समाचार
काठमाडौं । अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए र लुक डे जोङले पनि एक/एक गोल गरे । चोटका कारण लामो समयसम्म मान बाहिर रहेका युवा स्टार फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका […]
बार्सिलोना । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्। सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको […]
१० असोज, काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लाको नेपाल-चीन सीमामा समस्या रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । साथै संयुक्त निरीक्षण समूह वा विज्ञ समूहमार्फत समाधान खोज्न पनि बुझाएको छ । सरकारले १६ भदौमा नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्लासम्मको सीमा क्षेत्रबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो । समितिले स्थलगत […]
१० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक विवादास्पद फैसला गरी अपहरण तथा शरीर बन्धक गराएको मुद्दामा आरोपितलाई निर्दोष ठहर गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै आरोप पुष्टि नहुने ठहर गरेको हो । गत माघमा न्यायाधीश निरौलाले नै आफू दुर्गाबहादुर नभएको जिकिर […]
१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति […]
गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का […]
१० असोज, काठमाडौं । सरकारले संविधान दिवसको दिन दिएको पदकको सूची हेरेपछि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले भन्ने गरेका छन्, ‘सरकारले पदकको नाकमा कालो पोतेको छ । बोल्न सक्ने भए उफ्रिन्थे, नारा लगाउँथे ।’ प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष ओलीले पदक वितरणमा लगातार प्रश्न उठाइरहेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
१० असोज, काठमाडौं । मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर्थिकको रिक्वेस्ट धिरजले एसेप्ट गरेपछि हुन थालेको कुराकानीसँगै सम्बन्ध गहिरो हुँदै गयो । गत भदौमा काठमाडौंमा भएको पहिलो प्रत्यक्ष भेटमै […]
१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो । भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले […]
१० असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी […]
१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता […]
१० असोज, काठमाडौं । ग्वार्कोस्थित ग्लोबल अस्पतालले ९५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । अस्पतालले दशैं तिहारलाई लक्षित गरी सरकारले तोकेभन्दा कम शुल्कमा पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्ने घोषणा गरेको हो । सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई २ हजार रुपैयाँ र सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ शुल्क तोकेको छ । अस्पतालका मेडिकल […]
१० असोज, पोखरा । डा. थोमस प्रिन्ज गत भदौ तेस्रो साता मात्र नेपालका लागि जर्मन राजदूत नियुक्त भएका हुन् । राजदूत भएर आए पनि उनले नेपाल घुम्न पाएका थिएनन् । नेपालमा कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अन्त्य भएर जनजीवन सहज भएसँगै उनी कतै घुम्न निस्कने योजनामा थिए । उनले चाहेझैं पराराष्ट्र मन्त्रालयमार्फत गण्डकी […]
कांग्रेस नेता मीन विश्वकर्मा महाधिवेशनमा गच्छदार समूह निर्णायक हुने बताउँछन् । ‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ उनी भन्छन, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’
१० असोज, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो […]
१० असोज, विराटनगर । जिल्ला अदालत मोरङले सुन्दरहरैँचास्थित विराट चोकमा सुनपसल लुटपाट प्रयासको आरोपमा पक्राउ परेका सातमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्, तीन जना छुटेका छन् । आइतबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेक बहसपछि चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । दुई जनालाई भने […]
१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]
१० असोज, काठमाडौं । बैना रकम फिर्ताको मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ […]
१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]
१० असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १५ पुसमा सर्लाहीका कुमार बुढाथोकी उर्फ सोले कुमारलाई पक्राउ गर्यो । श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक महत्वपूर्ण सदस्यलाई पक्राउ गर्नुलाई सीआईबीले सफलताका रुपमा देखाएको थियो । तर भारतको दार्जिलिङबाट पक्राउ परेका तिनै आरोपी बुढाथोकीले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । ५ […]
१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]
from समाचार – Online Khabar https://ift.tt/3EUCnla
via IFTTT