Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संसदले दिएको निर्देशनको प्रभावकारी अनुगमन आवश्यक : अध्यक्ष तिमिल्सिना

२० फागुन, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन कार्यान्वयनका लागि संसद आफैंले सक्रियता देखाउनुपर्ने बताएका छन् । राष्ट्रियसभा गठनको तीन वर्ष पुगेको सन्दर्भमा बिहीबार ‘राष्ट्रियसभाको प्रभावकारिकता तथा कूटनीतिक शिष्टाचार’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले संसदले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी ढंगले गर्नुपर्ने बताए । सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै […]

सरकार गिराउने षड्यन्त्र हुँदैछ : अर्थमन्त्री पौडेल

२० फागुन, बुटवल । अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् । ‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’ लिपुलेक, लिम्पियाधुरा र […]

स्वतन्त्रतामा नेपाल दक्षिण एसियामा तेस्रो

२० फागुन, काठमाडौं । नेपाल राजनीतिक तथा नागरिक स्वतन्त्रताको मामिलामा दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । फ्रिडम हाउस नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले समग्रमा ५६ अंक पाएको छ । दक्षिण एसियामा नेपालभन्दा बढी स्वतन्त्रता भएका मुलुकमा भारत ६७ अंकसहित पहिलो स्थानमा छ भने भुटानको ६१ अंक छ । नेपाल […]

नेविसंघको रिले अनसनमा माधव नेपालको समर्थन

२० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको रिले अनशनमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपालले समर्थन गरेका छन् । बिहीबार जनता समाजवादी पार्टी निकट प्राध्यापक संघले गरेको कार्यक्रममा सहभागी भएर फर्किएका नेता नेपालले उपकुलपति कार्यालयबाहिर नेविसंघले गरेको विरोध कार्यक्रममा गई समर्थन जनाएर फर्किएका हुन् । […]

एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा   

२० फागुन, बाँके । डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उनीहरुले राजनीतिक पूर्वाग्रहका कारण मापदण्ड मिचेर शिक्षकको फेरबदल गरिएको आरोप लगाएका छन् । माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा छ । स्थानीय […]

सम्झना बोहरा हत्याका अभियुक्त पक्राउ

२० फागुन, गुल्मी । गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरेको हो । लालबहादुरले कर्तव्य गरेर सम्झनाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी […]

९० अंकले बढ्यो नेप्से, कारोबार रकम भने ६ अर्बमा सीमित

२० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने […]

प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छ, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न […]

फेवातालमा अन्धाधुन्ध डोजर : न अध्ययन छ, न बजेट

२० फागुन, पोखरा । प्रदेशसभा सदस्य निर्वाचित भएको एक महिनाभित्रै राजीव पहारीले फेवातालबाट माटो निकालेर आकार बढाउने र पुरिनबाट जोगाउने कामको थालनी गर्ने भन्दै निर्माण व्यवसायीसँग डोजर मागे । विनाअध्ययन र समन्वयनविना माटो निकाल्ने काम नगर्न भन्दै पोखरा महानगरपालिकाले रोक्यो । कुनै अध्ययन र बजेटविनै अगाडि तम्सिएका पहारीका लागि फेवातालको माटो निकाल्ने विषय फण्डा बन्यो […]

मन्त्रीले घुस दिन खोज्नेको नाम लुकाउँदा आशंका : वन प्राविधिक संघ

२० फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ । संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको […]

महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

२० फागुन, काठमाडौं । भारतीय सीमा नाकासँग जोडिएको महोत्तरीको मनराशिस्वा नगरपालिकामा एकैसाथ पाँच दर्जन बढी नीलगाई फेला परेका छन् । मनराशिस्वा नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु नीलगाई देखा परेको स्थानीयवासीले बताएका छन् । विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको संख्यामा रहेका नीलगाई नगरपालिकाको वन क्षेत्रमा देखिएको मनराशिस्वा नगरपालिका–२ का वडाध्यक्ष विनोदकुमार सिंहले […]

