समाचार
२८ साउन, विराटनगर । पछिल्लो चार महिनामा प्रदेश १ मा ६० हजार बढीको पीसीआर जाँच भएको छ । गत २८ चैतयता मंगलबारसम्म ६० हजार ६ सय ८० वटा पीसीआर जाँच गरेको हो । जसमध्ये एक हजार पाँचसय ६३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा विराटनगरको कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विपी […]
२८ साउन, पोखरा । नेपाल आदिवासी जनजाति महासंघ फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना आदिवासी पत्रकार सम्मानित भएका छन् । फोनिजको स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा कास्कीका रुद्रबहादुर थापामगर र बाग्लुङका राजेशचन्द्र राजभण्डारीलाई ‘कञ्चन पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मान गरिएको हो । लामो समयदेखि पत्रकारितामा सक्रियसम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री […]
२८ साउन, काठमाडौं । अहिलेको समय यदि तपाईं टिकटकमा हुनुहुन्न भने बुझ्नुस्, तपाईंले धेरै कुरा मिस गरिरहनुभएको छ । ठाडै विज्ञापन गरेको जस्तो सुनिए पनि यो वास्तविकता हो । मनोरञ्जनका लागि मात्र होइन, सूचनाका लागि पनि अपरिहार्य बन्दै गएको छ यो चाइनिज एप । फिल्मका गीत र डाइलगमा लिपसिंक गरेर छोटो भिडियो पोष्ट गर्ने एपका […]
२८ साउन, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी […]
२८ साउन, बुटवल । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी ३ महिनाको छोरी सिमोबन कालुङ रहेका छन् । निस्दी– ५ पटाकसरस्थित कच्ची सडक खण्डमा मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जिप सोमबार […]
२८ साउन, काठमाडौं । सामाजिक सन्जाल फेसबुकमा गरिएको एक विवादित पोष्टका कारण भारतको बैंगलोरमा हिंसा भड्किँदा दुई जनाको मृत्यु भएको छ । ६० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो । हिंसा शहरको डिजे हल्ली र केजी हल्ली प्रहरी थाना क्षेत्रमा भएको हो […]
२८ साउन, बाजुरा । गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगंगा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् । प्रहरी […]
२८ साउन, सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । पछिल्लो पटक मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ […]
२८ साउन, काठमाडौं । नेपालको कुनै एक स्थानको होटेल बुक गर्नु पर्यो भने अहिले पर्यटकले विदेशी बुकिङ साइटमा गएर बुकिङ गर्नुपर्ने हुन्छ । खासगरी मुलुकभित्र विश्वसनीय बुकिङ साइट नहुँदा पर्यटकले भारतीय वा अन्य तेस्रो मुलुकका साइट इन्जिन प्रयोग गर्नु पर्ने बाध्यता छ । जसले गर्दा होटेल तथा अन्य सेवा प्रदायक कम्पनीले विदेशी बुकिङ इन्जिनहरुलाई खर्च […]
२८ साउन, तम्घास । गुल्मीमा घर माथिबाट खसेको ढुंगाले लागेर चार जना घाइते भएका छन् । मंगलबार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घर माथिबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षीय […]
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]
२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको छ । फेरि लकडाउन हुने चर्चा भए पनि सरकारले देशव्यापी रुपमा बन्दाबन्दी गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका प्रवेशमा पूर्णरुपमा रोक लगाउनुपर्ने र सार्वजनिक यातायात बन्द गर्नुपर्ने काठमाडौं उपत्यकाका स्थानीय तहहरुको मागलाई पनि सरकारले अस्वीकार […]
२७ साउन, काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी […]
२७ साउन, पोखरा । कास्कीका ११ सहित गण्डकी प्रदेशका १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्की ११ र स्याङजाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका नयाँ संक्रमितमध्ये १० जना कन्टयाक ट्रेसिङका क्रममा पहिचान भएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएका पोखरा-१९ मा […]
२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]
२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]
२७ साउन, काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो । अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति […]
२७ साउन, काठमाडौं । डाक्टर ज्ञानेन्द्रमान सिहं कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट सफल उपचार भएपछि थप दुई जना कोरोना संक्रमितमा प्लाज्मा थेरापी परीक्षण गरिएको छ । उनीहरूमध्ये एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार मेडिसिटी अस्पतालमा सोमबार मृत्यु भएका कीर्तिपुर-२ ट्यांलाफाँटाका ६३ वर्षीय पुरुषको पाँच दिनअघि प्लाज्मा थेरापी गरिएको थियो । अब दुई संक्रमितको प्लाज्मा थेरापी गर्ने तयारी भइरहेको स्रोतले […]
२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]
२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]
२७ साउन, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । जनस्वास्थ्य तथा सुरक्षा […]
from समाचार – Online Khabar https://ift.tt/3aoo2P1
via IFTTT






















