Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव

२६ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको […]

बेलायतमा एकै दिन फेला परे १०६२ नयाँ संक्रमित

२६ साउन, काठमाडौं । बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बेलायतमा गत २४ घण्टामा १ हजार ६२ नयाँ संक्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ संक्रमित फेला परेका थिए । […]

‘डेडिकेटेड’को गाँठो फुकाउने जिम्मा विद्युत नियमन आयोगलाई

२५ साउन, काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धी विवादबारेको अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाउने भएको छ । प्रतिवेदनले प्राधिकरण र उद्योगीबीच भइरहेको डेडिकेटेड महसुलबारेको मूल विवाद समाधान गर्ने जिम्मा आयोगको जिम्मामा छाडेको छ । कानूनी रुपमा डेडिकेटेड महसुल निर्धारण र लोडसेडिङ […]

भदौ १ बाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सिफारिस

२५ साउन, काठमाडौं । अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ ।  कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई […]

कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, ३८० संक्रमित थपिए

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७६ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् । थप तीन जनाको मृत्यु कोरोना […]

यहाँ रामको चर्चा छ, श्रीराम चिनी उद्योगको चर्चा छैन !

२५ साउन, काठमाडौं । अहिले बालुवाटारबाट भगवान श्रीरामको बहस सुरु भएको छ । तर, उनै भगवानका नाममा खुलेको ‘श्रीराम चिनी उद्योग’ बन्द छ । नेपालका उखु किसानहरु मारमा पर्दैछन् । मिठाई पसलेहरुले अहिल्यै चिनीको अभाव महसुस गर्न थालिसके, दशैंसम्म चिनीको मूल्य कति चुलिएला ? रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलको भित्तोमा साउन ११ गते एउटा […]

२०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक !

२५ साउन, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो । पछिल्लो दिनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ र, अधिकांश संक्रमित विभिन्न जिल्लामाट […]

नेकपामा ६३ सांसदको हस्ताक्षर : कसको हिसाब गडबड ?

२५ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका ६३ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर सार्वजनिक गरेका छन् । यो हस्ताक्षर अभियानले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पुग्छ कि अर्को पक्षलाई भन्ने जोड घटाऊ पनि नेकपाभित्र सुरु भएको छ । आइतबार ६३ सांसदले पार्टी एकताको पक्षमा […]

जसपाको निश्कर्ष– प्रधानमन्त्री ओली ‘मानसिक दृष्टिले अत्यन्तै कमजोर’

२५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो । ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त […]

कर्मचारीको असहयोगले आइतबार भरतपुरमा कोभिड ल्याब बन्द

२५, साउन, चितवन । चितवनमा शनिबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमित हुनेमा बैंकका कर्मचारीदेखि प्रहरी र थुनवासमेत थिए । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने र आइतबार नै परीक्षण गर्नुपर्ने दवावमा प्रशासन थियो । तर, भरतपुर कोभिड ल्याबका प्राविधिकहरुको असहयोगका कारणले संकलन गरिएको स्वाब पनि परीक्षण […]

मकवानपुरको बजार क्षेत्रमा सोमबार रातिदेखि निषेधाज्ञा

२५ साउन, हेटौंडा । कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक रुपमा बसेको बैठकले हेटौंडा र मनहरी बजार क्षेत्र केन्द्रित निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सहायक प्रमुख […]

कोरोना रोकथामका लागि प्रदेश २ ले संघीय सरकारसँग माग्यो विशेष प्याकेज

२५ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना रोकथामका लागि विशेष प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । तीन दिनअघि काठमाडौं पुगेको मुख्यमन्त्री लालबाबु राउतको टोलीले आइतबार संघीय सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रम मन्त्री रामेश्वर राय यादवसँग भेट गर्दै प्रदेशमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन […]

रुपन्देहीमा दैनिक ८ घण्टा मात्र पसल खोल्न पाइने

२५ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्रै पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले सोमबारदेखि अर्को निर्णय नहुँदासम्म जिल्लाभरका पसल तथा व्यवसाय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म […]

‘जोजो’ले भेट्यो गोंगबुमा बरामद शवको टाउको

२५ साउन, काठमाडौं । गोंगबु चोकबाट गणेश मन्दिरतिर छिर्ने बाटोमा एक सय मिटर अघि बढेपछि नवज्योति मार्ग आउँछ । आइतबार एकाबिहानै त्यहाँ हिँड्ने एक सर्वसाधारणले सडकको दाहिने किनारमा रगतले लतपतिएको सुटकेश फेला पारे । उनले तत्काल प्रहरी कन्ट्रोल १०० मा फोन गरे । त्यसपछि यो खबर काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, महानगरीय […]

उद्धार उडानमा फर्किनेबाट ‘सुन तस्करी’

२५ साउन, काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्नको अभियोगमा उद्धार उडानमार्फत नेपाल फर्किएका ३ जनालाई पक्राउ गरेको छ । कोरोना महामारीका कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्न गरिएको चार्टर्ड फ्लाइटमा आएकाहरु सुनजस्तो देखिने धातुसहित पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके […]

प्रदेश १ मा ३०० आइसोलेसन बेड थपिने

२५ साउन, विराटनगर । प्रदेश सरकारले मोरङ र सुनसरीमा लक्षण नदेखिएका संक्रमितलाई राख्नका लागि चार स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मोरङका दुई र सुनसरीका दुई स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो । चार ठाउँमा निर्माण हुने आइसोलेसन […]

मोरङका १० स्थानीय तहमा लकडाउन

२५ साउन, विराटनगर । संक्रमणको स्रोत नखुलेका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन् । मोरङमा १७ वटा स्थानीय तह छन् । […]

रौतहटको गौरमा १५ संक्रमित थपिए

२५ साउन, रौतहट । रौतहटमा आइतबार कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । ती संक्रमित गौर नगरपालिकाकै हुन् । सबैभन्दा धेरै वडा नम्बर ५ का रहेका छन् । कुल १५ मध्ये ७ जना वडा नं. ५ का स्थानीय हुन् भने खानेपानी संस्थानका ४ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले […]

नेपालगञ्ज वडा प्रहरी कार्यालयका ३० जनामा कोरोना संक्रमण

२५ साउन, बुटवल । बाँकेमा वडा प्रहरी कार्यालय नेपालगञ्जका ३० जनासहित ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा वडा प्रहरी कार्यालय नेपालगञ्जका ३० जनामा संक्रमण पुष्टि भएको हो । प्रहरी, थुनुवा र प्रहरीका परिवारका सदस्यसहित अन्य १६ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो […]

भारतको स्पस्टीकरण : बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन

२५ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ । जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको विदेश मन्त्रालयले बताएको छ । उसले भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ ।’ जयशंकरले एक भर्चुअल सम्मेलनमा बुद्ध महान भारतीय […]

कोरोना रोकथामको विशेष प्याकेज ल्याउन मुख्यमन्त्री राउतको आग्रह

२५ साउन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथामका लागि  केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । सामाजिक विकासमन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहित सिंहदरबार पुगेका मुख्यमन्त्री राउतले उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायलाई भेटी ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा मुख्यमन्त्री राउतले […]



from समाचार – Online Khabar https://ift.tt/3aeR0Rw
via IFTTT
Powered by Blogger.