Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

काठमाडौं । लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे । घरेलु मैदान पार्क […]

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

१३ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने […]

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

१३ गते, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने । प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् । जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना […]

कर्णालीमा कांग्रेस अधिवेशन : ६२ पालिकाको नेतृत्व चयन, पौडेल पक्ष हाबी

१३ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक […]

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले […]

कपनबाट हराएका बालक भारतमा सकुशल भेटिए

१२ असोज, काठमाडौं । कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई […]

संसद चलिरहेको छैन, निर्वाचन आवश्यक छ : ओली

१२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले तत्काल आम निर्वाचनमा जानुपर्नेमा जोड दिएको छ । शेरबहादुर देउवा सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमहरुमाथि पनि सरकारले संविधान मिचिँदा पनि मौन बसेको आरोप लगाए । २९ असारमा सरकार छाडेका ओलीले पहिलो पटक मंगलबार सम्पादक तथा पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । प्रचार […]

जसपाको बैठकस्थलमा उपेन्द्र यादव र मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी

१२ असोज, जनकपुरधाम । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै नाराबाजी गरेका छन् । जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा चलिरहेको छ । शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका […]

कांग्रेस महाधिवेशन : लुम्बिनीका पालिकामा पौडेल पक्षको वर्चश्व

१२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा सम्पन्न गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । मंगलबारसम्म प्रदेशका १०९ मध्ये ९ जिल्लाका ७७ स्थानीय तहमा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा दोब्बर बढी संख्यामा निर्वाचित भएका छन् । प्रदेशका १२ […]

मेलम्ची आयोजना बनाउन सोझै ठेक्का लगाउने तयारी

१२ असोज, काठमाडौं । बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने पक्का भएको छ । बाढीग्रस्त आयोजनालाई […]

एमालेमा १० बुँदे कार्यान्वयन गर्न मापदण्ड तय

१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो । आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय […]

गर्भपतनलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन सुझाव

१२ असोज, वीरगञ्ज । गर्भपतनलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन सरोकारवालाहरुले सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले असुरक्षित गर्भपतनले महिला ज्यान जाने खतरा हुने बताए । सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशक डा. सुष्मा द्विवेदीले गर्भपतनका क्रममा आफूले भोगेको तीतो अनुभव सुनाइन् । शिक्षित परिवारमा जन्मिएकी उनले सामाजिक परिवेशका […]

सफाइ पाएपछि प्रमाण खोज्दै प्रहरी, आरोपी भारततिर

१२ असोज, काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले अदालतबाट सफाइ पाएपछि काठमाडौं प्रहरी परिसर, टेकुले बल्ल प्रमाण जुटाउन थालेको छ । अपहरण तथा शरीर बन्धक कसुरका आरोपी दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई प्रहरीले भारतबाट पक्राउ गरेको थियो । तर अदालतबाट सफाइ पाए । काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद […]

‘एमाले कम्युनिष्ट पार्टी रहेन, आउने चुनावमा हामी दोस्रो ठूलो दल बन्छौं’

१२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई प्रदेश १ का मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । प्रदेश संसदीय दलका नेता रहेका उनी दशैं अगाडि नै मुख्यमन्त्री बन्ने बताउँछन् । मुख्यमन्त्रीका रूपमा आफ्नो अगाडि थुप्रै चुनौती देख्ने राई, आउने चुनावपछि भने सहज वातावरण बन्नेमा विश्वस्त छन् । आगामी निर्वाचनमा नेपाली कांग्रेससहितको लोकतान्त्रिक–वाम गठबन्धन […]

राष्ट्रसंघ महासभामा नेपालले उठाएका १० सवाल

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र दुईपक्षीय एजेण्डा र विषयमा नेपालको धारणा राखेका छन् । यस अगाडिको तुलनामा केही अन्तर्राष्ट्रिय एजेण्डामा नेपालले आफ्नो पोजिसन स्पष्ट पारेको छ । महासभामा नेपालले उठाएका विषयलाई बुँदागत रुपमा विश्लेषण गरिएको छ । […]

निजी क्षेत्रको गुनासो सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकास हुँदैन : कल्याणी खड्का

१२ असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले निजी क्षेत्रको गुनासो सम्बोधन गरेर सूचना प्रविधिको थप विकासमा लाग्न सरकारसँग आग्रह गरेकी छन् । निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्ने उनको भनाइ छ । मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति खड्काले भनिन्, […]

रेसुङ्गा-मदाने वन क्षेत्रका चराको विषय समेटिएको पुस्तक सार्वजनिक

१२ असोज, गुल्मी । गुल्मीमा पाइने चराहरुको विषय समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको विषय समेटिएको पुस्तक मंगलबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो । जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण […]

मानसिक स्वास्थ्य कमजोर रहेकी गर्भवतीको उद्धार

१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए । सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा […]

चीनमा एमबीबीएस पढेका २०१५ को ब्याचले नेपालमै इन्टर्नसिप गर्न पाउने

१२ असोज, काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका […]

कपनबाट चार वर्षीय बालक सम्पर्कविहीन

१२ असोज, काठमाडौं । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए । उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका […]



from समाचार – Online Khabar https://ift.tt/3zPXjGf
via IFTTT
Powered by Blogger.