Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रौतहटमा थपिए ९ जना कोरोना संक्रमित

२६ साउन, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको रिपोर्टमा कटहरिया नगरपालिकाका थप ९ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । कटहरिया नगरपालिकाका जनप्रतिनिधि र स्थानीय गरी १९७ जनाको स्वाब संकलन भएकोमा २ महिला र ७ पुरुषमा संक्रमण भेटिएको नगरप्रमुख सियाराम कुशवाहाले बताए ।

अधिकतम् मूल्य निर्धारणले पानी सस्तियो कि मँहगियो ?

२६, साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार प्रशोधित बोतलबन्द पिउने पानीको अधिकतम् सर्मथन मूल्य तोकेको छ । भदौ १० गतेबाट काठमाडौं उपत्याकाका तीन र काभ्रे जिल्लाका पानी उद्योगमा लागू हुने नयाँ मूल्यअनुसार एक जार पानीलाई अधिकतम् ५० रुपैयाँ र एक बोतल पानीलाई उपभोक्ताले १६ रुपैयाँ तिर्नुपर्छ । विभागले सोमबार तोकेकोभन्दा बढी […]

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, ३३८ संक्रमित थपिए

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । […]

गोंगबु प्रकरण : महिला भेट्न निस्किएकै दिन हत्या !

२६ साउन, काठमाडौं । गोंगबुमा सुटकेशमा भेटिएको शवको अनुसन्धानमा प्रहरीले छोटो समयमै सफलता हात पारेको छ । प्रहरीले मृतकको पहिचान गर्नुका साथै हत्यामा संलग्न भएको आशंकामा एक महिलालाई चितवनबाट पक्राउ गरेको छ । आइतबार सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भएको झोला […]

क्याबिनेटको निर्णय मुख्यसचिवकै गोजीमा ! लकडाउन नहुने, नाकामा कडाइ 

२६ साउन, काठमाडौं । देश कोरोनाको महामारीबाट आक्रान्त छ । यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो । बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी […]

लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गतेदेखि मात्र खुल्ने

२५ साउन, काठमाडौं । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन […]

सुनसान कृष्णमन्दिर [ फोटो फिचर ]

२६ साउन, काठमाडौं । पाटनको कृष्णमन्दिर सोमबार सुनसान छ । सधैंजसो भीड हुने यहाँ हिजोआज प्रहरीले मानिसहरुलाई जम्मा हुन दिँदैन । साँझपख कृष्णमन्दिर वरपर टहलिन र भेटघाटका लागि धेरै मानिस जम्मा हुने भए पनि कोरोना महामारीका कारण अहिले यहाँ जम्मा हुन र भेटघाट गर्न दिइएको छैन । पाटन दरबार स्क्वायर क्षेत्रमा धेरै प्रहरी परिचालन गरिएको […]

सबै अस्पतालमा कोरोना संक्रमितलाई राख्ने तयारी

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सामुदायिक सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेसँगै कोरोना विशेष अस्पतालहरुमा शय्या अभाव हुन थालेको छ । काठमाडौं उपत्यकाका कोभिड अस्पतालहरुमा आइसोलेसन शय्याका साथै आईसीयू र भेन्टिलेटरको समेत अभाव हुन थालेको […]

आफ्नै सांसदसँग डराए मुख्यमन्त्री पौडेल !

२६ साउन, हेटौंडा । आइतबार जिल्ला समन्वय समिति, मकवानपुरको पाँचौं जिल्ला सभा थियो । प्रतिनिधिसभा सदस्य विरोध खतिवडा र प्रदेशसभाका सदस्यहरु सहभागी सभामा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूलाई हटाउन हस्ताक्षर संकलन भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरमा राजनीतिक तरंग पैदा भएको छ । बागमती प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । स्थायी कमिटी […]

कोटेश्वरका थप ४ जनालाई कोरोना संक्रमण

२६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा संक्रमण देखिएपछि १४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो । सोमबार दुई बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको वडा सदस्य […]

