समाचार
२६ साउन, काठमाडौं । युरोपेली मुलुक र चीनमा कोरोना संक्रमणले तान्डव मच्चाइरहेको लामो समयसम्म नेपाल विश्व स्वास्थ्य संगठनको रेड जोनभन्दा बाहिर थियो । तर, पछिल्लो दुई महिनामा नेपालमा कोरोना संक्रमणको संख्या यसरी बढ्यो कि मृत्यु हुनेको संख्या नै ७५ नाघिसकेको छ । धनुषाको हंसपुर नगरपालिका- ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा झाडा पखालाले […]
२६ साउन, काठमाडौं । भन्सार विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणाली नामक सफ्टवेर प्रयोगमा ल्याउन लागेको छ । विभागका महानिर्देशक सुमन दाहाल यो विद्युतीय प्रणाली लागु भएपछि अन्तर्राष्ट्रिय व्यापार र पारवहन सम्बन्धि सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्नेछन् । अहिले आयात, निर्यात र पारवहनसँग सम्बन्धि कामका सेवाग्राहीले सबै कागजात बोकेर तीन दर्जन कार्यालयका झ्याल–झ्याल […]
२५ साउन, वीरगञ्ज । निषेधाज्ञा उलंघन गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पर्सामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रहरीले नेविसंघका विकास तिवारी, शेख हजरा र मनोज साहलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । […]
२६ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिने बताएका छन । प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले वार्षिक प्रगतिको अवस्थाले आफूलाई गम्भीर बनाएको बताएका थिए । उनले मन्त्रीहरुले मुख्यमन्त्रीसँग, सचिवले मन्त्रीसँग र मन्त्रालय मातहतका कार्यालय प्रमुखहरुले […]
२५ साउन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । सोमबार बिहान भएको दुर्घटनामा अन्दाजी ३२/३३ वर्षीय पुरुषको मृत्यु भएको हो । हुलाकी राजमार्ग अन्तर्गत पचरौता नगरपालिका–८ स्थित जोरा खोलाको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे बिहान ६ः२० बजे स्थानीयले […]
२६ साउन काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ वटु, थलिटोललगायतका क्षेत्रका केही व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि वडा २२ कार्यालयले पसल तथा कार्यालय बन्द गर्ने निर्णय गर्यो । तर त्यसको अवज्ञा भएको छ । व्यवसायीहरुले सोमबार दिउँसो पनि पसल सञ्चालन गरेका छन् । ‘हामी भोलि वटुमा ५०० जनाको स्वाब संकलन गर्दैछौं’ […]
२६, साउन, चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एक महिलाले पाँच किलो ग्रामको बच्चा जन्माएकी छिन् । मकवानपुरको चुरीयामाई ९ घर भएकी ३० बर्षकी सीता लोप्चनले सोमबार विहान छोरी जन्माएकी हुन् । आमामा उच्च रक्तचाप देखिएको र बच्चा ठूलो भएकाले अप्रेसन गर्न नसक्ने भन्दै हेटौडा अस्पतालबाट आइतबार रिफर भएकी महिलाको अप्रेशन गरेर बच्चा निकालिएको अस्पतालका […]
२६ साउन, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जुम्ला जिल्ला सेक्रेटरीसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले जिल्ला सेक्रेटरी राजबहादुर भाम -उदय) सहित तीनजनालाई पक्राउ गरेको हो । तिलागुफा गाउँपालिका-७ घोडेगाउँबाट चन्दा असुल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ पर्नेमा […]
२६ साउन, विराटनगर । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । न्यायाधीशलाई कोरोना संक्रमण देखिएपछि गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । क्यान्ट्याक्ट टे्रसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेकेा उनले बताए । नोबेल […]
२६ साउन काठमाडौं । राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा बस्ने खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा स्वाब दिएका हुन् । सोमबार ११ खेलाडी, २ अफिसियल र १२ स्टाफ गरेर २५ जनाको स्वाब दिइएको छ । बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ […]
