Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पत्रकारमाथि प्रहरीले बर्सायो लाठी

३० साउन, जनकपुरधाम । जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका दुई जना पत्रकारमाथि प्रहरीले लाठी बर्साएका छन् । प्रहरीको लाठी प्रहारबाट पत्रकार सन्तोष यादव र सिवेन्द्र रोहिता घाइते भएका छन् । आफू पत्रकार भएको बताइरहँदा पनि प्रहरीले यी दुईमाथि लाठी बर्साएका हुन् । नवजीवन अस्पतालमा बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बषर्ीया महिलाको उपचारका […]

इल्ताफको बयान – झोलामा सुन र हतियार छ भन्ने थाहै थिएन

३० साउन, काठमाडौं । पन्ध्र किलो सुनचाँदी तस्करी प्रकरणमा पक्राउ परेका इल्ताफ हुसेन अन्सारीले प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । पर्साबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनले सुन तस्करी प्रकरणमा संलग्नता अस्वीकार गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए अनुसार इल्ताफले बाराबाट काठमाडौंसम्म आउन गाडी मात्र सहयोग गरेको बताएका छन् । […]

बाबुरामको प्रश्न : अहिले राम मन्दिर बनाउने कि अस्पताल ?

३० साउन, गोरखा । जनता समाजवादी पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराइले राम मन्दिरको कुरा छाडेर अस्पताल र आइसोलेसन निर्माणमा जोड दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । शुक्रबार गृह जिल्ला गोरखा आएका नेता भट्टराईले राम मन्दिरको चिन्तन छाड्न सुझाव दिदै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘अहिले राम मन्दिर बनाउने समय हो कि अस्पताल बनाउने […]

फेसबुकमार्फत ठगी गरेको आरोपमा एकजना पक्राउ

३० साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा कास्कीबाट एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर-३ नदिपुर बस्ने २१ वर्षीय रोशन हमाल ठकुरी भन्ने रोशन हमाल रहेका छन् । विभिन्‍न व्यक्तिहरुको नक्कली फेसबुक आईडी बनाएर उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । वीरगञ्जस्थित एक बैङ्कमा कार्यरत वरिष्ठ […]

प्रधानमन्त्रीको सपनामा रेलै–रेल, ठेक्कामा र्‍याल !

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देखाउने समृद्धिको सपनाको मुख्य विम्व हो, रेल । त्यसैले रेलमार्गलाई वर्तमान सरकारले आफ्नो प्रतिष्ठाको विषय बनाएर ठूलै कसरत गरिरहेको छ । यसरी कसरत गर्नु राम्रै पनि हो । नेपालमा जनकपुर–जयनगर रेलमार्ग करिब ८५ वर्ष अघि अंग्रेजहरुले नै चलाएका थिए । अहिले नेपालमा रक्सौलबाट वीरगञ्जस्थित सुख्खा बन्दरगाहसम्म कार्गो […]

नेकपामा विवाद सुल्झाउन कार्यदल गठन, महासचिव संयोजक

३० साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भएको हो । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन […]

ठप्प घर जग्गा कारोबार : अर्थतन्त्रमा के पर्छ असर ?

३० साउन, काठमाडौं । घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो । २०७२ सालको महाभूकम्पपछि काठमाडौंमा घरजग्गाको कारोबार सुस्ताउने अनुमान गरिएको थियो । त्यसबेला भूकम्पलगत्तै भारतीय नाकाबन्दी पनि थपिएको थियो । त्यसबाट घरजग्गा कारोबारमा परेको असर भने […]

विप्लव समूहका डोटी जिल्ला सदस्य पक्राउ 

३० साउन, डोटी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका डोटी जिल्लाका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन् । उनी बडीकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ परेका हुन् । एनसेलको टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनलाई जिल्ला […]

पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा

३० साउन, काठमाडौं । नजिकिँदै गरेको तीज पर्वमा हुने भिडभाडलाई लक्षित गरी पश्चिम नवलपरासीमा शनिबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक जानकारी दिए । निषेधाज्ञाको समयमा […]

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

३० साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको […]

