Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा

३० साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिकातर्फ प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् । सापकोटा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट […]

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

३० साउन, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् । संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार […]

कोशी अस्पतालमा विराटनगरका ३० वर्षीय युवकको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक ३० वर्षीय युवकको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय गुप्ता थरका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो । विराटनगरका युवकलाई बिहीबार बिहान […]

भरतपुर अस्पताल आएका १३ जनामा कोरोना, नर्स पनि संक्रमित भएपछि आकस्मिक कक्ष सिल

३० साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । विहीबार भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ जनामध्ये १३ जना भरतपुर अस्पतालमा उपचारका लागि आएकाहरु भएको पाइएको छ । […]

आरती स्ट्रिप्सका ५१ मजदुरलाई कोरोना संक्रमण, दुई जना सम्पर्कविहीन

३० साउन, विराटनगर ।  मोरङको बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालीमा कोरोना संक्रमित कामदारको संख्या ५१ पुगेको छ । बिहीबार २१ जना कामदारमा संक्रमण देखिएसँगै उद्योगमा काम गर्ने कर्मचारी तथा मजदुरको संख्या ५१ पुगेको हो । बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक बासुदेव रेग्मीका बिहीबारसम्म उद्योगका कामदारमध्ये दुई सय जनाको पीसीआर जाँच गरिएको छ । संक्रमण […]

कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृत्यु

३० साउन, काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी […]

कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

३० साउन, विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको मृत्यु भएको हो । गम्भिर अवस्थामा कोशीमा भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर […]

सिन्धुपाल्चोकमा पहिरो : १३ घर पुरिए, ५ घरका सदस्य बेपत्ता

३० साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले अनलाइनखबरसँग भने, ‘१३ वटा घर पुरिएर देखिँदै देखिँदैन, पाँच घर […]

सरकारलाई आच्छु-आच्छु पार्ने बजेटका १२ जँघार

चालु आर्थिक वर्षका लागि गत जेठमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट जारी भयो । मैले यस बजेटको कार्यान्वयनका केही जँघारहरु देखेको छु । सरसर्ती हेर्दा हालकै पाराले यी जँघारहरु छिचोल्न सरकारलाई सम्भवतः आच्छु–आच्छु पर्ने पक्का छ । सरकारलाई तर्न गाह्रो पर्ने देखिएका ती जँघारहरुलाई यहाँ १२ वटा बुँदामा प्रस्तुत गरेको छु– २८० नयाँ […]

प्रतिबन्धित सभामा मुख्यमन्त्री : न मास्क, न भौतिक दुरी

३० साउन, विराटनगर । आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध […]

कतारबाट नेपाल फर्कने ९,३८५ जनाको नामावली सार्वजनिक

३० साउन, कतार । कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ । नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् । २६ जुन […]

इजरायल र युएईबीच ऐतिहासिक शान्ति सम्झौता

३० साउन, काठमाडौं । इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच इजरायल र यूएईबीच सम्बन्ध सुधारका लागि ऐतिहासिक शान्ति सम्झौता भएको छ । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत् दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र युएईका क्राउन प्रिन्स मोहमद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यस ऐतिहासिक सफलताबाट मध्यपूर्वमा शान्ति […]

कोरोना संक्रमितको औषधिमा कालोबजारी !

२९ साउन, काठमाडौं । ‘हेलो सरकार ! कोरोना संक्रमितको उपचारमा सबैभन्दा प्रभावकारी औषाधि ‘रेमडिसिभिर’ को कालोबजारी मौलाइसक्यो । बिरामीको ज्यान बचाउन भारु. ५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न चिकित्सकहरु बाध्य भइरहेका छन् ।’ कोरोना संक्रमितको उपचारमा खटिएका वीरगञ्जका डा. निरज सिंहले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन्, ‘औषधि व्यवस्था विभागमा […]

ओली- प्रचण्ड वार्ता वामदेवकै प्रस्ताव वरिपरि

२९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि सम्वाद सुरु भएको छ । र, सहमति खोज्न कार्यदल गठन गर्ने तयारी छ । नौ दिन लामो सम्वादहीनता तोड्दै प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार बालुवाटार पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी […]

रेल-वे ठेक्का सेटिङ : कसले कुन ठेक्का पाउने पहिल्यै तय गरेर टेन्डर !

अहिले पूर्व-पश्चिम रेलमार्गको ट्रयाकबेड निर्माण सम्बन्धी टेन्डरको चर्चा छ । यो टेन्डर नौलो विकास प्रक्रियाका कारण नभई सेटिङका कारण चर्चित बनेको छ । विवादकै बीचमा आज र भोलि नै टेन्डर खोलिँदैछ । त्यसपछि टेन्डरको ‘मूल्याङ्कन’ हुनेछ । नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले ५४ वटा बोलपत्रको मूल्याङकन एक महिनामा हुने बताइसकेका छन् । सीमित कम्पनी […]

डबल एजेन्ट इल्ताफको सुनमा ‘अपत्यारिलो कनेक्सन’ !

२९ साउन, काठमाडौं । भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ), इन्टेलिजेन्स ब्युरो (आईबी) र पाकिस्तानी गुप्तचरी संस्था इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) दुबैसँग निकट रहेको दाबी गरिएका बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको मोस्ट वान्टेड एवं विशेष ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को समेत निगरानीको सूचीमा […]

‘यही पाराले न्यायपालिका दश वर्ष सुध्रिन्न’

२९ साउन, काठमाडौं । श्रीमती हत्यामा तीनै तहको अदालतबाट दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइरालाको सर्वस्वसहित जन्मकैदको सजायलाई साढे ८ वर्षमा झार्ने सर्वोच्च अदालतको फैसलाको व्यापक आलोचना भयो । चौतर्फी आलोचनापछि फैसलाको विरुद्धमा सरकारले न्यायिक पुनरावलोकनमा जाने निर्णय गर्‍यो । र, सर्वोच्चले यो मुद्दाको पुनरावलोकन गर्ने निर्णय पनि गरिसकेको छ । प्रधानन्यायाधीश […]

कोरोनाबाट थप चार जनाको मृत्यु, ५२५ संक्रमित थपिए

२९ साउन, काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९८ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् । थप चार जनाको मृत्यु कोरोना […]

तरकारीको भाउ घट्यो, १५ दिनमा किलोको ८२ प्रतिशतसम्म सस्तो

२९ साउन, काठमाडौं । १५ दिन अघिसम्म आकाशिएको तरकारीको मूल्य केही दिनयता ओरालो लागेको छ छ । दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् । बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको थियो । बाटो सहज भएसँगै मूल्य पनि सस्तो भएको व्यवसायीको भनाइ छ । […]

सुर्खेतमा सोमबारदेखि निषेधाज्ञा 

२९ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको […]

आइसोलेसन बनाउन प्रदेश १ सरकारबाट १ करोड ६० लाख निकासा

२९ साउन, विराटनगर । आइसोलेसन निर्माण र व्यवस्थापनका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालका लागि रकम निकासा गरेको हो । प्रदेश सरकारले ११ वटा जिल्ला अस्पताललाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको हो […]



from समाचार – Online Khabar https://ift.tt/3g2xNUs
via IFTTT
Powered by Blogger.