समाचार
२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । तर, आयोजनाको सुरुङ खन्ने काम सुरु हुन भने अझै एक वर्षभन्दा बढी समय लाग्ने सिँचाइ विभागले जनाएको छ । यो आयोजनाको अहिलेसम्म ठेक्का लागिसकेको छैन । ठेक्का गरेर कम्पनी छनोट भएपनि निर्माणको सम्झौता भने भएको […]
२० फागुन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका […]
२० फागुन, काठमाडौं । ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर हामीले ढोका खोलेर प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैनौं । संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं‘, सत्तारुढ नेकपा विभाजित भएसँगै तानातानमा परेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका माथिका भनाइले पार्टी सभापति शेरबहादुर देउवाको मनस्थिति बुझ्न पर्याप्त छ । संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड-माधव समूहले […]
२० फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे । घाइते भएका करिव […]
२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सेनाले प्रर्दशनकारीमाथि गरेको दमनको विभत्स फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् […]
२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण […]
२० फागुन, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो । नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । […]
२० फागुन, जनकपुरधाम । गत दीपावलीको दिन आरती साह जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित आफ्नो डेरा सरसफाइ गरिरहेकी थिइन् । साँझ तीन बर्षीया छोरीसँगै दीप जलाउने र मिठा परिकार खाने योजना थियो उनको । तर सफाइ गरिरहेकै बेला उनको त्यो सपना मात्र उडेन, जीवनभरकै लागि तनाव नै थपियो । आफ्नै श्रीमानले छ्यापेको एसिडले उनको अनुहार, छाती, […]
२० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम नगर्न भन्दै पोखरा महानगरपालिकाले रोक्यो । कुनै अध्ययन र बजेटविनै अगाडि तम्सिएका पहारीका लागि फेवातालको माटो निकाल्ने विषय फण्डा बन्यो […]
२० फागुन, काठमाडौं । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राजनीतिक निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेसभित्र पुनस्र्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक–फरक मत […]
२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]
२० फागुन, काठमाडौं । नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका […]
२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच […]
२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]
२० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । […]
२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर […]
२० फागुन, सुर्खेत । सुर्खेतमा ७ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । माघ १४ गतेदेखि हालसम्म ७ हजार ४७५ जनालाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २ हजार ३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोप लगाइ सकिएको जनस्वास्थ्य […]
२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए । प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै […]
२० फागुन, सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिए । उनले कर्णालीका स्थानीय तहमा स्रोत मात्रै भएर पनि विकास हुन […]
२० फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकामा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार मृत अवस्थामा भेटिएका भट्टराई स्थानीय भूमिराज […]
२० फागुन, काठमाडौं । पूर्वी नवलपरासीमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बारीमा घाँस काट्न गएका बेला गैंडाले आक्रमण गर्दा मध्यबिन्दु नगरपालिका–१२ की ४४ वर्षीय पविसरा विकको मृत्यु भएको हो । गैंडाको आक्रमणमा परी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
from समाचार – Online Khabar https://ift.tt/3qlhTJI
via IFTTT






















