Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तीन सातापछि सञ्चालनमा आयो रसुवागढी नाका

२१ फागुन, काठमाडौं । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले अनलाइनखबरलाई बताए । नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ […]

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,विजेताले ५ लाख पाउने

२१ फागुन, नेपालगन्ज । सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा आजदेखि सुरु हुँदैछ । बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ । यस पटक विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त […]

विप्लव काठमाडौंमा सार्वजनिक हुँदै

२१ फागुन, काठमाडौं । सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । सोही […]

प्रधानमन्त्रीले शिलान्यास गरे, एक वर्षपछि थालिने छ सुरुङ खन्न

२० फागुन, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी-मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे । तर, आयोजनाको सुरुङ खन्ने काम सुरु हुन भने अझै एक वर्षभन्दा बढी समय लाग्ने सिँचाइ विभागले जनाएको छ । यो आयोजनाको अहिलेसम्म ठेक्का लागिसकेको छैन । ठेक्का गरेर कम्पनी छनोट भएपनि निर्माणको सम्झौता भने भएको […]

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पुनः बढ्यो

२० फागुन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको छ । हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिएको छ । संघका प्रवक्ता योगराज कंडेलका […]

ढोकामा प्रधानमन्त्री प्रस्ताव, झ्यालबाट नियाल्दैछन् देउवा !

२० फागुन, काठमाडौं । ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर हामीले ढोका खोलेर प्रस्ताव स्वीकार गरिसकेको अवस्था छैनौं । संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं‘, सत्तारुढ नेकपा विभाजित भएसँगै तानातानमा परेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका माथिका भनाइले पार्टी सभापति शेरबहादुर देउवाको मनस्थिति बुझ्न पर्याप्त छ । संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपाको प्रचण्ड-माधव समूहले […]

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक जनाको मृत्यु

२० फागुन, काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृतक भारतीय नागरिक हुन् । इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे । घाइते भएका करिव […]

म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सेनाले प्रर्दशनकारीमाथि गरेको दमनको विभत्स फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् […]

संसद सचिवालयलाई प्रचण्डको पत्र : ओलीलाई कारबाही गरिसक्यौं, उनको निर्णय मान्य हुन्न

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण […]

नेपाली अर्थतन्त्रको आकार : ३९ खर्ब ४३ अर्ब ६६ करोड

२० फागुन, काठमाडौं । नेपालको अर्थतन्त्रको आकार साढे ३९ खर्ब पुगेको छ । तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्कको गणनाको आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको आकडा अनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब ६६ करोड पुगेको हो । नेपालमा यसअघि सन् २०००-२००१ लाई आधार वर्ष मानेर राष्ट्रिय लेखा तथ्याङ्कहरु तयार पार्ने गरिएको थियो । […]

‘एसिड हान्ने श्रीमानलाई हत्कडी लगाएर बजार घुमाउन मन छ’

२० फागुन, जनकपुरधाम । गत दीपावलीको दिन आरती साह जनकपुरधाम उपमहानगरपालिका– ४ स्थित आफ्नो डेरा सरसफाइ गरिरहेकी थिइन् । साँझ तीन बर्षीया छोरीसँगै दीप जलाउने र मिठा परिकार खाने योजना थियो उनको । तर सफाइ गरिरहेकै बेला उनको त्यो सपना मात्र उडेन, जीवनभरकै लागि तनाव नै थपियो । आफ्नै श्रीमानले छ्यापेको एसिडले उनको अनुहार, छाती, […]

फेवातालमा अन्धाधुन्ध डोजर : न अध्ययन छ, न बजेट

२० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम नगर्न भन्दै पोखरा महानगरपालिकाले रोक्यो । कुनै अध्ययन र बजेटविनै अगाडि तम्सिएका पहारीका लागि फेवातालको माटो निकाल्ने विषय फण्डा बन्यो […]

कांग्रेस पदाधिकारी बैठक अनिर्णित

२० फागुन, काठमाडौं । नेपाली कांंग्रेसले वर्तमान राजनीतिक विषयमा धारणा तय गर्न सकेन । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राजनीतिक निकासका विभिन्न पक्षमा छलफल गरेपनि साझा धारणा बनाउन नसकेको हो । कांग्रेसभित्र पुनस्र्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक–फरक मत […]

कांग्रेस प्रतिपक्षमै बस्छ : गगन थापा

२० फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदले देशलाई निकास दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । संसदले निकास दिएपनि पाँच वर्ष सरकार चलाउने जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाएका कारण कांग्रेस प्रतिपक्षमै बस्ने उनले बताए । ‘पाँच वर्षसम्म सरकार चलाउने मौका पाएपनि कम्युनिस्टले चलाउन सकेन । उसले पाएको जनादेश खण्डित भयो […]

ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस

२० फागुन, काठमाडौं । नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका […]

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

२० फागुन, काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ । ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच […]

ताप्लेजुङको आगलागी क्षेत्रमा पुगे मुख्यमन्त्री राई

२० फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आगलागीबाट ४९ घर जलेको ताप्लेजुङको मेरिङदेन–३ दोभानमा पुगेका छन् । बिहीबार त्यहाँ पुगेर उनले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेका छन् । राहतसहित आगलागी प्रभावित क्षेत्रमा पुगेका मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रति परिवार ५० हजार र भाडामा बस्दै आएका परिवारलाई […]

देशभर १०७ जना संक्रमित थपिए, ७८ जना निको

२० फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ३६ जनाको नमुना परीक्षण गर्दा ३७ महिला र ७० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । […]

विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर

२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर […]

सुर्खेतमा ७ हजारले लगाए कोरोना खोप

२० फागुन, सुर्खेत । सुर्खेतमा ७ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । माघ १४ गतेदेखि हालसम्म ७ हजार ४७५ जनालाई कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २ हजार ३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोप लगाइ सकिएको जनस्वास्थ्य […]

सहमतिका लागि प्रचण्ड र म बाधक बन्दैनौं : माधव नेपाल

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए । प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै […]



from समाचार – Online Khabar https://ift.tt/3qjXyV4
via IFTTT
Powered by Blogger.