भेन्टिलेटरको अभावमै गुम्छ जीवन

२५ साउन, वीरगञ्ज । नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा कोरोनाका शंकास्पद विरामीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–५ कुम्हालटोलका ५५ वर्षीय वृद्धको स्वास्थ्यमा समस्या आएपछि परिवारका सदस्यहरुले शनिबार राति नेशनल मेडिकल कलेज लगे । रातभर आकस्मिक कक्षमा राखेर उपचार गरेका चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै नारायणी कोरोना विशेष अस्पताल लैजान सुझाए । बिरामीका आफन्तले […]

नेपाल बारले प्रधानन्यायाधीशमाथि उठायो प्रश्न

२६ साउन, काठमाडौं । नेपाल बार एशोसिएशनले न्यायपालिकाभित्रको विकृति विसंगति अन्त्यका लागि प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबराको भूमिका सन्तोषजनक नभएको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीशले न्याय सम्पादन र न्यायपालिकाको विकृति विसंगति अन्त्यका लागि व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताए । २०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति विसंगति […]

मलामीको फोटो खिच्ने पत्रकारको परिवारमाथि आक्रमण

२६ साउन, सप्तरी । सप्तरीमा मृत्यु भएका पुरुषको अन्तिम संस्कारमा लागेको भीडको तस्वीर खिच्ने पत्रकारको परिवारका सदस्यमाथि आक्रमण भएको छ । राजविराज नगरपालकिा– १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । त्यस क्रममा सय जना भन्दा बढी मलामी गएको देखेपछि पत्रकार परिष कर्णले तस्वीर खिचेका थिए । कोरोना संक्रमणबाट जोगिन […]

सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण

२६ साउन, बुटवल । रुपन्देहीको सिद्धार्थ सिमेन्ट उद्योगका ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । मायादेवी गाउँपालिका वडा नंम्बर ३ कम्हरियामा रहेको उक्त उद्योगका कर्मचारी सहित ११ जनामा कोरोना भाइरसको संक्रमण भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणको रिपोर्टअनुसार ५२, २३, २४, ३०, ३७, २६, ३४, […]

गोंगबु हत्या प्रकरणमा एकजना पक्राउ

२६ साउन, काठमाडौं । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी […]

विराटनगरको एउटै वडामा ४७ संक्रमित, गुद्रीबजार सिल

२६ साउन, विराटनगर । विराटनगर महानगरपालिका वडा नं ९ गुद्रीबजार क्षेत्रमा धेरै संक्रमित बढेपछि सिल गरिएको छ । महानगरको यो वडामा संक्रमितको संख्या ४७ पुगेको छ र ती अधिकांश गुद्रीबजारका भएको मेयर भीम पराजुलीले बताए । गुद्री क्षेत्रमा तरकारीको ठूलो बजार छ, यस क्षेत्रका अधिकांश घरका व्यक्ति बजारमा ब्यापार गर्छन् । यहाँका दुई जनाको मृत्यु […]

कपिलवस्तुमा साउन ३२ सम्म निषेधाज्ञा

२६ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । यसअघि स्थानीय प्रशासनले जिल्लामा आंशिक […]

छिमेकीको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ

२६ साउन, काठमाडौं । सल्यानमा २३ वर्षीय छिमेकी युवकको हत्या गरी फरार भएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् । २०५५ साल कात्तिक ५ गते दिउँसो २ बजे सल्यानको तत्कालीन निगालचुला गाबिस-२ का मनबहादुर कामीको हत्या गरी फरार भएका ६६ वर्षीय -हाल_ ईन्द्रे कामी पक्राउ परेका हुन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-१ बाट आइतबार उनलाई पक्राउ […]

कांग्रेसले भन्यो : कोरोना नियन्त्रणमा सरकार असफल भयो, आफूलाई सुरक्षित राखौं

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने नठान्न आग्रह गर्दै भनेको छ, आफूलाई सुरक्षित राख्ने तरिका खोज्नुपर्‍‍यो ।’ कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने […]

प्युठानमा १४ सैनिकसहित २३ जनामा कोरोना संक्रमण

२६ साउन, काठमाडौं । प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, […]

कोरोना रोकथाममा ९ अर्ब १६ करोड खर्च

२६ साउन, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । यसमा प्रदेश र स्थानीय तहले आफ्नै स्रोतबाट गरेको खर्च सामेल छैन । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र […]



from समाचार – Online Khabar https://ift.tt/30MjJdk
via IFTTT
Powered by Blogger.