Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

न्याय माग्दै नेपालगञ्जदेखि काठमाडौं हिँडेको टोली बुटवलमा, मुख्यमन्त्री कार्यलयमा धर्ना

१० असोज, बुटवल । गत १ गतेदेखि न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेको टोली बुटवल पुगी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय अगाडि धर्ना दिन शुरु गरेका छन् । पीडित र अधिकारकर्मीहरुको टोलीले बाँकेमा भएका दुई वटा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका हुन् । गत साउन ६ […]

विद्यार्थी बिरामी पर्न थालेपछि पर्वतका दुई विद्यालय बन्द

१० असोज, पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका-११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले […]

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

१० असोज, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ […]

गुल्मीमा आधुनिक पुस्तकालय भवन बन्यो 

१० असोज, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ । पुरानो किरण पुस्ताकालयको नयाँ र प्रविधिमैत्री सुविधासम्पन्न पुस्ताकालय भवन बनेको हो । तम्घासमा २०२५ सालमा स्थानीयका घरबाट श्रुति, स्मृति, पुराण, कर्मकाण्डका केही पुस्तक संकलन गरी उक्त पुस्तकालयको शुभारम्भ गरिएको थियो । जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको पुस्तकालयलाई आधुनिक कम्प्युटर राखेर […]

संसदीय समितिले भन्यो : चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसीप गराऊ

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई इन्टर्नसीप गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई इन्टर्नसीपका लागि चीन पठाउन कुटनीतिक पहल गर्न वा नेपालमै इन्टर्नसीप गराउन निर्देशन दिएको हो । चीनमा सन् एमबीबीएस अध्ययन गरेका […]

पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

१० असोज, सप्तरी ।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा

१० असोज, काठमाडौं । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए । विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको भन्दै उनले आफू अध्यक्ष भए गरिमा बढाउने बताए । उनले अघि […]

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

१० असोज, मनाङ । लामो समयदेखि कोभिड-१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिराले पदमार्गमा क्षति पुर्‍याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पुर्‍याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले […]

संसदीय समितिले सरकारलाई सोध्यो : मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ?

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले  पोखराको मणिपाल अस्पताल बिक्री भएको हो कि होइन ? भनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सोधेको छ । आइतबार बसेको समिति बैठकले उक्त अस्पताल बेचबिखन भएको समाचार आइरहेको भन्दै त्यसबारे जानकारी गराउन निर्देशन दिएको हो । शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘ […]

बगरबाट घर खोतलेर बस्न थाले मेलम्चीवासी

१० असोज, मेलम्ची । गएको असारमा भारी वर्षापछि मेलम्ची खोला गेग्य्रान बोकेर उर्लंदा तहसनहस भएको मेलम्ची र हेलम्बु क्षेत्रका बासिन्दाले पुरिएका गेगर खोतलेर आफ्ना बास खोजेका छन् । पुरिए पनि कतिपय सग्लै रहेका ती पुरानै थातथलो उनीहरु फर्कन थालेका छन् । अहिले नै बस्न मिल्ने अवस्था नरहेको विज्ञको रायका बाबजुद बाढी प्रभावितले आफ्नै प्रयासमा बगर […]

बेलायतमा इन्धन संकट चर्किँदै, पेट्रोलपम्पमै कुटाकुट

१० असोज, काठमाडौं । केही दिनदेखि बेलायतभर पेट्रोल र डिजेल आपूर्तिमा संकट देखिएको छ । चालकको अभावले गर्दा पेट्रोल आपूर्तिमा संकट देखिन थालेको हो । क्रिसमस आउन केही महिना मात्रै बाँकी रहेको बेला इन्धन संकट देखिन थालेपछि पेट्रोल पम्ममा उपभोक्ताहरूको भीड लाग्न थालेको छ । अप्रत्यासित भीडभाड हुन थालेसँगै संकट व्यवस्थापनका लागि बेलायत सरकारले प्रयास […]

ईपीएलमा चितवनले विराटनगरलाई हरायो

१० असोज, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान […]

श्रोत नखुलेको रकमसहित रौतहटबाट दुईजना पक्राउ

१० असोज, रौतहट। प्रहरीले श्रोत नखुलेको नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका-३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् । ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट भारततर्फ जाँदै […]

कमला भसिन : जसले महिला सशक्तीकरणको आन्दोलनलाई उचाइ दिइन्

१० असोज, काठमाडौं । दक्षिण एसियामा आफ्नो नारा, गीत र अकाट्य तर्कको माध्यमबाट नारीवादी आन्दोलनलाई सशक्त बनाउन सहयोग पुर्‍याउने लेखिका तथा नारीवादी आन्दोलनकारी कमला भसिनको शनिबार दिल्लीमा निधन भएको छ। समग्र जीवन आफ्नो शर्त र मानकको आधारमा बिताएकी ७६ वर्षीया भसिन जीवनको अन्तिम समयमा क्यान्सरसँग लडिरहेकी थिइन् । कमला भसिनको निकट रहेकी नारीवादी कार्यकर्ता कविता […]

पर्यटन दिवसमा सहभागी हुन राजदूतसहित २६ सदस्यीय टोली पोखरामा

१० भदौ, पोखरा । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने सरकारले निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साही छन् । सोमबार ४१ औं विश्व पर्यटन दिवस मनाइँदै छ […]

सत्ता गठबन्धनको बैठक : अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह

१० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी […]

गोरखाका ११ स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

९ असोज, गोरखा । गोरखाको ११ वटै स्थनीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको पालिका अधिवेशनले ६ स्थानीय तहमा सर्वसम्मत र ५ वटामा निर्वाचनबाट नेतृत्व चयन गरेको हो । चुमनुव्री, धार्चे, आरुघाट, अजिरकोट, शहीद लखन र गण्डकी गाउँपालिकामा निर्विरोध नेतृत्व चयन भएको छ । चुमनुव्री […]

एमाले स्थायी कमिटी बैठक जारी

१० असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान […]

वडा कार्यालयको शौचालयमा शव

१० असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुनसकेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका […]

कमजोर अनुसन्धानले अपहरणका आरोपीले पाए सफाइ

१० असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १५ पुसमा सर्लाहीका कुमार बुढाथोकी उर्फ सोले कुमारलाई पक्राउ गर्‍यो । श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक महत्वपूर्ण सदस्यलाई पक्राउ गर्नुलाई सीआईबीले सफलताका रुपमा देखाएको थियो । तर भारतको दार्जिलिङबाट पक्राउ परेका तिनै आरोपी बुढाथोकीले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । ५ […]

अफ्रिदीले गरे माउन्टेन फ्लाइट

१० असोज, काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो । सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । […]



from समाचार – Online Khabar https://ift.tt/3CHuptE
via IFTTT
Powered by Blogger.