समाचार
२० फागुन, पोखरा । २० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम नगर्न भन्दै पोखरा महानगरपालिकाले रोक्यो । कुनै अध्ययन र बजेटविनै अगाडि तम्सिएका पहारीका लागि फेवातालको माटो […]
२० फागुन, काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए । पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य […]
२० फागुन, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकता अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने दाबी गरे । केपी शर्मा ओली […]
२० फागुन, काठमाडौं । उपत्यकाका विभिन्न ठाउँबाट सडक विस्तार पीडितहरूलाई बालाजु बाइपासमा गोलबद्ध गराएर बृहत् कार्यक्रम गर्ने तयारी भएको छ । फागुन १२ गते दिउँसो बालाजु बाइपासमा सडक विस्तारको विरोध गर्ने स्थानीयलाई पक्राउ गरिएको थियो । पक्राउ परेका स्थानीयलाई भेट्न पुगेका अभियन्ता एवं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमी तथा विरोचन श्रेष्ठ बालाजु […]
२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको आज बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना […]
२० फागुन, विराटनगर । मोरङका एक वडाध्यक्षसँग भारतीय आधार कार्ड भेटिएको छ । सुनवर्षी नगरपालिका–८ का वडा अध्यक्ष नुरुल मियाँसँग भारतीय आधार कार्ड भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय उजुरी परेको छ । तत्कालिन एमालेबाट वडा अध्यक्ष निर्वाचित मियाँसँग भारतीय आधारकार्ड र बैंकमा खाता रहेको भन्दै वडा सदस्यहरुले कारवाही गर्न माग गरेका छन् । मियाँसँग ७०५४९२०३५५७० […]
२० फागुन, खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्ग्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा कर्णालीका खाद्य पदार्थ अन्तररष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ […]
१८ फागुन, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्ज ढुकुवाबासमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरुको सधैंको बाध्यता बनेको छ । त्रिभुवन राजपथमा पर्ने […]
२० फागुन, ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका […]
२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ । वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ । […]
२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै केन्द्रीय सदस्यहरुको तीनपानेमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो […]
२० फागुन, काठमाडौं । भारतको प्रमुख पर्यटकीय गन्तव्य ताज महल बिहीबार बमको हल्लाले केही समय बन्द भएको छ । उत्तर प्रदेशको प्रहरीलाई बिहान एक व्यक्तिले ताज महलमा बम राखिएको सूचना दिएका थिए । प्रहरी हेल्पलाइनमा फोन गरी पर्यटकहरुलाई ताज महलबाट निकाल्न आग्रह गरेका थिए । यो सूचनासँगै प्रहरीले ताज महलबाट सबै पर्यटकलाई बाहिर निकालेर केही […]
२० फागुन, जनकपुरधाम । आठ किलो लागूऔषध गाँजासहित महोत्तरीका दुई जना सर्लाहीबाट पक्राउ परेका छन् । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लालबन्दी नगरपालिका–१३ पानी टयाङ्कीस्थित लखनदेही खोला नजिकबाट उनीहरुलाई गाँजासहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-३ का २८ वर्षीय रामआश्रे यादव र १९ वर्षीय चन्दन महतो छन् । प्रदेश २–०२–००१ प […]
२० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको बजेट भाषण गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को वर्षदेखि स्वदेशमै व्यवसायीक फलाम उत्पादन थाल्ने बताएका थिए । उनले नवलपरासीको धौवादीमा रहेको खानीमार्फत फलाम उत्पादन गर्न चालु आर्थिक वर्षको बजेटमार्फत एक अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरे । तर हालसम्म भएको प्रगतिलाई हेर्ने हो भने स्वदेशमै व्यवसायीक फलाम […]
२० फागुन, जनकपुरधाम । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा कौडेना गाउँँपालिका-२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए । छतबाट खसेर गम्भीर […]
२० फागुन, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा पर्दा मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले […]
२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही […]
२० फागुन, चितवन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् । उनले प्रचण्ड-माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखे । प्रचण्ड-माधव समूहलाई साथ […]
२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, […]
from समाचार – Online Khabar https://ift.tt/309zqdt
via IFTTT






















