Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

एकजना कोरोना संक्रमित भेटिएपछि इच्छाकामना गाउँपालिका सिल

२८ साउन, चितवन । एकजना कोरोना संक्रमित भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको आकस्मिक बैठकले बुधबारदेखि एक सातासम्म गाउँपालिका क्षेत्र सिल गरेको हो । भरतपुरको मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका-५ की ७८ वर्षकी एक वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्सालले समुदायस्तरमा संक्रमण फैलिन नदिन एक […]

चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर गरेर मात्रै सेवामा खटाउन निर्देशन

२८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन दिएको छ । बुधबार मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई पीसीआर गरेर मात्रै सेवामा लाग्न अनिवार्य गरिएको उल्लेख छ । मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीबाट समेत बिरामीमा कोरोना […]

फुटबल टिमको प्रशिक्षण स्थगित

२८ साउन, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमले भदौदेखि शुरु गर्ने भनिएको प्रशिक्षण स्थगित भएको छ । अक्टोबर/नोभेम्बरमा हुने भनिएको फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट खेलहरु २०२१ मा सरेपछि नेपाली फुटबल टिमको प्रशिक्षण सुरु नहुँदै स्थगित भएको हो । नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले अब एएफसीबाट अर्को सूचना नआएसम्मका लागि फुटबल खेलाडीको […]

पछिल्लो पाँच वर्ष यताकै धेरै क्षेत्रफलमा रोपाइँ

२८, साउन, काठमाडौं । देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए । गत वर्ष कुल क्षेत्रफलको ९७.९३ […]

बुटवलमा भदौ ५ गतेसम्म लकडाउन

२८ साउन, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको […]

वीरगञ्जको पीडामा काठमाडौंलाई किन दुख्दैन ?

२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]

अनलाइन दर्ता र प्रेस पास नवीकरण स्थगित

२८ साउन, काठमाडौं । पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) जारी तथा नवीकरणको काम सूचना तथा प्रसारण विभागले अनिश्चित कालका लागि स्थगित गरेको छ । हाल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेकोले अर्को निर्णय नभएसम्म कार्यालयबाट उपलब्ध हुने सेवाहरु हाललाई स्थगित गरिएको विभागले जनाएको छ । विभागबाट सेवा लिन स्वयम व्यक्ति नै उपस्थित हुनु पर्ने कानुनी […]

नेपाल-चीन व्यापारमा पहिरो र कोभिड-१९को अवरोध

२८ साउन, काठमाडौं । पहिरो र नेपालमा फैलिएको कोरोनाका कारण नेपाल-चीन व्यापार ठप्प भएको छ । चीनबाट नेपालले वस्तु तथा खाद्यन्न आयात गर्ने प्रमुख दुई नाका तातोपानी र रसुवागढी पहिरोका कारण ठप्प रहेको त्यहाँस्थित भन्सार कार्यालयहरुले जनाएका छन् । चीनतर्फको हिमताल फुट्ने जोखिम र विभिन्न ठाउँमा गएको पहिरोका कारण तोतापानी नाकाबाट एक महिनादेखि खाद्यन्न र […]

विराटनगरमा कोरोनाबाट विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

२८ साउन, विराटनगर । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो । सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ […]

थप ४८४ जनामा कोरोना संक्रमण

२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा  कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज […]

काठमाडौंका पसलहरुमा अपनाइँदैन सावधानी

२८ साउन, काठमाडौं । काठमाडौंको मुख्य शहरी क्षेत्रमा स्वास्थ्य मापदण्डको वास्ता नगरी व्यापार व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा दुई वटा अनुगमन टोली बनाएर गरिएको अनुगमनको क्रममा […]

ललितपुरमा अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द

२८ साउन, काठमाडौं । लितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गरी दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु […]

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा कोरोना देखिएपछि देवघाट गाउँपालिका सिल 

२८ साउन, चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले अनलाइनखबरसँग कुरा गर्दै गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक साताका लागि सिल गर्ने निर्णय गरिएको बताए । अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक साता गाउँपालिका क्षेत्र […]

वीरगञ्जमा चिकित्सकमाथि भएको घटना अमानवीय : चिकित्सक संघ

२८ साउन, काठमाडौं । नेपाल चिकित्क संघले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको घटनालाई अमानवीयको संज्ञा दिँदै भर्त्सना गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्दा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु स्वयं नै संक्रमित भई रहेको अवस्थामा समेत नेपाली जनताको जीवन रक्षाका निम्ति आफ्नो ज्यानको बाजी लगाउँदै जनताको […]

कोरोनाले शैक्षिक सत्रमा पारेको असरबारे प्रतिवेदन माग

२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९)ले शैक्षिक सत्रमा पारेको असरबारे पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । आफ्नै अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन । गत चैतदेखि पढाइ ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने […]

सर्वोच्चमा स्वचालित पेशी तोक्ने उपाय खोज्न समिति गठन

२८ साउन,काठमाडौं । सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोकिने पारदर्शी र वैज्ञानिक व्यवस्थापनका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेशी तोक्दा भ्रष्टाचार चलखेल  हुने गरेको भन्दै लामो समयदेखि स्वचालित पेसी व्यवस्थापनको बारेमा बहस हुँदै आएको थियो । स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरु समेतको […]

अपहरण मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

२८ साउन, वीरगञ्ज । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३८ वर्षीय बन्हु सहनी पक्राउ परेका हुन् । अभियुक्त सहनीलाई मंगलबार दिउँसो ३ बजे वीरगञ्ज– १६ इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । […]

सप्तरीमा चिकित्सकसहित थप ३३ जनामा कोरोना

२८ साउन, सप्तरी । सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ […]

वीरगञ्जमा मृत भेटिएका बाराका युवकमा कोरोना संक्रमण पुष्टि

२८ साउन, वीरगञ्ज । वीरगञ्जको सडकमा मृत फेला परेका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बारा घर भएका एक पुरुष शवको नमुना संकलन गरी परीक्षण गर्दा पीसीआर परीक्षण रिपोर्ट आएको जानकारी दिए । जिल्ला प्रहरी […]

अस्पतालमा मृत्यु भएका धादिङका युवकमा कोरोना पुष्टि

२८ साउन, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको […]

काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना संक्रमण

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण […]



from समाचार – Online Khabar https://ift.tt/3fMWjc1
via IFTTT
Powered by Blogger.