Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वाग्मती सफाइ अभियान पशुपति क्षेत्रमा केन्द्रित

२० फागुन, काठमाडौं । यही फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले शिवरात्रिअघि र पछिका दुई शनिबार सफाइलाई पशुपति क्षेत्रमा केन्दि्रत गर्न लागिएको हो । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्तजन आउने गर्दछन् । त्यसैले पशुपति क्षेत्रको […]

पोलार्डले हाने एकै ओभरमा ६ छक्का

२० फागुन, काठमाडौं । वेष्ट इन्डिजका काउरन पोलार्डले टी-२० आई क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । श्रीलंका विरुद्धको पहिलो टी-२० मा पोलार्डले अकिला धनन्जयलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् । धनन्जयले खेलको चौथो ओभरमा ह्याट्रिक विकेट लिएका थिए तर छैटौँ ओभरमा पोलार्डले छक्काको वर्षा गराए । पोलार्डकै ३८ रनको मद्दतमा […]

दुर्गममा उड्ने एयरलाइन्सले लुक्ला र सिमकोटको विकल्प खोज्दै

२० फागुन, काठमाडौं । सामान्यतया कुनै पनि वायुसेवा कम्पनीले नयाँ रुटमा हवाई उडान थाल्दा वायुसेवा कम्पनी स्वयंले दुई गन्तव्यमा यात्रुको उपलब्धताबारे अध्ययन गर्छ । तर, हालै सुरु भएको नेपालगन्ज-पोखरा रुटमा आम प्रचलनभन्दा फरक तरिकाबाट उडान सुरु भएको छ । यो रुट स्थापित गर्न वायुसेवा कम्पनीभन्दा बढी भूमिका नेपालगन्ज र पोखराका पर्यटन व्यवसायीले खेलेका छन् । […]

बजेट ल्याउँदा सुझावलाई मनन नगरिएको व्यवसायीको गुनासो

२० फागुन, वीरगञ्ज । पर्सा, बारा र रौतहटका उद्योगी व्यवसायीहरुले बजेट बनाउनुपूर्व वर्षेनी हुने अन्तरक्रिया खासै प्रभावकारी नहुने गरेको बताएका छन् । विभिन्न समितिहरुले आएर सुझाव संकलन गरेर लैजाने गरेको भए पनि बजेट, नीति तथा कार्यक्रहरु बनाउँदा खासै समावेश नहुने गरेको उनीहरुको भनाइ छ । नेपाल सरकार राजस्व परामर्श समितिले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै […]

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल […]

सीमा क्षेत्रमा एसएसबीको संख्या बढाउने भारतीय गृह मन्त्रालयको निर्णय

२० फागुन, काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमा बल (एसएसबी) को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । एसएसबीका उच्च अधिकारीलाई उद्धत गदै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ । सीमा क्षेत्रमा सुरक्षालाई अझ […]

नेकपा नामको विवादमा फैसला आउने मिति पछि सर्यो

२० फागुन, काठमाडौं । सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नामको विवादमा निर्णय सुनाउने मिति पछि सरेको हो । यसअघि […]

प्रधानमन्त्रीले चिडियाखानाका गैंडाको ‘अभिभावकत्व ग्रहण’ गरेपछि…

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानामा संरक्षित गैंडाका लागि अभिभावकत्व ग्रहण गर्दै एक महिनाको खाना खर्च व्यहोर्ने घोषणा गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्ववन्यजन्तु दिवसका उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक महिनाका लागि गैंडाको खाना खर्च व्यहोर्ने घोषणा गरे […]

प्रचण्ड-माधव समूहद्वारा सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि कारबाही

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको हो । पार्टी हित विपरीत गतिविधि गरेकाले उनीहरुमाथि कारबाही गरेको नेता भीम रावलले […]

श्रद्धाञ्जली सभामै देउवा र पौडेलको घोचपेच

१९ फागुन, चितवन । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको मतभेद संसद पुनर्स्थापनापछि पनि रोकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि देउवा मध्यावधि चुनावको पक्षमा उभिएका थिए भने पौडेलले संसद पुनर्स्थापनाका लागि आन्दोलनमा जोड दिए । सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि देउवा र पौडेलबीच नयाँ सरकार […]

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव : केन्द्रपछि मात्रै प्रदेशको छिनोफानो

१९ फागुन, विराटनगर । सत्तारुढ दलको बहिस्कारका बीच मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गराएका प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी एक कदम पछि हटेका छन् । यससँगै प्रदेशसभामा अविश्वासको प्रस्तावमाथिको छलफल चैत २ का लागि सरेको छ । ९ फागुनमा प्रदेशसभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि बिहीबारदेखि छलफल अघि बढाउने तयारी थियो । तर अघिल्लो […]

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी […]

संसदमा प्रचण्ड–माधव र ओली : केके छन् कानुनी जटिलता ?

