Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाँकेमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

२७ साउन,बुटवल । बाँकेमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा बाँकेमा २६ जना नयाँ संक्रमित थपिएका हुन् । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालबाट संकलन गरिएको स्वाबको परीक्षण गर्दा बांकेका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बांकेका कोरोना […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२७ साउन, बागमती । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै […]

त्रिविमा तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

२७ साउन, काठमाडौं । त्रिभुवन  विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय  तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए । नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, […]

यो वर्ष २ लाख ६ हजार पर्यटक नेपाल आउने अनुमान

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा २ लाख ६ हजार जना पर्यटक नेपाल भित्रने प्रक्षेपण गरेको छ । कोरोना महामारी रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द गरिएका कारण चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा विदेशी पर्यटक आउने सम्भावना छैन । त्यसपछिको १० महिनामा […]

गाँजासहित दुई जना पक्राउ

२७ साउन, जनकपुरधाम । लागूऔषध गाँजासहित सर्लाही प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई २० किलो गाँजासहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ […]

रौतहटमा थपिए ११ जना कोरोना संक्रमित

२७ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्टमा गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोन संक्रमण पुष्टि भएको गरुडा नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले जानकारी दिए । जयसवालका अनुसार साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएकोमा एकमहिला सहित ११ जनाको रिपोर्ट […]

विषयगत समितिलाई जथाभावी बैठक नराख्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

२७ साउन, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ‘राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्नू, अन्यथा नराख्नू भन्ने निर्देशन भएको छ’ विधायन व्यवस्थापन समिति […]

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो […]

सिराहाका ८ र सप्तरीका ४ गरी १२ जनामा कोरोना संक्रमण

२७ साउन, जनकपुरधाम । सिराहाका ८ र सप्तरीका ४ गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको एकै वडाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुखीपुर नगरपालिकाको वडा नम्बर ९ का ४२, २८, २६, २९, २२, २१ र ३५ वर्षका पुरुषमा कोरोना […]

कोरोना संक्रमितले जन्माएको शिशुको मृत्यु

२७ साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् । उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उप निर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी […]

बेलायती सांसदको नेतृत्वमा युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन

२७ साउन, काठमाडौं । नेपालमा बेलायती लगानी भित्र्याउने र बेलायतमा नेपालको व्यापार प्रवर्द्धनमा सघाउने उद्देश्यले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ । बेलायतको हाउस अफ लर्ड्समा सांसद तथा अल पार्टी पार्लियामेन्ट्री ग्रुप फर नेपालका उपाध्यक्ष लर्ड शेखको अध्यक्षतामा मञ्च गठन भएको हो । फोरमको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, […]

दुई करोड नाघे कोरोना संक्रमित

२७ साउन, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ । कोरोना भाइरसका सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका […]

कल्पनाको साबिती वयान : फेसबुकमा अन्तरंग फोटो सार्वजनिक गर्न थालेपछि हत्या गरें

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी […]

कृष्ण मन्दिर बाहिर पूजा, भित्र सुनसान (फोटो फिचर )

२७ साउन, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ । सोही अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा […]

गोंगबु प्रकरण : स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि घाँटी थिचेर हत्या

२७ साउन, काठमाडौं । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी (पौडेल)लाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार बिहान काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । ज्ञवालीले पत्रकार सम्मेलनमा […]

सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासमा प्रदर्शन

२७ साउन, काठमाडौं । विगत सात वर्षदेखि हिलाम्मे भएको सडक कालोपत्रे गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासीले प्रदर्शन गरेका छन् । बालाजु बाइपास सडक तत्काल विस्तार गर्न र कालोपत्रे गर्न माग गर्दै स्थानीयले मंगलबार बिहान प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा स्थानीयले ‘सरकार बाटो चाँडै बनाइदेऊ’ लेखिएको प्लेकार्ड बोकेका थिए । बालाजु बाइपासमा २०१७ सालसम्म […]

जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२७ साउन, जनकपुरधाम । धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए । डा. सिंहले अनलाइनखबरसँग भने, ‘उहाँको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको थियो । गएराति डेथ भयो […]

मेयर पराजुली भन्छन्- असहयोग अति भो, पीसीआर गर्न क–कसको चाकडी गर्नुपर्ने ?

२७ साउन, विराटनगर । कोरोना परीक्षणमा प्रदेश सरकारले विभेद गरेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताएका छन् । महानगरपालिकाले संकलन गरेको स्वाब परीक्षण ढिलो भएपछि मेयर पराजुलीले विभेद गरेको बताएका हुन् । ‘स्वाब संकलन गरेको चार दिनसम्म रिपोर्ट आँउदैन, छिटो गरौं न भन्न कतै बाँकी छैन,’ मेयर पराजुलीले भने, ‘पीसीआर चाँडो गराइदिनु पर्याे भनेर क–कसलाई […]

सरकारी कार्यालयमा कोरोनाको डर छैन, बिल तिर्ने पिरलो !

२७ साउन, काठमाडौं । काठमाडौंको टंकेश्वर घर भएकी लक्ष्मी शाही आइतबार १० नबज्दै नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र पुगिन् । उनी बिजुलीको बिल हरेक महिना तिर्न त्यहाँ पुग्छिन् । शुक्रबार मिटर रिडरले हातमा २ हजार ५९ रुपैयाँ ९२ पैसा रुपैयाँको बिल थमाएपछि उनी आइतबार विहानै भुक्तानीका लागि रत्नपार्क आइपुगिन् । सधैं समयमै बिल तिर्ने […]

माछा मार्ने पासोमा अल्झिएर कैलालीमा एक जनाको मृत्यु

२७ साउन, कैलाली । कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । पासी सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान […]

‘जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय’

२७ साउन, काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन भन्दै निन्दा गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले […]



from समाचार – Online Khabar https://ift.tt/3gNlsEz
via IFTTT
Powered by Blogger.