समाचार
१८ जेठ, काठमाडौं । साल्ट ट्रेडिङले मंगलबार उपत्यकाका एक दर्जन ठाउँबाट डेलिभरी भ्यानमार्फत खाद्यान्न बिक्री गर्दैछ । तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरमा मंगलबार खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले फोन गरेर माग गरेको आधारमा १२ वटा टोल क्षेत्रमा भ्यानमार्फत माइकिङ गर्दै खाद्यान्न बिक्री गर्न लागिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भ्यान्टिरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाका साथी एवं डाक्टर विष्णु दवाडीले अनलाइनखबरसँग भने, ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर […]
१८ जेठ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा हालै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचन, पार्टीको आन्तरिक गतिविधि, जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा लगायतको विषयमा छलफल हुने बताइएको छ ।
१८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसहित यसको सिंगो सञ्जालनै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारीका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी छ । महासंघले आफ्ना सातै […]
१८ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमा नबस्न गरेको आग्रह अस्वीकार गरेका छन् । मंगलबार संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन् । मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत […]
१८ जेठ, काठमाडौं । संवैधानिक प्रावधान अनुसार आगामी भदौ महिनाभित्र नेपाली कांग्रेसले आफ्नो १४औ महाधिवेशन सम्पन्न गर्नुपर्छ । कि संविधान नै संशोधन गर्नुपर्छ, नत्र पार्टीको वैधानिकता गुम्छ । पार्टीले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । तर, कोरोना महामारीका कारण कार्यतालिका अनुसार काम हुन सकेको छैन । […]
१८ जेठ, जनकपुरधाम । सर्लाहीमा आगो लगाएर छिमेकीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् । गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर […]
१८ जेठ, काठमाडौं । भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरबासीसँग सहयोग जुटाउन थालेको छ । अस्पतालमा अक्सिजनको चरम अभाव भएको र सरकारले तोकिदिए जत्ति पनि अक्सिजन नपाएपछि भक्तपुरले आफ्नै अक्सिजन प्लान्ट राख्ने योजनाका साथ जनताबीच गएको मेयर सुनिल प्रजापतिले बताए । सरकारले ख्वःप अस्पताललाई दैनिक ८० सिलिन्डर अक्सिजन दिने भनेपनि नपाएको […]
१८ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ती सवारी साधनलाई […]
१८ जेठ, मकवानपुर । आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१८ जेठ, बुटवल । बुटवलको एक नीजि अस्पतालले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बुटवल–१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो । एक बिगाहा क्षेत्रफल भित्र रहेको अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ […]
१८ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय […]
१८ जेठ, काठमाडौं । वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहमत भएका छन् । यससँगै प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास पुनगर्ठन हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि संसद विघटनविरुद्ध रिट दिने निवेदकका कानून व्यवसायीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका […]
१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय […]
१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका […]
१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा […]
१८ जेठ, काठमाडौं । ६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् । दोस्रो लहरको कोरोना महामारीको प्रतिकूल परिस्थितिको कारण अघिल्लो पटकको जस्तो सडकमा उत्रिन नसकेका विपक्षी दलहरु […]
१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो । लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको […]
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन । मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन । यद्यपि श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् । नेकपा विभाजन सम्बन्धी […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सर्वोच्च बारका प्रतिनिधिहरुले भेटवार्ता गर्दैछन् । संवैधानिक इजलास पुनर्गठनको सुझाव दिन सर्वोच्च बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने समय तय भएको जानकारी दिए । यसअघि नेपाल बार एशोसिएसन र सर्वोच्च बारका […]
from समाचार – Online Khabar https://ift.tt/3uDXEcv
via IFTTT





