२६ साउन, काठमाडौं । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् । यस्तै, तनुहुँको […]
२६ साउन, काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो । त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ । ‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ […]
२६ साउन, वीरगञ्ज । पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार ५० पुगेको छ । संक्रमितमध्ये ६ जना महिला छन् । गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको वीरगञ्ज-१५ भेडियाहीकी ४५ वर्षीया महिला पनि संक्रमितको सूचीमा छिन् । आइतबार राति संक्रमण पुष्टि […]
२६ साउन, काठमाडौं । सरकारले करको दायरा बिस्तार गर्ने सिलसिलामा देशभर दुई दर्जन करदाता सेवा कार्यालय थपेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ देखि संचालनमा आउने गरी २४ वटा करदाता सेवा कार्यालय थप भएका छन् । यसरी थप भएका करदाता सेवा कार्यालयहरु अधिकांश पहाडी भेगका जिल्ला सदरमुकाममा स्थापना गरिएका छन् । मन्त्रालयको […]
कोरोनाको महामारीले विभिन्न ठूला–ठूला देशको दु:खद अवस्था औंल्याएको छ । नेपालमा त जनस्वास्थ्य कहिले पनि चासोको विषय थिएन । अहिले कोरोनाले यसको महत्वको बारेमा जागरुक हुन सबैलाई सचेत गराएको छ । हात धुनुपर्छ, खोक्दा मुख छोप्नुपर्छ भन्ने सामान्य कुराले जीवन बचाउँन सक्छन् भन्ने कुरा हामीले प्रायः वास्ता नगरिएका कुरा हुन् । कोरोना लागेर मृत्यु भएका […]
२६ साउन, वीरगञ्ज । आम मानिसको जीवन रक्षाका लागि आफ्नो र परिवारको पर्वाह नगरी खटिरहेका चिकित्सकको मनोबल कमजोर हुने क्रियाकलाप नगर्न नेपाल चिकित्सक संघ नारायणीले आग्रह गरेको छ । आइतबार भएको प्रदर्शन र तोडफोडको घटनापछि संघका नारायणी अस्पताल शाखा सचिव डा. उदय कुमार सिंहले विज्ञप्ती जारी गरी विषम परिस्थितिमा संयम हुन भनेका छन् । चिकित्सक […]
नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतकको संख्या बढ्दै गएको छ । ढिलै भए पनि प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक हुन थाल्नुलाई सकारात्मक रुपमा लिएको छु । कानुनले नचिन्ने कोभिड–१९ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समिति निस्क्रिय छ । तर, खारेज भइसकेको छैन । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) पनि सक्रिय […]
२६ साउन, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् । संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ । प्रहरीको सहयोग चाहिएमा वा प्रहरीलाई कुनै सूचना दिनुपरेमा १०० नम्बरमा फोन गर्दा […]
२६ साउन, डोटी । आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ५ सय ५१ जनाले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ७३ ले बढी हो । प्रहरीसँग रहेको बिगत पाँच वर्षको तथ्यांक अनुसार यस प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । झुण्डिएर आत्महत्या गर्नेको संख्या झण्डै ७५ प्रतिशत अर्थात […]
२६ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको […]
२६ साउन, काठमाडौं । एक दिनअघिसम्म खेलकुद क्षेत्रलाई कोरोनाले छुँदैन भन्ने प्रश्न थियो । आइतवार स्क्वास प्रशिक्षक हिरा थापालाई कोरोना संक्रमण देखिएपछि अब खेलकुद क्षेत्र पनि कोरोनाबाट जोगिन सकेन । कोरोना महामारीले गर्दा नेपाली खेलकुद क्षेत्र मैदानभित्र ठप्प रहेको बेला मैदानबाहिर भने निकै चलमलाएको थियो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकद परिषदको उपाध्यक्ष […]
from समाचार – Online Khabar https://ift.tt/2PDqdF1
via IFTTT





















