Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा

१२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको भनाइ छ । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार पेरिसडाँडामा […]

कांग्रेस ललितपुरको अधिवेशन : ३ स्थानीय तहमा सर्वसम्मत, ३ मा निर्वाचन

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महागनगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला […]

मोक्षभूमि उपन्यास र भक्तराज आचार्यलाई पद्मश्री पुरस्कार

१२ असोज, काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव […]

भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि

१२ असोज, भक्तपुर । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् । कोभिड-१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक […]

बागलुङका दलित समुदायको पीडा : दुग्ध सहकारीले नै किन्दैन दूध

१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]

रुपन्देहीमा ट्रकले ठक्कर दिंदा आमा-छोराको मृत्यु

१२ असोज, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । […]

अफगानिस्तानको समस्या आन्तरिक मामिला : परराष्ट्रमन्त्री खड्का

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान […]

नेपाली कांग्रेस धादिङको पालिका अधिवेशनमा पौडेल पक्ष हाबी

१२ असोज, धादिङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ । […]

परराष्ट्रमन्त्री खड्काले आज राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।

समाजवाद : कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर !

नेपाली समाजमा एउटा भनाइ प्रचलित छ– ‘कुतीको बाटो हिंडेर काशी पुगिंदैन।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं भन्ने भान हुन्छ । संविधानमा समाजवादउन्मुख राज्यको परिकल्पना गरेपश्चात् राज्य संयन्त्रका हरेक अंगमा यसको प्रतिबिम्ब देखिनुपर्ने हो तर न यसअघिको कम्युनिष्ट पार्टी नेतृत्वको करीब […]

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल चयन

१२ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको […]

चिनियाँ विदेशमन्त्री वाङ भन्छन्- नेपालसँगको सम्बन्धमा नयाँ प्रगति चाहन्छौं

१२ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री  नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ । यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए […]

पोखराबाट राजदूतहरुको सन्देश : नेपाल अद्भुत र सुरक्षित छ

११ भदौ, पोखरा । पोखरा लेकसाइडबाट बिहान देखिएको सर्लक्कै खुलेको हिमाल अन्नपूर्ण गाउँपालिकाको नौडाँडा देउराली पुग्दा लगभग बादलको घुम्टोभित्र लुकिसकेको थियो । १० बजे नौडाँडा पुग्दा २ घन्टाअघिजस्तो हिमालको लस्कर देखिएन । बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिचे उनी हुन्, नेपालका लागि दक्षिण कोरियाली राजदूत । गत साल राजदूत […]

अध्यादेश खारेजीमा एमालेको प्रतिक्रिया : अलोकतान्त्रिक शासनको भद्दा रुप

११ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् । यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले […]

अध्यादेशकै चरम दुरुपयोग

११ असोज, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी ल्याएको अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । गत भदौ २ गते जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारले ३२ साउनमा हठात […]

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग सरकारले माग्यो स्पष्टीकरण

११ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने […]

दल विभाजन सहज बनाउन ल्याइएको अध्यादेश खारेज

११ असोज, काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक […]

नेपालकै सरकारी प्रयोगशालामा जिन सिक्वेन्सिङ

११ असोज, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो । सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा […]

स्पञ्ज आइरन आयातमा पुरानै भन्सार लागू गर्न उद्योगीको माग

११ असोज, बुटवल । रुपन्देहीका छड उद्योगीको एक समूहले स्पञ्ज आइरन आयातमा शून्य भन्सार दर कायम गरिएको प्रति आपत्ति जनाउदै पुरानै भन्सार दर लागू गर्न माग गरेको छ । प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको बजेटमा सीमित उद्योगीको स्वार्थपूर्ति र एकाधिकार लाद्न सहयोग पुग्ने गरी स्पञ्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्नु र एमएस विलेटको […]

जहाजभित्रै रूवाबासी चल्यो, हामीले त आश मारिसकेका थियौं

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ […]

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो : बाबुराम भट्टराई

११ असोज, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर […]



from समाचार – Online Khabar https://ift.tt/3CJhPKy
via IFTTT
Powered by Blogger.