जग्गाधनी पूर्जा पाएपछि गाेलबजार बेताैनाका बासिन्दा खुसी

२० फागुन, काठमाडौं । पुस्तौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका स्थानीयवासी खुसी भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालयले गाउँमै पुगेर लालपूर्जा बाँडेपछि स्थानीयवासी खुसी भएका हु्न् । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्थानीयवासीलाई लालपूर्जा हस्तान्तरण गर्दै नापीका कर्मचारीले लामो समयको नापजाँचपछि तयार पारेको पूर्जा स्थानीयवासीलाई वितरण गर्न […]

प्रचण्ड-माधव समूहमा लागेको भन्दै तीन कर्मचारी बर्खास्त

२० फागुन, जाजरकोट । फरक राजनीतिक आस्था राखेकै कारण तीन कर्मचारी बर्खास्त गरिएको भन्दै चार कर्मचारी संगठनले आपत्ति जनाएका छन् । भेरी नगरपालिकाले नेकपा प्रचण्ड-माधव समूहमा आवद्ध भएको भन्दै तीन कर्मचारी बर्खास्त गरेको छ । प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित भएर नगरपालिकाले कर्मचारी बर्खास्त गरेकाले तत्काल पुनर्बहाली गर्न कर्मचारी संगठनहरुले माग राखेका छन् । प्रचण्ड-माधव समूह […]

प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

२० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आउन तीन दिन बाँकी छ, तर त्यहाँ के भूमिका खेल्ने भन्नेमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसजस्तै तेस्रो ठूलो राजनीतिक दल जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गर्दा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई भारतमा थिए । भट्टराई बुधबार उपचार […]

नेपाल–पाकिस्तान सीधा हवाई उडान आवश्यक : राजदूत अधिकारी

२० फागुन, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल र पाकिस्तानको बीचमा व्यापार र आर्थिक सहकार्यको ठूलो सम्भावना रहेकाले त्यसलाई प्रवर्द्धन गर्नका लागि सीधा हवाई उडान सञ्चालन गर्नुपर्ने बताएका छन् । इस्लामावाद चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टीले बुधबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत अधिकारीले पाकिस्तान इन्टरनेसनल एयरलाइन्सले सीधा उडानको सम्भाव्यताबारे अध्ययन […]

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा. महत    

२० फागुन, चितवन । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । चितवनमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भनु, ‘मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् […]

प्रमुख निर्वाचन आयुक्तलाई ओली समूहका नेता बस्नेतले भेटे

२० फागुन, काठमाडौं । नेकपाको केपी ओली समूहका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका हुन् । प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए । पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य […]

पार्टी एकताका लागि ओली र प्रचण्डलाई चारैतिरबाट घेराबन्दी गर्नुपर्छ : बामदेव गौतम

२० फागुन, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकता अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने दाबी गरे । केपी शर्मा ओली […]

उपत्यकाका सडक विस्तार पीडितले एकीकृत प्रदर्शन गर्दै

२० फागुन, काठमाडौं । उपत्यकाका विभिन्न ठाउँबाट सडक विस्तार पीडितहरूलाई बालाजु बाइपासमा गोलबद्ध गराएर बृहत् कार्यक्रम गर्ने तयारी भएको छ । फागुन १२ गते दिउँसो बालाजु बाइपासमा सडक विस्तारको विरोध गर्ने स्थानीयलाई पक्राउ गरिएको थियो । पक्राउ परेका स्थानीयलाई भेट्न पुगेका अभियन्ता एवं उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमी तथा विरोचन श्रेष्ठ बालाजु […]

विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा […]

प्रधानमन्त्रीले गरे सुनकोशी-मरिन डाइभर्सन आयोजनाको शिलान्यास

२० फागुन, काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजनाको आज बिहीबार एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना […]



from समाचार – Online Khabar https://ift.tt/3uSYjrR
via IFTTT
Powered by Blogger.