Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भक्तपुरको केमिकल उद्योगमा आगलागी

२७ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो । भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि […]

दालमोठ, चिउरा र गुदपाकको गुणस्तर निर्धारण गरिने

२७ साउन, काठमाडौंं । सरकारले स्थानीय खाद्य उत्पादनको गुणस्तर मापदण्ड तोक्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कृषि मन्त्रालयको प्रस्तावमा खाद्य पदार्थको गुणस्तर निर्धारण सम्बन्धि आदेश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको प्रवक्ता खतिवडाले बताए । उक्त […]

ठेला तथा साइकलमा हुने व्यापारमा रोक

७ साउन, काठमाडौं । सरकारले ठेलागाडा तथा साइकलमा हुने तरकारी, फलफूल तथा खाद्यान्न व्यापारमा रोक लगाएको छ । मन्त्रिपपिरिषद्को सोमबार बसेको बेठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडी संकलनमा रोक लगाएको हो । कोभिड–१९ को संक्रमण समुदाय स्तरमा विस्तार हुने जोखिम बढेकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले […]

भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

२७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए । भारतसँग सीमा जोडिएको […]

जन्माष्टमीमा राष्ट्रपति कृष्ण मन्दिर नजाने

२७ साउन, काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक नहुने भएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले मंगलबार एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण यो पटकको श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरको दर्शनमा राष्ट्रपति भण्डारी सरिक नहुने जानकारी गराएका हुन् । श्रीकृष्ण […]

चौरजहारी घटनाका मृतकका परिवारलाई सरकारले १० लाख दिने

२७ साउन, काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए । […]

सगरमाथा सरसफाई अभियान गिनिज वर्ल्ड रेकर्डमा

२७ साउन, काठमाडौं । १४ अप्रिल देखि २९ मे २०१९ सम्म चलेको ‘सगरमाथा सरसफाई अभियान’ गिनिज वर्ल्ड रेकर्ड बनेको छ । यो अभियानलाई गिनिज वर्ल्ड रेकर्डले ‘वृहत सरसफाइ अभियान’का रुपमा मान्यता दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । यो अभियान वृहत सरसफाई अभियानका रुपमा गिनिज वर्ल्ड रेकर्ड बनेको […]

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ डिस्चार्ज

२७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, सर्लाही […]

बाढीले बगाएको गैंडा मृत भेटियो

२७ साउन, चितवन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाटनजिक नदीमा मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौलीनजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैंडा देखिएको प्रारम्भिक अनुमान […]

अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो । मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो […]

बारामा स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने

२७ साउन, वीरगञ्ज । बारामा स्थानीय तहले रकम उठाएर कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएका छन् । मेसिन खरिद तथा सञ्चालन व्यवस्थापनका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरी बैठकले उपमहानगरपालिकाले १४.५ प्रतिशत, नगरपालिकाले ७ प्रतिशत र गाउँपालिकाले ४ प्रतिशतका दरले रकम व्यहोर्ने सहमति पनि उनीहरले गरेका छन् । बारामा दुईवटा […]

पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् । कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं […]

महामारीको कारण फेरि बन्द हुन थाले उद्योग

२७ साउन, काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ । पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । पछिल्लो पटक काठमाडौं र धरानका केही उद्योगका कर्मचारीमा कोरोना संक्रमण […]

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ । सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका […]

लकडाउनयता कालोसूचीमा थपिए एक हजार जना ऋणी

२७ साउन, काठमाडौं । कोरोनाका कारण अर्थतन्त्रमा ठूलो असर परेको छ । ४ महिना लामो लकडाउनका कारण उद्योगधन्दाहरु निकै समस्यामा परे । बैंक तथा वित्तीय संस्थाहरुबाट अहिले पनि कर्जा लगानी राम्रो हुन सकेको छैन । नयाँ कर्जा लगानी त कम छ नै कर्जा लगेकाले पनि समयमा तिर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकले ऋण तिर्ने भाका […]

कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दियो : मुख्यमन्त्री गुरुङ

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]

वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

२७ साउन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत […]

देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन […]

१५ किलो सुनचाँदी प्रकरण : निर्दोष देखिएपछि एकजना छुटे

२७ साउन, काठमाडौं । प्रहरीले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणमा पक्राउ गरेका एक व्यक्ति छुटेका छन् । सुनबारे थाहै नभएका व्यक्तिलाई पनि प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ट्याक्सी चालक भैरहवाका सन्दीप गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको […]

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, सेना परिचालन

२७ साउन,  त्रिशूली । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै मंगलबारदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको […]

कालापानीबाट भारतीय सेना हट्नु पर्छ : भीम रावल

२७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् । रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् । ‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’ पूर्व मन्त्री समेत […]



from समाचार – Online Khabar https://ift.tt/33UZqMq
via IFTTT
Powered by Blogger.