Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

थप १,१५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, […]

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु

१३ असोज, धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी […]

उत्तरी गोरखामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

१३ असोज, गोरखा । उत्तरी गोरखामा चामल अभाव हुन नदिन हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुम्चेत र छेकम्पारमा चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ । ‘हिजो चुम्चेतमा करिव ३५ क्वीन्टल (१ सय १४ बोरा) चामल ढुवानी गर्‍यौं’ कार्यालयका सूचना अधिकारी शिव सुनारले भने, ‘आज छेकम्पारमा करिव […]

वृद्धभत्तामा अनियमितताको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ असोज, काठमाडौं । उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद […]

विदेशी मुद्रा सञ्चिती घटेपछि डलर सटहीमा कडाइ

१३ असोज, काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेपछि नेपाल राष्ट्र बैंकले सटहीमा कडाइ गरेको छ । विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएका कारण केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्न बुधबार बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले अधिकतम २ हजार डलरसम्म मात्र डलर सटही नगर्न भनेको हो । […]

दसैंका लागि यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

१३ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो। बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैंमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भएतापनि यसवर्ष खसी/बोका मात्र […]

दसैँ लक्षित बजार र साँगा नाकामा कडाइ गर्न आग्रह

१३ असोज, भक्तपुर । दसैँ नजिकिएसँगै कालोबजारी मौलाउँदा उपभोक्ता ठगिने गरेको भन्दै जिल्लाका नगर प्रमुख एवं विभिन्न पार्टीका प्रतिनिधिले बजार अनुगमनलाई कडाइ गर्न माग गरेका छन् । उनीहरुले उपभोक्तालाई ठगिबाट जोगाउन तथा कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनगर गर्दै उपत्यकमा बाहिर जाने र भित्रिने नाकामा कडाइ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आग्रह गरेका हुन् […]

५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

१३ असोज, काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा […]

एउटै कार्यक्रममा खाद्यको महानिर्देशक दाबी गर्दै राय र जोशी पुगेपछि…

१३ असोज, काठमाडौं । राष्ट्रिय सभामा पेश भएको खाद्य स्वच्छता ऐनबारे छलफल गर्न उद्योग वाणिज्य महासंघ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार संयुक्त कार्यक्रम राखे । उद्योग वाणिज्य महासंघको हलमा दिउँसो साढे दुई बजेदेखि शुरु भएको कार्याक्रममा व्यवसायीहरु जम्मा भए । केही बेरमा विभागको तर्फबाट प्रतिनिधित्व गर्दै महानिर्देशक उपेन्द्र राय कार्यक्रम स्थल पुगे […]

शान्ति समाजले १५ जना स्रष्टालाई सम्मान गर्ने

१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले यस वर्ष १५ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । समाजका सभापति गोविन्द खनालले बुधबार विज्ञप्ति जारी गर्दै स्रष्टा सम्मान अभियानअन्तर्गत यस वर्ष १५ जना स्रष्टालाई सम्मान गरिने जनाएका हुन् । समाजले २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान कवि श्रवण मुकारुङलाई प्रदान गर्ने भएको छ […]

सभामुख सापकोटाको मुद्दा फेरि ‘हेर्न नमिल्ने’मा

१३ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा  सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन । सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकाेटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो […]

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असोज, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको  छ । बुधबार दिउँसो आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेको छ । स्रोतका अनुसार प्रदेश २ सरकारले २०७६ सालमा सामुदयिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको कार्यक्रमका विषयमा अख्तियारले छानबिन गर्न […]

कम्युनिष्ट कन्हैया किन छिरे कांग्रेस ? बिर्सन नसकिने ६ विषय 

१३, असोज, काठमाडौं । केही समय अघिदेखिको चर्चा र हल्लालाई सत्य सावित गर्दै भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार मंगलबार कांग्रेस पार्टीमा प्रवेश गरे । कन्हैयाले सत्तामा रहेका केही मानिसले मुलुकको भविष्य बिगार्ने प्रयास गरिरहेका छन् भन्ने महसुस भएकोले यसलाई रोक्न कांग्रेस प्रवेश गरेको तर्क गरे […]

साथीको सहयोगमा परीक्षा दिँदा… (फोटो फिचर)

१३ असोज, काठमाडौं । काँडाघारीकी सविता थापा १२ कक्षाको परीक्षा दिएपछि हिजोआज फुर्सदमा छिन् । करेन्ट लागेर दुबै हातको हत्केला गुमाएकी उनले साथीको सहयोगमा परीक्षा दिइन् । परीक्षा दिने साथी राम्रो पाएकामा खुशी उनी राम्रो आउनेमा आशावादी छिन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान विषय पढेकी उनले विद्यालयले खोजिदिएको सहयोगी जीना तामाङको सहयोगमा दिइन् । […]

संखुवासभा सामूहिक हत्या : जब मृतकको मोबाइलमा नयाँ सिम सक्रिय भयो

१३ असोज, काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जना मारिएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । मानसिक समस्याको औषधि सेवन गरिरहेको दाबीसहित प्रहरीले मृतक तेजबहादुरले हेप्ने गरेका कारण घटना भएको बतायो । एक अनुसन्धान अधिकृतका अनुसार हत्या भएको भोलिपल्ट मृतकका सामानहरु रुजु गर्ने क्रममा मृतक रञ्जनाको दुईवटा मोबाइल […]

उपल्लो डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो

१३ असोज, जाजरकोट । उपल्लो डोल्पाका किसानले हिउँदेबाली उवा भित्र्याउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका किसानले उवा लगायतका हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्याधिक चिसोका कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको उवा अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले बताए । अन्य समयमा हिउँले […]

२१ वर्षीय युवक २१ दिनदेखि सम्पर्कविहीन

३ असोज,वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय युवक २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए । दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा […]

आरक्षणको अवधि तोक्नुपर्छ : भट्टराई, रिजल्ट ओरियण्टेड हुनुपर्छ : विश्वकर्मा

१२ असोज, काठमाडौं । आरक्षणसम्बन्धी व्यवस्थालाई लिएर सांसदहरुबीच सवालजवाफ हुन थालेको छ । आरक्षण कहिलेसम्म राख्ने हो सोही अनुसार समय तोक्नुपर्ने र समय तोक्न नहुने दुईथरी विचारमा सांसदहरु विभाजित छन् । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण (कोटा) दिने कि नदिने ? भन्ने विषयमा छलफल […]

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने

१३ असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका  हुन् । जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद […]

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

१३ असोज, काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो […]

गाउँमा पनि बढे मुटुरोगी

१३ असोज, चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा पनि बढेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल […]



from समाचार – Online Khabar https://ift.tt/3umRnDk
via IFTTT
Powered by Blogger.