Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपेन्द्र यादवले निर्वाचन आयोग पठाए ठाकुरसहित ४ नेता हटाएको पत्र

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएका छन् । १७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् […]

उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन  गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, […]

बागलुङमा चट्याङ लागेर बालकको मृत्यु

१८ जेठ, बागलुङ । मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्थानीय राजन पाइजाले जानकारी दिए ।

नेप्से परिसूचकसँगै सुस्तायो सेयर कारोबार रकम

१८ जेठ, काडमाडौं । सोमबार ४५ अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार […]

भारतमा परीक्षण नै नगरी विदेशी खोप प्रयोगको अनुमति

१८ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ । भारतमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरसँगै भारतभर खोप कार्यक्रमलाई पनि तीव्र गतिमा बढाउन दबाब बढिरहेको अवस्थामा त्यहाँको सरकारले यस्तो निर्णय गरेको […]

चीनले अनुदानमा दिएको खोप काठमाडौं आइपुग्यो

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले […]

सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

१८ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर […]

आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ : उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् !

१८ जेठ, काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्‍नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले […]

अमेरिकालाई चीनको जवाफ-कोरोनाको उत्पत्तिबारे वैज्ञानिक अनुसन्धान गरौं

१८ जेठ, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा राजनीति गर्न नहुने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार कोरोनाको उद्गमस्थल पत्ता लगाउने विषय वैज्ञानिक अनुसन्धानको भएको बताएका हुन् । नियमित प्रेस ब्रिफिङमा वेनबिनले अमेरिकाले चीनलाई कोरोना महामारीको दोष लगाउने प्रयास गरिरहेको बताएका हुन् । ‘हामीले अहिले महामारीको कलंक भिराउने […]

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गर्ने

१८ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । त्यस्तै थरुहट/थारुवान आन्दोलनका […]

पार्टी एकताका लागि प्रयत्न जारी राख्ने बालुवाटारको निर्णय

१८ जेठ, काठमाडौं । नेकपा एमालेको ओली पक्षले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सोमबार साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल […]

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ […]

कोरोना संक्रमणबाट साहित्यकार डिल्लीराम नेपालको निधन

१८ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । कोरोना संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा उनको आइतबार राति निधन भएको हो । उनलाई दुई साताअघि कोभिड–१९ पुष्टि भएकोमा आईसीयूमा राखेर उपचार हुँदैआएको थियो । पाल्पा रिब्दीकोट निवासी नेपालका कविता कृति ‘युवालाई […]

साल्ट ट्रेडिङले आज उपत्यकाका १२ ठाउँमा भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने

१८ जेठ, काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार उपत्यकाका एक दर्जन ठाउँबाट डेलिभरी भ्यानमार्फत खाद्यान्न बिक्री गर्दैछ । तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा मंगलबार खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए […]

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भीर

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाका साथी एवं डाक्टर विश्व दवाडीले अनलाइनखबरसँग भने, ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर […]

वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा

१८ जेठ, काठमाडौं । प्र्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् । उनका अनुसार जेठ २३ गते आइतबार नयाँ इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । २३ फागुनमा नेकपाको एकता खारेज गर्ने […]

महामारीमा महासंघको सिंगो सञ्जाल नै परिचालित

१८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसहित यसको सिंगो सञ्जालनै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी छ । महासंघले आफ्ना सातै […]

संवैधानिक इजलास छाड्न न्यायाधीश केसी र श्रेष्ठले गरे अस्वीकार

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् । मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् । मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत […]

कांग्रेस नेता पौडेललाई प्रश्‍न : महामारीको बीचमा पार्टीको महाधिवेशन कसरी गर्ने ?

१८ जेठ, काठमाडौं । संवैधानिक प्रावधान अनुसार आगामी भदौ महिनाभित्र नेपाली कांग्रेसले आफ्नो १४औ महाधिवेशन सम्पन्न गर्नुपर्छ । कि संविधान नै संशोधन गर्नुपर्छ, नत्र पार्टीको वैधानिकता गुम्छ । पार्टीले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । तर, कोरोना महामारीका कारण कार्यतालिका अनुसार काम हुन सकेको छैन । […]

छिमेकी हत्या आरोप लागेका युवक पुर्पक्षका लागि थुनामा

१८ जेठ, जनकपुरधाम । सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् । गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर […]

अक्सिजन प्लान्ट खरिद गर्न भक्तपुर नगरपालिकाले नगरबासीसँग सहयोग जुटाउँदै

१८ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए । सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको […]



from समाचार – Online Khabar https://ift.tt/3i8lP08
via IFTTT
Powered by Blogger.