समाचार
९ असोज, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका बनेको छ । गत आर्थिक बर्ष ०७७÷७८ मा गाउँपालिकाका ३३२ जनाको प्रसुति अस्पतालमा भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले बताए । जसमा २४२ जना गाउँपालिका भित्रैका बर्थिङ्ग सेन्टरमा […]
एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
९ असोज, महेन्द्रनगर । महेन्द्रनगर बजारबाट शनिबार प्रहरीले छ क्वीन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा ठूलो परिमाणमा घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो । प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा […]
९ भदौ, काठमाडौं । काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् । अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । ईपीएलको उद्घाटन खेलमा […]
९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो । सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक […]
९ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आजदेखि सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच सुरु भएको छ । काठमाडौंले टस जितेर बलिङ रोजेको छ । […]
श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने […]
९ असोज, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ […]
९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए । तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो […]
‘एउटा व्यापारीले इलामको इतिहास नै नामेट पारिसक्दासमेत कसैको कानमा बतास लागेन हौ,’ उद्योगी-व्यापारीकै नेता इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालु प्रायः पत्रकारसँग भेट्नेबित्तिकै गुनासोको पोको खोलिहाल्छन्, ‘इलाम र चिया पर्यायवाची थिए, चियाको इतिहास चैं चिया ठेकेदारले नै सखाप पार्ने भए ।’ जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि […]
९ असोज, काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको […]
९ असोज, म्याग्दी । कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका-६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए । उनी हाल इलेक्ट्रिकल इञ्जिनियरिङ पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन् । “आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न यहाँ आएको हुँ”, बरुवाल भन्छन् , […]
एउटै भूगोल, एकै प्रकृति हुँदैगर्दा पनि सिमानाले मेरो अनुभूतिलाई कसरी फरक पार्यो ? बाफको रचना गर्भ यही हो । त्यसबेलामा म यात्रामा निस्केको थिएँ । पाइलाभर उता भारत र यता नेपालको जमिन थियो । तर, यसै हेर्दा निकै परसम्म फैलिएको भुटानसम्मको डाँडा, अनि यता नेपालतिरको डाँडा अनि आकाश कतै पनि छुट्टएिको थिएन । हुस्सु आफ्नै […]
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । सङ्घीय […]
९ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आज शनिबारदेखि सुरु हुँदैछ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गर्न लागिएको हो । प्रतियोगिताका लागि सबै तयारी पूरा भैसकेको आयोजकले जनाएको छ । पिच, मैदानको आउटफिल्डदेखि बाउन्ड्री बाहिर डिजिटल बोर्डलगायत आकर्षक बनाइएको छ […]
दश वर्षमा तेस्रो महाकाव्य ‘अग्नि’ प्रकाशित गर्दै नवराज लम्साल काव्यको अग्नि-परीक्षामा पुनः होमिएका छन् । यसबीच ‘नेपाली लोकगीतमा रसविधान’ विषयमा विद्यावारिधि गर्दै (डा.) नवराज लम्साल भइसकेका छन् । एउटा बालगीतसंग्रह र कविताकृति पनि यही दशकमा प्रकाशित गरे उनले । सँगै बिहान दश बजे हाजिर हुनुपर्ने रेडियो नेपालको जागिर गर्न भ्याएकै छन् । पहिला बिबिसी नेपाली […]
९ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिए । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् । प्रत्यारोपणमा सघाउन यसपटक भारतको फोर्टिस अस्पतालका डाक्टर विजय […]
बार्सिलोना । एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी प्रदर्शन गरिएको छ। ‘फुटबल फर पिस एक्जिब्युसन’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी पनि प्रदर्शनीमा राखिएको हो। ला लिगा र एकेडमी अफ डिप्लोमेसीको संयुक्त पहलमा आयोजित कार्यक्रममा ८० भन्दा बढी दूतावासहरुले भाग लिएका थिए। दूतावासहरुले आ-आफ्नो देशको फुटबल टिमको जर्सी प्रदर्शन गर्दै […]
८ असोज, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतीका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ । जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतीका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् । नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः […]
८ असोज, काठमाडौं । शुक्रबार शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले अन्तर पार्टी निर्देशिका (अपानि)–१२ पनि छलफलको एजेण्डा बनाउन माग गरे । १३ भदौमा जारी उक्त अपानिमा १० बुँदे सहमति कार्यान्वयन गर्ने ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटीको निर्णय समावेश छ । उपाध्यक्ष रावललाई केन्द्रीय सदस्यहरू झपड रावल […]
८ असोज, काठमाडौं । सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि बजारमा स्यानिटरी प्याडको मूल्य बढ्यो । खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको भन्दै मूल्य बढाएपछि सामाजिक सञ्जालमा बहस छेडियो । केही दिनदेखि मर्यादित महीनावारीका अभियन्ताहरु सडकमा छन् र उनीहरु सरकारलाई प्याडलाई कर मुक्ति गर्न माग गरिरहेका छन् । बिहीबार ‘रातो कर माफ गर’ भन्दै अभियन्ताले […]
from समाचार – Online Khabar https://ift.tt/3ACiYTs
via IFTTT






















