समाचार
२८ साउन, काठमाडौं । काठमाडौंको मुख्य शहरी क्षेत्रमा स्वास्थ्य मापदण्डको वास्ता नगरी व्यापार व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार विभिन्न ठाउँमा गरेको अनुगमनको क्रममा स्वास्थ्य मापदण्ड पूरा नगरी व्यापार व्यवसाय सञ्चालन गर्ने गरेको भेटिएको हो । सहायक प्रमुख जिल्ला अधिकारीहरूको नेतृत्वमा दुई वटा अनुगमन टोली बनाएर गरिएको अनुगमनको क्रममा […]
२८ साउन, काठमाडौं । लितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ । महानगरपालिकाले बुधबार विज्ञप्ति जारी गरी दिनदिनै कोरोना संक्रमण बढिरहेकोले महानगरपिलकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो । यो अवधिमा महानगरपालिकाले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन हुने महानगरपालिकाका प्रवक्ता राजु […]
२८ साउन, चितवन । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण देखिएपछि तनहुँको देवघाट गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले अनलाइनखबरसँग कुरा गर्दै गाउँपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने देखिएकाले गाउँपालिका क्षेत्र एक साताका लागि सिल गर्ने निर्णय गरिएको बताए । अध्यक्ष थापाका अनुसार बिहीबारदेखि एक साता गाउँपालिका क्षेत्र […]
२८ साउन, काठमाडौं । नेपाल चिकित्क संघले वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकमाथि भएको घटनालाई अमानवीयको संज्ञा दिँदै भर्त्सना गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार गर्दा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु स्वयं नै संक्रमित भई रहेको अवस्थामा समेत नेपाली जनताको जीवन रक्षाका निम्ति आफ्नो ज्यानको बाजी लगाउँदै जनताको […]
२८ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९)ले शैक्षिक सत्रमा पारेको असरबारे पाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । आफ्नै अध्यक्षतामा बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकमा मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन । गत चैतदेखि पढाइ ठप्प भएर शैक्षिक सत्र प्रभावित हुने […]
२८ साउन,काठमाडौं । सर्वोच्च अदालतले स्वचालित विधिबाट पेसी तोकिने पारदर्शी र वैज्ञानिक व्यवस्थापनका विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । प्रधानन्यायाधीशले तजबिजमा मुद्दाको पेशी तोक्दा भ्रष्टाचार चलखेल हुने गरेको भन्दै लामो समयदेखि स्वचालित पेसी व्यवस्थापनको बारेमा बहस हुँदै आएको थियो । स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा यसअघि भएका अध्ययन प्रतिवेदनहरु समेतको […]
२८ साउन, वीरगञ्ज । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३८ वर्षीय बन्हु सहनी पक्राउ परेका हुन् । अभियुक्त सहनीलाई मंगलबार दिउँसो ३ बजे वीरगञ्ज– १६ इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । […]
२८ साउन, सप्तरी । सप्तरीमा एक चिकित्सकसहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा संक्रमण पुष्टि भएको छ । राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ […]
२८ साउन, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णु रिजालका अनुसार उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको […]
२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण […]
२८ साउन, काठमाडौं । बीमा कम्पनीले अब ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने ‘वर्क फ्रम होम’ गर्न बीमा समितिले निर्देशन दिने भएको छ । कोरोना संक्रमणको जोखिम काठमाडौं उपत्यका थप बढे पछि मन्त्रिपरिषद् बैठकले नै आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको थियो […]
२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज […]
२८ साउन, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतसँग छलफल गरेपछि समितिले भारतीय सिमानामा हुने आवतजावतमा कडाइ गर्न र नेपाल प्रवेश गर्नेको पहिचान खुल्ने गरी अभिलेख राख्न निर्देशन […]
२८ साउन, काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन् । सरकारले यसअघि ५ साउनमा १ भदौबाट हवाई सेवा खोल्ने निर्णय गरेको थियो । तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानको प्रतिवन्ध १६ भदौसम्म लम्ब्याएको छ । निजी गाडी, […]
२८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा कार्यरत एक सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मंगलबार संक्रमण पुष्टि भएको हो । प्रचण्ड सचिवालय स्रोतका अनुसार नयाँ संक्रमित चालकले सचिवालयका सदस्यहरुले प्रयोग गर्ने गाडी चलाउँथे । यसअघि सचिवालयका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । […]
२८, साउन, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार […]
२८ साउन, रौतहट । रौतहटमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार गुजरा नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो । साउन २३ गते गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मकवानपुरस्थित हेटौडा प्रयोगशालाले पठाइएकोमा दुई जना स्वास्थ्यकर्मी र एक जना स्वीपरमा […]
२८ साउन, काठमाडौं । सरकारले कर सहभागिता र दायरा बढाउने उद्देश्यले हरेक वर्ष करको दायराभन्दा बाहिर रहेका करदाताका लागि छूट तथा सहुलियत ल्याउने गर्छ । चालु आर्थिक वर्षका लागि पनि सरकारले व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानका लागि लागि छुट र सहुलियत ल्याएको छ । आर्थिक ऐनले प्रदान गरेका यस्ता छुट तथा सहुलियतलाई उपयोग गरेमा जरिवाना तथा […]
२८ साउन, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । मटिहानी नगरपालिका वडानम्बर-६ निवासी ५२ वर्षीय पुरुषको गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु भएको थियो । आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार उनको स्वाब संकलन गरिएको थियो । सोही दिन राति ९ बजेतिर अस्पतालमै […]
२८ साउन, काठमाडौं । गृह मन्त्रालयले पर्साका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्साका नयाँ प्रजिअमा अस्मान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको […]
२८ साउन, सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई […]
from समाचार – Online Khabar https://ift.tt/3ahLopv
via IFTTT






















