Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले दिँदैन : पौडेल

२० फागुन, चितवन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन कांग्रेसको नैतिकताले नदिने बताएका छन् । उनले प्रचण्ड-माधव समूहलाई साथ दिन भने कांग्रेस सकारात्मक रहेको बताए । बिहीबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै पौडेलले ओलीबाहेक अरुसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने धारणा राखे । प्रचण्ड-माधव समूहलाई साथ […]

विद्यालयमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्‍यौं, उनीहरुको स्वास्थ्य जाँच गरायौं, […]

सरकार-विप्लव समूहबीच आज पनि वार्ता जारी

२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार अहिले भइरहेको छलफलमा समूहका राजनीतिक एजेण्डाबारे कुराकानी हुनेछ । प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ गर्न […]

प्रधानमन्त्रीले सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्दै

२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली विहीबार सिन्धुली जाँदैछन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली बिहान ११ बजे सिन्धुली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको […]

विप्लव समूहका नेतालाई पक्राउ नगर्न प्रहरीलाई सरकारको निर्देशन

२० फागुन, काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । स्रोतका अनुसार समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका […]

कांग्रेसको पदाधिकारी बैठक बस्दै

२० फागुन, काठमाडौं । पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउासो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति […]

स्वार्थ बाझिने व्यक्तिलाई बिमा समितिले दियो अध्ययनको जिम्मेवारी

२० फागुन, काठमाडौं । बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाएको अध्ययन समितिको सदस्यमा स्वार्थ बाझिने व्यक्ति राखिएको छ । बिमा समितिले हालै नयाँ पुनर्बिमा कम्पनी आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्नका लागि तीन सदस्य अध्ययन समिति बनाएको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले दीप प्रकाश पाण्डे, भोजराज शर्मा र […]

बुलबुले तालको किनारबाट कर्णाली कोट्याउने प्रयास

२० फागुन, सुर्खेत । ‘कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन्, बैरागीका बाजमन् डुली अगाउँदैन्’ जुम्लास्थित सिँजामा पर्छ बैरागी डाँडा । त्यही डाँडामा बसेर जुम्लीले यही गीत गाउँछन् । र, पोख्छन्, कर्णालीको बैराग अर्थात विरह । कर्णाली नेपालभित्र बग्ने सबैभन्दा लामो नदी । कर्णाली घुमाउरो छ, घुमेर बगेको छ । कर्णाली नदी झै केन्द्रबाट कर्णालीमा आउने हरेक […]

वाग्मती सफाइ अभियान पशुपति क्षेत्रमा केन्द्रित

२० फागुन, काठमाडौं । यही फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले शिवरात्रिअघि र पछिका दुई शनिबार सफाइलाई पशुपति क्षेत्रमा केन्दि्रत गर्न लागिएको हो । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने गर्दछन् । त्यसैले पशुपति क्षेत्रको […]

पोलार्डले हाने एकै ओभरमा ६ छक्का

२० फागुन, काठमाडौं । वेष्ट इन्डिजका काउरन पोलार्डले टी-२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी-२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराए । पोलार्डकै ३८ रनको मद्दतमा वेष्ट […]

दुर्गममा उड्ने एयरलाइन्सले लुक्ला र सिमकोटको विकल्प खोज्दै

२० फागुन, काठमाडौं । सामान्यतया कुनै पनि वायुसेवा कम्पनीले नयाँ रुटमा हवाई उडान थाल्दा वायुसेवा कम्पनी स्वयंले दुई गन्तव्यमा यात्रुको उपलब्धताबारे अध्ययन गर्छ । तर, हालै सुरु भएको नेपालगन्ज-पोखरा रुटमा आम प्रचलनभन्दा फरक तरिकाबाट उडान सुरु भएको छ । यो रुट स्थापित गर्न वायुसेवा कम्पनीभन्दा बढी भूमिका नेपालगन्ज र पोखराका पर्यटन व्यवसायीले खेलेका छन् । […]

बजेट ल्याउँदा सुझावलाई मनन नगरिएको व्यवसायीको गुनासो

२० फागुन, वीरगञ्ज । पर्सा, बारा र रौतहटका उद्योगी व्यवसायीहरुले बजेट बनाउनुपूर्व वर्षेनी हुने अन्तरक्रिया खासै प्रभावकारी नहुने गरेको बताएका छन् । विभिन्न समितिहरुले आएर सुझाव संकलन गरेर लैजाने गरेको भए पनि बजेट, नीति तथा कार्यक्रहरु बनाउँदा खासै समावेश नहुने गरेको उनीहरुको भनाइ छ । नेपाल सरकार राजस्व परामर्श समितिले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै […]

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल […]

सीमा क्षेत्रमा एसएसबीको संख्या बढाउने भारतीय गृह मन्त्रालयको निर्णय

२० फागुन, काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । एसएसबीका उच्च अधिकारीलाई उद्धत गदै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ । सीमा क्षेत्रमा सुरक्षालाई अझ […]

नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो

२० फागुन, काठमाडौं । सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो । […]

प्रधानमन्त्रीले चिडियाखानाका गैंडाको ‘अभिभावकत्व ग्रहण’ गरेपछि…

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक महिनाका लागि गैंडाको खाना खर्च व्यहोर्ने घोषणा गरे […]

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको नेता भीम रावलले […]

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

१९ फागुन, चितवन । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको मतभेद संसद पुनर्स्थापनापछि पनि रोकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि देउवा मध्यावधि चुनावको पक्षमा उभिएका थिए भने पौडेलले संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जोड दिए । सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि देउवा र पौडेलबीच नयाँ सरकार […]

सरकार–विप्लव वार्ता ‘प्रमुख विषयवस्तु’मा प्रवेश

१९ फागुन, काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । बिहीबार पुनः वार्ता हुने भनिएको छ । विप्लव समूहबाट चाहिँ औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार […]

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

१९ फागुन, विराटनगर । सत्तारुढ दलको बहिस्कारका बीच मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गराएका प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी एक कदम पछि हटेका छन् । यससँगै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथिको छलफल चैत २ का लागि सरेको छ । ९ फागुनमा प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि बिहीबारदेखि छलफल अघि बढाउने तयारी थियो । तर अघिल्लो […]

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी […]



from समाचार – Online Khabar https://ift.tt/30aLATd
via IFTTT
Powered by Blogger.