समाचार
१८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई एक औद्योगिक समूहले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । शिवशक्ति ग्रुपले महानगरपालिकालाई ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको छ । ग्रुपले ३६० बोरा चामल, एक हजार किलो दाल र सोयाबिन तेल एक सय लिटर सहयोग गरेको छ । […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत […]
१८ जेठ, काठमाडौं । मंगलबार कीर्तिपुरको भत्केपाटी पुग्दा तोप चराहरू गुडँ वरपर खेलिरहेका थिए । भँगेरा आकारको यो चराको गुडँ निकै राम्रो र कलात्मक पनि देखिन्छ । यो चराले रुखमा झुण्डिएको लामो गुण बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मिहिनेत गरेर […]
१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको अभाव रहेकोे गुनासो आइरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन […]
१८ जेठ, गोरखा । कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको […]
१८ जेठ, काठमाडौं । भारतसँग सरकारी स्तर (जीटुजी)मा रासायिनक मल खरिद गर्न मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले यस्तो स्वीकृति प्रदान गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘जीटुजीमा मल खरिद गर्नका लागि भारतले पठाएको मल खरिद सम्झौतामा नेपालले आवश्यक संशोधन गरेर स्वीकृतिका लागि […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् । उनका अनुसार जेठ २३ गते आइतबार नयाँ इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । २३ फागुनमा नेकपाको एकता खारेज गर्ने […]
१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ । अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका […]
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]
१९ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा भन्दा विपक्षीले मुख्यमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । विपक्षी सांसदले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई सरकार चलाउनु औचित्यहीन भएको तर्क गरेका छन् । प्रमुख प्रतिपक्षी दल […]
१८ जेठ, काठमाडौं । संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन रहेको ठहर गर्दै ती मुद्दाको सुनुवाइमा संलग्न न्यायाधीशहरुले संसद बिघटनको मुद्दा हेर्न उपयुक्त नहुने राय दिएका छन् । । मंगलबार संवैधानिक इजलासमा आफ्नो राय प्रस्तुत गर्दै दुई न्यायाधीशले संसद विघटनको मुद्दा २३ फागुनको […]
१८ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । त्यस्तै थरुहट/थारुवान आन्दोलनका […]
१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ […]
१८ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताएका छन् । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताए । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ […]
१८ जेठ, काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई […]
१८ जेठ, काठमाडौं । सरकारले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको सूचनामा ७ […]
१८ जेठ, काठमाडौं । वैज्ञानिकहरुले बेलायत कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिने सुरुवाती चरणमा रहेको संकेत भेटिएको बताएका छन् । बेलायतको सरकारलाई परामर्श दिने टोलीमा सहभागी भएका क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले नयाँ संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिए पनि भारतीय भेरियन्टको कारण बेलायतमा कोरोना संक्रमण गुणात्मक हिसाबले बढ्न सक्ने बताए । गुप्ताले २१ जुनमा […]
१८ जेठ, काठमाडौं । मुलुक दुई वर्ष भित्र दूध उत्पादनमा आत्मनिर्भर बन्ने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले गरेकी छिन् । विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन् । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र […]
१८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले घरायसी विद्युतीय सामाग्रीको भन्सार दरमा छुटको घोषणा गर्यो । यसअघि बिलासिताको सामानको रुपमा अन्त: शुल्क र ३० प्रतिशतसम्म भन्सार महसुल लगाइएको यी वस्तुमा सरकारले अन्तशुल्क र पाँचदेखि १० प्रशितसम्म भन्सार महसुल घटाएको छ । विद्युतीय उपकरणको प्रयोग बढाएर विद्युत खपत बढाउन सरकारले यस्तो निर्णय लिएको […]
from समाचार – Online Khabar https://ift.tt/3fBqm9E
via IFTTT






















