिल्लाको सदरमुकाम तम्घासमाथिको अग्लो पहाडमा पर्ने ऐतिहासिक तपोभूमि रेसुङ्गामा मन्दिर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । तर यस […]

वित्तीय हस्तान्तरणमा प्रदेश नं २ लाई अन्याय भएकै हो त ?

यसपालि बजेट सेसनमा प्रदेश नं २ का केही सांसदहरूले प्रदेश नं २ लाई कम वित्तीय हस्तान्तरण गरेर संघीय सरकारले अवहेलना गर्‍यो भनेर चर्को आवाज उठाए । यस सन्दर्भमा वित्तीय हस्तान्तरणमा प्रदेश नं २ लाई अन्याय भएकै हो त भन्ने विषयमा सिधै प्रवेश गर्नुभन्दा यससँग सम्बन्धित केही कानुनी र नीतिगत विषयको कुरा गर्छु । यहाँ प्रदेश […]

प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण

२८ साउन, विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् । साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार पोजेटिभ रिपोर्ट आएको हो । […]



from समाचार – Online Khabar https://ift.tt/30TDuzL
via IFTTT
Powered by Blogger.