समाचार
२२ जेठ, बुटवल । मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा […]
२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो । यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ […]
२२ जेठ, वीरगञ्ज । जागरुक नागरिक समाजले ढुंगा, गिट्टी, र बालुवा निकासी खुल्ला गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । देशका विभिन्न स्थानमा फरक-फरक पेसा व्यवसायमा आवद्ध ३८ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै योजना फिर्ता लिन माग गरेका हुन् । शिक्षाविद डाक्टर हेमराज पन्त, अभियन्ताहरु जगन्नाथ लामिछाने, प्रेम सापकोटा, कञ्चनपुरका वरिष्ठ अधिवक्ता रमेशदेव […]
२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा […]
२२ जेठ, काठमाडौं । समय र परिस्थिति मिल्यो भने प्राय म घुम्न निस्कन्छु । विशेष गरी म चलनचल्तीका भन्दा नचलेका स्थानमा घुम्न जान मन पराउँछु । योपटक मैले गत चैतको अन्तिम सातातिर अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरतर्फ यात्रा गरेँ । अन्नपूर्ण आधारशिवीर नेपालमा मात्र नभएर विश्वर परिचित पदयात्रा गन्तव्य हो । तर हामीले तय गरेको […]
२२ जेठ, बुटवल । सरकारले ढुङ्गा गिट्टी भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिको लुम्बिनी प्रदेशका नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् । भारतलाई खुशी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली भएको नागरिक अगुवा बताउँछन् । यो नीतिभित्र स्थानीय तहबीच द्वन्द्व बढाइदिएर संघीयतालाई असफल बनाउने खेल […]
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् । ‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले […]
२२ जेठ, धनगढी । भारतीय एसएसबीको अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण काम रोकिएको हो । स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा […]
२२ जेठ, वीरगञ्ज । खपडाले छाएको सानो घर, हेर्दा गाईबस्तु बाँध्ने गोठ जस्तै लाग्छ । तर त्यहाँ भित्र खाँबोमा एक जना पुरुषलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । उनको शरीरमा एकसरो कपडा पनि छैन । यसरी किन बाँधेर राखेको ? परिवारका सदस्य भन्छन्, ‘रहर हैन हाम्रो बाध्यता हो । उनलाई बाँधेर राखेन भने भाग्छन् ।’ […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका […]
२२ जेठ, काठमाडौं । देशभर करीब १३ लाख नागरिक कोरोनाविरुद्धको दोस्रो खोप लगाउने पर्खाइमा छन् । खरीद सम्झौता अनुसारको १० लाख डोज खोप भारतले समयमै उपलब्ध नगराइदिँदा दोस्रो डोज खोप कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरू बताउँछन् । भारतले समयमै खोप उपलब्ध नगराउँदा र सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा खोपको दोस्रो मात्रा लगाउने समय घर्किंदैछ । […]
२२ जेठ, काठमाडौं । नेकपा एमाले यतिबेला फुट न जुटको अवस्थामा छ । एकताको गृहकार्य बनेको कार्यदल निष्क्रिय भएपछि दुई पक्षको बीचमा यतिबेला अनौपचारिक कुराकानी भइरहेका छन् । नेताहरू पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागिपरेका छन् । यसै सम्बन्धमा माधव–झलनाथ समूहमा रहेका नेता युवराज ज्ञवालीसँग कमलदेव भट्टराईले एकताको लागि भइरहेका प्रयास र भावी योजनाको […]
२२ जेठ, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित […]
२२ जेठ, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर […]
२२ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका […]
२२ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई […]
२२ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुको जोड छ । बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो […]
२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । पार्टीको बहुमत पक्षले दिएको कारबाहीको चेतावनीलाई बेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा र लक्ष्मणलाल कर्ण दोस्रो तथा विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया […]
२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री बनेका छन् । बाम गठवन्धनसहित २०७४ सालमा दोस्रोपटक प्रधानमन्त्री भएका ओलीले तीन बर्षको बिचमा गरेको यो १८ […]
from समाचार – Online Khabar https://ift.tt/3pouSLY
via IFTTT





















