समाचार
३२ साउन, चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था […]
३२ साउन, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, […]
३२ साउन, वीरगञ्ज । गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयले आइतबार बिहान ६ः२० बजे सार्वजनिक गरेको विवरणअनुसार संक्रमित हुनेहरु कास्कीका ५ जना र तनहुँका १ जना छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ । गण्डकी प्रदेश […]
३२ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन् । विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको […]
३२ साउन, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दैनिक ५ सय जनाको दरले मात्रै उद्धार गर्ने निर्णय पुनर्विचार गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ । […]
३२ साउन, सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । यही साउन २३ गते बिहान दूधकुण्ड मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढ्नुका कारण खोज्न त्यस क्षेत्र पुगेको प्रहरी टोलीको स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । साविककै अवस्थामा […]
३१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ । मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् । पर्साको वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका लागि […]
३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर कार्यदल गठन गरेसँगै ओलीको संकट टरेको हो । ओली र प्रचण्डले सहमति खोज्न शुक्रबार महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए […]
३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सिन्धुपाल्चोकको लिदीबासीलाई समयमै स्थानान्तरण नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् । बस्ती सारेर जोखिमबाट बताउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालिसकेको र जनताले पनि त्यही माग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘पहिरोले गाउँ नै बगाएर भएको जनधनको क्षतिको जिम्मेवारी कसले लिने ? […]
३१ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सिन्धुपाल्चोकको लिदीमा राज्यले अक्षम्य गल्ती गरेको बताएको छ । पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले बताएको छ । लिदीमा गएको पहिरोमा परी १८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै हराइरहेका छन् । […]
३० साउन, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पूर्व-पश्चिम रेलमार्गको २८ अर्ब बराबरको ठेक्काबारे चासो देखाएको छ । समितिले भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई पत्र लेख्दै पूर्व-पश्चिम रेलमार्ग अन्तरगत काँकडभिट्टादेखि इनरुवासम्म लगाउन लागिएको रेलमार्गको ट्रयाकबेडको ठेक्का नियमसंगत रुपमा लगाउन निर्देशन दिएको हो । समितिले यो ठेक्काबारे ध्यानकर्षण पत्र लेख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई […]
३१ साउन, धनगढी । कैलालीको भजनी नगरपालिका-८ काँडाढिककी पार्वती देवी शाहीको सानो परिवार हाँसीखुसी थियो । अविरल वर्षासँगै १४ साउनमा आएको बाढीले काँडाढिक डुबानमा पर्दा शाहीको घर पूर्णरुपमा क्षतिग्रस्त भयो । अहिले उनी छोरा र बुहारीसँग हुलाकी सडकमा पाल टाँगेर बसरहेकी छन् । ‘धन्न ज्यान जोगियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘१८ दिनदेखि सडकमा छौं ।’ शाहीले […]
३१ साउन, सप्तरी । सदरमुकाम राजविराजस्थित २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ३५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गर्दा २२ जना पोजेटिभ देखिएका हुन् । संक्रमित हुनेमा २० बर्षका २ जना, २१ बर्षका ५ जना, २२ बर्षका ३ जना, २३ बर्षका […]
३१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार फोनवार्ता भएको छ । सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीस्तरमा टेलिफोन सम्वाद भएको हो । […]
३१ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी गराएका छन् । लामो समयदेखि देउवालाई साथ दिँदै आएका निधिले योपटक सभापतिको आकांक्षा राखेका छन् । अरु आकांक्षीहरु शशांक कोइराला, प्रकाशमान सिंहलगायतलाई पालैपालो भेटेका निधि सभापति देउवालाई भेट्न बिहीबार बूढानीलकण्ठ पुगेका थिए । भेटमा निधिले […]
३१ साउन, सिन्धुपाल्चोक । जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा परेका थप ७ जनाको शव भेटिएको छ । यससँगै मृतकको संख्या १८ जना पुगेका छन् । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २१ जना अझै बेपत्ता छन् । नेपाली सेना, प्रहरी र स्थानीयवासी पहिरोमा परेकाहरुको खोजी गरिरहेको छ । पहिरोमा परेका मध्ये माइला पाराङ दोङ, मेकमाया […]
३१ साउन, विराटनगर । सुनसरीको झुम्का कारागारका चारजना बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २६ साउनमा कारागार आएका १९,२० २१ र ४० वर्षका चार बन्दीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । झुम्का कारागारका जेलर अनिल खनालका अनुसार उनीहरु धनुषा जिल्लाका हुन् । जिल्ला अदालत, धनुषाले ठगी मुद्दाका दुई, जरवजस्ती करणी उद्योगका एक र […]
३१ साउन, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । कोरोना संक्रमण बढ्दै गएको र नेपाल कोरिया मैत्री अस्पताल समेत शिलबन्दी गरिएको भन्दै नगरपालिकाले भोलि ३२ साउनबाट ९ भदौसम्म नगरभित्र सबै ब्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । खाद्यान्न, पानी, ग्यास र औषधि पसल समेत विहान […]
३१ साउन, बुटवल । भैरहवाको एसबीआई बैंकमा कार्यरत थप १२ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रुपन्देहीका १७ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये बुटवल- ११ का २ जना तथा वडा नंं १३ का १ जना र सिद्धार्थनगर नगरपालिकाका १४ जना छन् । १४ मध्ये १२ जना बैंकका कर्मचारी हाुन् । […]
३१ साउन, काठमाडौं । राप्रपाद्वारा गठित सुझाव समितिको पहिलो बैठक शनिबार कालिका टावर, बालुवाटारमा बसेको छ । राप्रपा नेता विक्रम पाण्डेको निजी कार्यालयमा बसेको बैठकमा पार्टीको चुनाव चिन्ह गाई राख्ने कि हलो भन्नेबारे छलफल भएको स्रोतले बतायो । राप्रपाका तीन समूहवीच एकीकरण भइसके पनि चुनावचिन्ह टुंगो लाग्न सकेको छैन । यही कारणले गर्दा पार्टीले निर्वाचन […]
३१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । कहाँ कति थपिए ? पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित […]
from समाचार – Online Khabar https://ift.tt/2Cvabdc
via IFTTT




