प्रदेश २ मा थपिए १९९ संक्रमित, ४८ जना डिस्जार्च

३० साउन, जनकपुरधाम। पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय ९९ जना कोरोना संक्रमित देखापरेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी धनुषामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा ३२ जना थपिएका छन् भने सर्लाहीमा २७, रौतहटमा २४, सप्तरीमा […]

रंगेलीमा मृतक पुरुषको परिवारबाट फैलियो कोरोना

३० साउन, विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएसँगै एउटै वडामा संक्रमितको संख्या ५८ पुगेको हो । ती संक्रमित रंगेली बजार क्षेत्रका हुन् । संक्रमितमध्ये १४ जना एकै परिवारका छन् । रंगेली नगरपालिका स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलका अनुसार नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या […]

प्रदेश ५ मा ४७ जना कोरोना संक्रमित थपिए 

३० साउन, बुटवल । रुपन्देहीका १४ सहित शुक्रबार प्रदेश ५ मा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसीआर परीक्षणमा रूपन्देहीका १४ जनासहित प्रदेश ५ मा कुल ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश ५ अन्तर्गत शुक्रबार रूपन्देहीका १४, […]

पशुपतिको समस्या सुल्झाउने प्रयास सुरु, स्थानीयले अडान छोडेनन्

३० साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले ल्याएको नयाँ गुरुयोजनाको विवाद चर्किरहँदा गुरुयोजनाविरुद्ध संघर्ष गरिरहेको समितिले भने गुरुयोजना र कोषको खारेजीको मागलाई बटमलाइनको रूपमा यथावत राखेको छ । गुरुयोजनाका कारण सुरु भएको विवादले चरम रूप लिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको निर्देशनमा गुरुयोजनाको काम रोकिएको छ । काम रोकिएपछि जारी समस्या […]

भदौ १६ सम्म सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र जरुरी मुद्धामात्र हेर्ने

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले भदौ १५ गतेसम्मका लागि बन्दी प्रत्यक्षीकरण रिटसहित केही संवेदनशील मुद्धामात्र सुनुवाई गर्ने गरी सेवा प्रवाह संकुचित बनाएको छ । कोरोना महामारीको जोखिम न्युनीकरणका लागि अदालतमा भिडभाड हुन नदिन बन्दी प्रत्यक्षीकरणको रिट, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाई गर्नुपर्ने प्रकृतिको रिटको दर्ता र सुनुवाई मुद्धा फिर्ता र मिलापत्रसम्बन्धी काम कारबाही मात्र […]

ग्लोबल आइएमईमा रत्नराजको ‘कमब्याक’, अध्यक्ष भन्छन्– बैंक अब थप मजबुद बन्छ

३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]

काठमाडौं उपत्यकामा भेला, प्रदर्शन र जात्रा सञ्चालनमा रोक

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाइएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको हो । साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति […]

धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु

३० साउन, जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर-४ का ५० वर्षीय पुरुष छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको […]

हेटौंडामा आइसोलेसनमा भन्दा दोब्बर संक्रमित घरमै

३० हेटौंडा, साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसन कक्षको अभाव हुँदा संक्रमण पुष्टि भएकाहरु घरमै बसेका छन् । हेटौंडामा सञ्चालन भएको आइसोलेसन वार्डमा बेडको अभाव भएपछि ६० जना बिरामी होम आइसोलेसनमा छन् । कर्राको श्रमिक माविमा सञ्चालन भएको आइसोलेसनमा ३५ वटा मात्र बेड छ । यस हिसाबले आइसोलेसनमा भन्दा झण्डै दोब्बर संख्यामा संक्रमितहरु […]

नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

३० साउन, काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ । नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण […]

मलखाद्य कालोबजारी गरेको आरोपमा दुई जना पक्राउ

३० साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मलखाद्यको कालोबजारी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कलैया उपमहानगरपालिका–१७ बस्ने मुरारी साह तेली र महागढीमाई नगरपालिका–७ घर भई हाल कलैया–१ मा बस्ने धनञ्जयप्रसाद साह पक्राउ परेका हुन् । मुरारी कलैया–१ राजदेवी टोल स्थित कुशवाहा बीज भण्डारका सञ्चालक हुन् भने धनञ्जय श्री आसकामिनिमाई कृषि सहकारी संस्था […]



from समाचार – Online Khabar https://ift.tt/3aoUvVr
via IFTTT
Powered by Blogger.