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उसको संसदीय दल र प्रतिनिधिसभामा पुगेको छ । अंकको हिसाबले लगभग समान हैसियतमा रहेका प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह दुवैका लागि कानुनी जटिलताहरु छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गरेकाले अब नेकपाभित्रको विवाद र संसदीय अंकगणित प्रक्रियाबाटै अगाडि […]

वर्षभरि एउटा गैंडाको पालनपोषणको जिम्मा प्रधानमन्त्रीले लिने

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षभरि पालनपोषणको सम्पूर्ण जिम्मा लिएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एडप्ट एन एनिमल’ कार्यक्रम अन्तर्गत एउटा गैडाको वर्षभरिको पालनपोषणको सम्पूर्ण खर्चको जिम्मा लिएको घोषणा गरे । […]

राजनीतिक भविष्य जोगाउन प्रचण्डले सूर्य चिन्हमा आँखा गाडे : महेश बस्नेत

१९ फागुन, चितवन । नेकपा ओली समूहका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले आफ्नो राजनीतिक भविष्य जोगाउन पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्हमा आँखा गाडेको बताएका छन् । भरतपुरमा बुधबार आयोजित ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले पहिचान गुमाएका प्रचण्डले अब सूर्य चिन्हभन्दा बाहेकबाट निर्वाचन […]

गोंगबु हत्याकाण्डकी अभियुक्त पौडेललाई आजीवन काराबास

१९ फागुन, काठमाडौं । काठमाडौंको गोंगबुमा गत साउनमा भएको हत्याको आरोपी कल्पना मुडभरी पौडेललाई जिल्ला अदालत काठमाडौंले आजीवन काराबास सजाय सुनाएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने व्यवस्था भए पनि क्रुर यातना दिई वा […]

फर्किनेभन्दा विदेश जाने श्रमिक चार गुणा कम हुँदा रेमिट्यान्समा असर

१९ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै वैदेशिक रोजगारीका लागि विदेशिने युवाको संख्या विगतको तुलनामा दुई तिहाई घट्यो । विदेश जानेभन्दा फर्किनेको संख्या करिब चार गुणा चार गुणा बढी भएपछि भविष्यमा नेपाल भित्रिने रेमिट्यान्समा असर पर्ने देखिएको छ । अर्थविद्हरुका अनुसार विदेशिने र फर्किने श्रमिकको असन्तुलनले भविष्यमा एकैपटक रेमिट्यान्स आप्रवाहमा गिरावट आए समग्र […]

करेन्ट लागेर तनहुँमा किशोरको मृत्यु

१९ फागुन, काठमाडौं । तनहुँको भानु नगरपालिका-१ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार करेन्ट लागेर तामाङ मृत अवस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका […]

छात्रा मृत्यु प्रकरण : जावलाखेलमा विद्यार्थीहरुको प्रदर्शन

१९ फागुन, काठमाडौं । ललितपुरको नख्खुदोबाटोमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि विद्यार्थीहरुले ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । ठक्कर दिने चालकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले महानगरीय प्रहरी परिसर जावलाखेल अगाडिको सडकमा भेला भएर विरोध प्रदर्शन गरेका हुन् । ललितपुरको नख्खुदोबाटोमा आज बिहान स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भइ […]

निर्वाचन आयोगलाई ५ पूर्वप्रमुख आयुक्तको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ

१९ फागुन, काठमाडौं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र (का.वा) दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् । […]

‘सम्पत्तिको हक खोज्दा ७ दिन थुनियौं’

१९ फागुन, काठमाडौं । सरकारले बालाजु, बाइपासस्थित हाम्रो घर जबरजस्ती भत्काएको स्थानमा फागुन ११ गते सूचना केन्द्र बनाउन भनेर जस्ता पाताको बार लगाएको रहेछ । त्यो कुरा थाहा पाएपछि महानगरीय प्रहरी वृत्त बालाजु पुग्यौं । प्रहरी निरीक्षकलाई व्यक्तिगत जग्गामा सूचना केन्द्र बनाउन लागेको जानकारी दियौं । उहाँले त्यसबारेमा आफूलाई केही जानकारी नभएको बताउनुभयो । त्यसपछि महानगरपालिका–१६ […]



from समाचार – Online Khabar https://ift.tt/30ovcih
via IFTTT
Powered by Blogger.