Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]

याक एण्ड यती होटलमा कतारी नागरिकको शव भेटियो

१३ असोज, काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ । होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ । मृतक कतारी नागरिक भएको प्रहरीले बताएको छ । चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म […]

बर्खामा पोखरा एअरपोर्टभरि बाढीको पानी

१३ असोज, पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको केही होचो भागमा छ । पोखरा शहरको धेरैजसो क्षेत्रको वर्षाको पानीको निकास यही विमानस्थल क्षेत्रमै जान्छ । पोखरा महानगरपालिका–१४ चाउथेमा बनिरहेको उक्त विमानस्थल होचो भागमा भएकै कारण त्यहाँ पोखराका फुलबारी, शितलादेवी, कुँडहर क्षेत्रको पानी जम्मा हुने गर्छ । तर, ती पानीको निकासको उचित व्यवस्थापन नहुँदा […]

माधव नेपाल त्रिवि शिक्षण अस्पतालमा भर्ना

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ । ‘उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग […]

मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवक पुनः पक्राउ

१३ असोज, वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ […]

चितुवाको छालासहित गुल्मीबाट २ जना पक्राउ

१३ असोज, गुल्मी । चितुवाको छालासहित प्रहरीले गुल्मीमा २ जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका–२ भेडुवाका २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए । छत्रकोट–३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । चितुवाको छालाको […]

प्रधानन्यायाधीशले भने : त्यो मुद्दा संवैधानिक इजलासमा लैजान कठिन छ

१३ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाट निरुपण गर्न कठिनाइ भएको बताएका छन् । संवैधानिक कानून व्यवसायी मञ्चका नवनियुक्त पदाधिकारीसँगको भेटमा उनले हाल संयुक्त इजलासमा विचाराधीन रहेको अधिवक्ता गणेश रेग्मीले दिएको रिट संवैधानिक इजलासमा पठाउन कठिन भएको बताएका हुन् । यो मुद्दामा यसअघि […]

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल […]

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले […]

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयको शिक्षक अभाव

१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० […]

युवतीले नक्कली परिचयपत्र बोकेको भेटिएपछि नगरपालिकाले थाल्यो छानबिन

१३ असोज, धनगढी । कञ्चनपुरमा एक युवतीले भीमदत्त नगरपालिकाको छाप र दस्तखतको दुरुपयोग गरेर सामाजिक परिचालिकाको नक्कली परिचयपत्र भिरेको पाइएपछि नगरपालिकाले छानबिन शुरु गरेको छ । भीमदत्त नगरपालिकाकै बासिन्दा रहेकी गायत्री भट्टले आफू सामाजिक परिचालिका भएको भन्दै सरकारी छाप र दस्तखत किर्ते गरेर बनाइएको परिचयपत्र बोकेर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको पाइएपछि आवश्यक अनुसन्धान थालिएको […]

कोरोना बिमा भुक्तानीको विषयमा विकल्प खोज्न बिमा समितिलाई अर्थमन्त्रीको निर्देशन

१३ असोज, काठमाडौं । कोरोना बिमा भुक्तानीमा देखिएको समस्याको समाधान खोज्न बिमा समितिलाई अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई मन्त्रालय बोलाएर कोरोना बिमा भुक्तानी के-कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनेका छन् । कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्ने तत्कालीन एमाले अध्यक्ष केपी […]

विजुली काट्न गएका कर्मचारी होटल सञ्चालकबाट कुटिए

१३ असोज, विराटनगर। विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् । बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ । होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन । महशुल नबुझाएपछि लाइन काट्न […]

पार्टी संगठनलाई व्यवस्थित बनाउने विषयमा माओवादी केन्द्रमा छलफल शुरु

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संगठनलाई व्यवस्थित बनाउने सम्बन्धमा छलफल थालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजना पेश गरेको छ । ती योजनाहरुलाई स्थायी कमिटी बैठकले स्वीकार गरेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए […]

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]

काभ्रेका ६ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

१३ असोज, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका काभ्रेका ६ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेका ६ वटा विद्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । पुनर्निर्मित विद्यालय भवनहरुको बुधबार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य […]

मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु

१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि […]

२४ दिनसम्म उठाइएन सीताको शव, मुद्दा कमजोर पार्न खोजेको आरोप

१३ असोज, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलको मृत्यु भएको २४ दिन बितिसक्दा पनि उनको शव उठाइएको छैन । गत भदौ २० बिहान सीता आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । माइती पक्षले परिवारका सदस्यको योजनामा हत्या भएको दावी गरेको छ । तर पोष्टमार्टम रिपोर्टमा भने आत्महत्या देखिएको छ । […]

दशैंका बेला निजी सवारी किन्नेको चाप, माग धान्न सकस

१३ असोज, काठमाडौं । यतिबेला काठमाडौंका गाडी तथा मोटरसाइकल शोरुमहरुमा नियमितभन्दा बढी चहलपहल छ । दशैंमा नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी चढ्न चाहनेहरु विभिन्न शोरुममा पुगिरहेका छन् । ग्राहकलाई गाडी छान्ने र बिक्रेताहरुलाई डेलिभरी दिने चटारो छ । कोभिड–१९ महामारी रोक्न गत वैशाखदेखि असारसम्म गरिएको निषेधाज्ञामा बन्द भएको अटोबजार त्यसपछि चलायमान छ । दशैं नजिकिएपछि […]

थारू महिलाले काठमाडौं उपत्यकामा मनाए जितिया पर्व

१३ असोज, काठमाडौं । तराइका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा जितिया पर्व मनाएका छन् । आफ्नो परिवारका सदस्यको सुस्वास्थ्यको कामना गर्दै व्रत बसेका थारु समुदायका महिलाहरुले काठमाडौं उपत्यकामा पनि जितिया पर्व मनाएका हुन् । थारु महिला समाज नेपालले ललितपुरको टीकाथलीस्थित मोटेश्‍वर सामुदायिक भवनमा राष्ट्रिय जितिया महोत्सवको आयोजना गरेको थियो । यस्तै थारु महिला समाजले […]



from समाचार – Online Khabar https://ift.tt/3ihePwY
via IFTTT
Powered by Blogger.