Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णाली राजमार्ग फेरि अवरुद्ध

२५ साउन, जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । दैलेखको आठबीस नगरपालिका-५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए ।’शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग […]

मकवानपुरमा ५ प्रहरीसहित २३ जनामा कोरोना संक्रमण

२५ साउन, हेटौंडा । मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले जानकारी दिए । उनका अनुसार आइतबार जिल्ला प्रहरी कार्यालय मातहत कार्यरत ५ जना प्रहरी कर्मचारी, उपमहानगरभित्रका १६ जना, बकैया गाउँपालिका—४ […]

नेकपाका ६३ सांसदको प्रतिवद्धता- गुटमा लाग्दैनौं, पक्ष-विपक्षमा बोल्दैनौं

२५ साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६३ जना सांसदहरुले शीर्षनेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्षमा नलाग्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा […]

सिराहाबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

२५ साउन, जनकपुरधाम । सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित आइतबार ६ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका वडा नम्बर ६ दोहटियास्थित पाण्डव गुप्ताको घरमा लुकाएर राखिएका अवस्थामा १ ग्राम २ मिलीग्राम ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको सिराहाका प्रहरी प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए । गुप्ताले बिक्रीका लागि आफ्नै घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा इलाका […]

‘२७ प्रतिशतले मास्क लगाउँदैनन्, लगाउनेले पनि जाँदैनन्’

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा जनस्वास्थ्यको मापदण्ड प्रभावकारी रुपमा पालना नभएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले देखाएको छ । ३९ जना टोलीले दुई दिनसम्म तरकारी बजार, बैंक तथा वित्तीय संस्था, मालपोत, सार्वजनिक यातायात मठ मन्दिरलगायतका सार्वजनिक स्थलहरुमा अवलोकन विधिबाट अध्ययन गरेको थियो । ४५०२ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मास्क लगाएका थिए भने […]

महानगरीय प्रहरी कार्यालयका एक प्रहरीमा कोरोना संक्रमण

२५ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार त्यहाँ कपाल काट्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सो कार्यालयमा कोरोना संक्रमित पहिलो पटक भेटिएका हुन् । हाल उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

जयशंकरको अभिव्यक्तिबारे सरकारले भारतसँग औपचारिक कुरा गर्नुपर्छ : माधव नेपाल

२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका […]

काठमाडौं जिल्लामा थप ९० संक्रमित भेटिए

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । आइतबार देशभरमा ३ सय ८० जना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने स्वास्थ्य मन्त्रालयले खुलाएको छैन ।

थप दुई जनाको मृत्यु, ३८० जनामा कोरोना संक्रमण पुष्टि

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका […]

यहाँ रामको चर्चा छ, श्रीराम चिनी उद्योगको चर्चा छैन !

२५ साउन, काठमाडौं । अहिले बालुवाटारबाट भगवान श्रीरामको बहस सुरु भएको छ । तर, उनै भगवानका नाममा खुलेको ‘श्रीराम चिनी उद्योग’ बन्द छ । नेपालका उखु किसानहरु मारमा पर्दैछन् । मिठाई पसलेहरुले अहिल्यै चिनीको अभाव महसुस गर्न थालिसके, दशैंसम्म चिनीको मूल्य कति चुलिएला ? रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको भित्तोमा साउन ११ गते एउटा […]

जनकपुरधाममा साउनभरि नै निषेधाज्ञा

२५ साउन, जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा साउन  को म्याद थप गरिएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय […]

लगानी बोर्डमा भट्टको नियुक्ति बदर माग गर्दै अदालतमा रिट

२५ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गर्न माग गर्दै अदालतमा रिट परेको छ । विभिन्न परियोजनाहरु बीचैमा अलपत्र र जोखिममा पार्ने कार्यमा संलग्न व्यक्तिलाई लगानी बोर्डको सीईओ नियुक्त गर्नु गैरकानुनी भन्दै उत्प्रेषणको आदेशले बदर माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट दायर गरेका […]

राष्ट्र बैंकले बैंकहरुलाई भन्यो-कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनू

२५ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै […]

कर्णालीमा ६ महिने बालकसहित ९ जना कोरोना संक्रमित थपिए

२५ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित ९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये जुम्लाका चारजना, सुर्खेत र कालीकोटका दुई/दुईजना […]

निषेधाज्ञाले पनि छोएन तस्करलाई, अवैध कपडा बरामद

२५ साउन, वीरगञ्ज । कोरोना भाइरस समुदायमै फैलिएको पाइएपछि पर्सामा साउन १९ गतेदेखि निषेधाज्ञा जारी छ । तर जिल्लामा निषेधाज्ञा भएपनि तस्करी गर्नेहरुले भने आफ्नो धन्दा चलाइरहेका छन् । तस्कर समूहले मोटरसाइकलमार्फत सीमावर्ती भारतीय बजार इनर्वाबाट जानकीटोला, दशौता, भिखमपुर हुँदै पटेर्वा सुगौलीको मनिहर्वा भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीका कपडा बरामद गरेको छ । गोप्य […]

राजस्व संलकनमा प्रगति देखाउन झुटो विवरण !

२५ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर त्यसअनुसार राजस्व नउठेपछि तीन पटकसम्म लक्ष्य संशोधन गरियो । अन्तिम पटक १५ जेठमा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा तेस्रो पटक संशोधन गर्दै ८ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गर्‍यो […]

निर्माणसहित फुटपाथ र ठेलागाडाको व्यापार रोक्न उपत्यका नगरपालिका फोरमको माग

२५ साउन, काठमाडौं ।  उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ । फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन्। संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको […]

ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गरेको अभियोगमा एकजना पक्राउ

२५ साउन, काठमाडौं । ट्याक्सी चालकसँग ‘हप्ता’ असुली गर्न खोजेको अभियोगमा एकजना पक्राउ परेको छन् । पक्राउ पर्नेमा सर्लाही परमानिपुर–९ घर भइ चन्द्रागिरि–३ बस्दै आएका ३८ वर्षीय कमल वाइबा छन् । उनलाई महानगरीय प्रहरी प्रभाग, नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार उनले ट्याक्सी चालकहरुले ग्राहकसँग लिने […]

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण 

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको […]

बैङ्कका कर्मचारीलाई जोर–बिजोर लागु हुन्छ कि हुँदैन ?

२५ साउन, काठमाडौं । सरकारले सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेको छ । तर, अत्यावश्यक सेवाका लागि भने जोर–बिजोर लागु हुँदैन । उसोभए, बैङ्कमा काम गर्ने कर्मचारीहरुका लागि जोर–बिजोर सवारीको नियम लागु हुन्छ कि हुँदैन त ? सरकारले अत्यावश्यक सेवाको क्षेत्रभित्र बैङ्कहरुलाई पनि राखेको छ । तर, बैङ्कका कर्मचारीहरुले कार्यालय र घरमा आवत–जावत गर्ने क्रममा […]

काठमाडौंबाट तराईका विमानस्थलमा तत्काल हवाई उडान नहुने

२५ साउन, काठमाडौं । सरकारले १ भदौबाट आन्तरिक हवाई उडान सिमित ठाउँमा मात्र गर्ने तयारी गरेको छ । भदौ १ गतेबाट अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान सुरु गर्ने यसअघिकै निर्णय हो । तर कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै उडान सुरु गर्ने नगर्ने भन्ने अन्यौल बढेको छ । तत्काल काठमाडौंबाट तराई मधेसका ठूला विमानस्थलहरुमा उडान […]



from समाचार – Online Khabar https://ift.tt/2PEBAw8
via IFTTT
Powered by Blogger.