समाचार
१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता […]
१० असोज, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ […]
१० असोज, काठमाडौं । ग्वार्कोस्थित ग्लोबल अस्पतालले ९५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । अस्पतालले दशैं तिहारलाई लक्षित गरी सरकारले तोकेभन्दा कम शुल्कमा पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्ने घोषणा गरेको हो । सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई २ हजार रुपैयाँ र सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ शुल्क तोकेको छ । अस्पतालका मेडिकल […]
१० असोज, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो […]
१० असोज, विराटनगर । जिल्ला अदालत मोरङले सुन्दरहरैँचास्थित विराट चोकमा सुनपसल लुटपाट प्रयासको आरोपमा पक्राउ परेका सातमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्, तीन जना छुटेका छन् । आइतबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेक बहसपछि चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । दुई जनालाई भने […]
१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]
१० असोज, काठमाडौं । बैना रकम फिर्ताको मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ […]
१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]
१० असोज, जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् । जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना.७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी […]
१० असोज, कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पनासिंह मल्लको आइतबार बिहान मृत्यु भएपछि उनीहरुले अस्पताल घेराउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तको आरोप […]
१० असोज, पोखरा । डा. थोमस प्रिन्ज गत भदौ तेस्रो साता मात्र नेपालका लागि जर्मन राजदूत नियुक्त भएका हुन् । राजदूत भएर आए पनि उनले नेपाल घुम्न पाएका थिएनन् । नेपालमा कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अन्त्य भएर जनजीवन सहज भएसँगै उनी कतै घुम्न निस्कने योजनामा थिए । उनले चाहेझैं पराराष्ट्र मन्त्रालयमार्फत गण्डकी […]
१० असोज, विराटनगर। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दुवैजना अभिषेक चौधरी हत्यामा संलग्नता […]
१० असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ । यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत […]
१० असोज, विराटनगर । इँटा व्यवसायी कलामसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार भएको छ । आइतबार दिउँसो पौने १ बजे ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट घाइते भएका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ […]
१० असोज, काठमाडौं । चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई पक्राउ गरेको छ । भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो । साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको […]
१० असोज, काठमाडौं। महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् । उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्वर बस्ने आशिष काफ्लेलाई क्यानडामा फुड […]
१० असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ । महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदालाई केन्द्रीय कमिटी बैठकले आइतबार पास गरेको छ ।
१० असोज, काठमाडौं । जर्मनीमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनपछि जर्मन चान्सलर एन्जेला मर्र्केलको कार्यकाल सकिनेछ । मर्केलले पटक पटक गरी १६ वर्ष चान्सलर पद सम्हालेपछि पद छाड्न लागेकी हुन् । उनी विदा भए पनि उनका नीतिहरु कार्यान्वयन गर्न उनैको पार्टीलाई जिताउने वा विपक्षी पार्टीलाई सरकार बनाउने मौका दिने भन्ने निर्णय अब जर्मन […]
१० असोज, काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् । साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर […]
१० असोज, काठमाडौं । आन्तरिक पर्यटकीय गतिविधि बढाउन सरकारी कर्मचारीलाई दिइने भनिएको पर्यटन काज बिदा छिटो कार्यान्वयनमा ल्याउन होटल व्यवसायीले माग गरेका छन् । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा होटेल संघ नेपाल (हान)मा आवद्ध व्यवसायीहरुले यस्तो अनुरोध गरेका हुन् । हानद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको […]
१० असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई […]
from समाचार – Online Khabar https://ift.tt/3uc57Rx
via IFTTT