Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिए, ११ डिस्चार्ज

२७ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणबाट मंगलबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेख र सल्यानका दुई/दुईजना, सुर्खेत, रुकुम पश्चिम, सर्लाही […]

बाढीले बगाएको गैंडा मृत भेटियो

२७ साउन, चितवन । राप्ती नदीले बगाएर मंगलबार एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाटनजिक नदीमा मृतावस्थामा गैँडा फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौलीनजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैंडा देखिएको प्रारम्भिक अनुमान […]

बारामा स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने

२७ साउन, वीरगञ्ज । बारामा स्थानीय तहले रकम उठाएर कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएका छन् । मेसिन खरिद तथा सञ्चालन व्यवस्थापनका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरी बैठकले उपमहानगरपालिकाले १४.५ प्रतिशत, नगरपालिकाले ७ प्रतिशत र गाउँपालिकाले ४ प्रतिशतका दरले रकम व्यहोर्ने सहमति पनि उनीहरले गरेका छन् । बारामा दुईवटा […]

महामारीको कारण फेरि बन्द हुन थाले उद्योग

२७ साउन, काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ । पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । पछिल्लो पटक काठमाडौं र धरानका केही उद्योगका कर्मचारीमा कोरोना संक्रमण […]

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

२७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ । भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो । अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ । सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका […]

लकडाउनयता कालोसूचीमा थपिए एक हजार जना ऋणी

२७ साउन, काठमाडौं । कोरोनाका कारण अर्थतन्त्रमा ठूलो असर परेको छ । ४ महिना लामो लकडाउनका कारण उद्योगधन्दाहरु निकै समस्यामा परे । बैंक तथा वित्तीय संस्थाहरुबाट अहिले पनि कर्जा लगानी राम्रो हुन सकेको छैन । नयाँ कर्जा लगानी त कम छ नै कर्जा लगेकाले पनि समयमा तिर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकले ऋण तिर्ने भाका […]

कोरोनाभन्दा नेकपाको भाइरसले दुःख दियो : मुख्यमन्त्री गुरुङ

२७ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई कारोनाभन्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भाइरसले दुःख दिइरहेको बताएका छन् । पार्टीमा चर्किएको आन्तरिक विवादतर्फ संकेत गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका हुन् । नेकपा गण्डकी प्रदेश, इन्चार्ज समेत रहेका उनले ५ वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताए । अस्थिर […]

वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

२७ साउन, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत […]

देउवाले गठन गरेका विभाग खारेज गर्न १२ केन्द्रीय नेताको माग

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन […]

१५ किलो सुनचाँदी प्रकरण : निर्दोष देखिएपछि एकजना छुटे

२७ साउन, काठमाडौं । प्रहरीले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणमा पक्राउ गरेका एक व्यक्ति छुटेका छन् । सुनबारे थाहै नभएका व्यक्तिलाई पनि प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ट्याक्सी चालक भैरहवाका सन्दीप गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको […]

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, सेना परिचालन

२७ साउन,  त्रिशूली । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै मंगलबारदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको […]

कालापानीबाट भारतीय सेना हट्नु पर्छ : भीम रावल

२७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् । रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् । ‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’ पूर्व मन्त्री समेत […]

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्ने टिप्पणी गरेका छन् । मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप छ । मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने बताए । उनले भने, ‘आजको […]

शैक्षिक सत्र खेर जान नदिने भए…

२७ साउन, काठमाडौं । सरकारले कम्तीमा भदौभरि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने निश्कर्ष निकालेको छ । १ असोजबाट मात्र परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्ने कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसमा मन्त्रिपरिषद् सहमत भएको छ । यसअघि ५ साउनको मन्त्रिपरिषद् बैठकले १ भदौबाटै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । […]

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

२७ साउन,बुटवल । बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बांकेका कोरोना […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२७ साउन, बागमती । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै […]

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

२७ साउन, काठमाडौं । त्रिभुवन  विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय  तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए । नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, […]

यो वर्ष २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा २ लाख ६ हजार जना पर्यटक नेपाल भित्रने प्रक्षेपण गरेको छ । कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन । त्यसपछिको १० महिनामा […]

गाँजासहित दुई जना पक्राउ

२७ साउन, जनकपुरधाम । लागूऔषध गाँजासहित सर्लाही प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई २० किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ […]

रौतहटमा थपिए ११ जना कोरोना संक्रमित

२७ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए । जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट […]

विषयगत समितिलाई जथाभावी बैठक नराख्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

२७ साउन, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ‘राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्नू, अन्यथा नराख्नू भन्ने निर्देशन भएको छ’ विधायन व्यवस्थापन समिति […]



from समाचार – Online Khabar https://ift.tt/2PIKtVy
via IFTTT
Powered by Blogger.