समाचार
१४ असोज,बुटवल । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी गौडेलको हत्या भएको थियो […]
१४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, नेपालका लागि […]
१४ असोज,बुटवल । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लामा भएको गाउँ/नगर अधिवेशनमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व देखिएको छ । जिल्लाका १० पालिकामध्ये ९ वटा पालिकामा सम्पन्न अधिवेशनमा पौडेल पक्षका ७ जना र शेरबहादुर देउवा पक्षका २ जना सभापति निर्वाचित भएका हुन् । कपिलबस्तुको सदरमुकाम कपिलबस्तु नगरपालिकाको सभापतिमा पौडेल पक्षका खुर्सेद अहमद […]
१४ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
१४ असोज, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए । भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो […]
१४ असोज, काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ […]
१४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न […]
१४ असोज, काठमाडौं । भोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी […]
१४ असोज, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको भूमिकामाथि समीक्षा गर्ने भएको छ । संघीयता लागू भइसकेको अवस्थामा गृह प्रशासन, जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे गृहले समीक्षा गर्न लागेको हो । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै संघीयतामा प्रशासनको भूमिकाबारे प्रश्नावली पठाएको छ । मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले […]
पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन् । सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।
१४ असोज, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर ठूला लगानीकर्ताहरुको सिण्डिकेट हुने गरी आवेदन लिइएको छ । कम्पनीले सामान्य नागरिकको पहुँच नै नहुने गरी शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्न लागेको हो । कम्पनीले साउन ५ देखि भदौ ५ गतेसम्म शतप्रतिशत हकप्रद खुला गरेको थियो । शेयरधनीहरुले हकप्रदमा रुचि नदेखाएपछि संस्थापक […]
१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा । सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् […]
१४ असोज, जाजरकोट। डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । ‘माथि ठूलाठूला […]
१४ असोज, काठमाडौं । कोरोना संक्रमको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? ललितपुरका प्रमुख जिल्ला अधिकारी […]
१४ असोज, काठमाडौं । पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा […]
१४ असोज, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बुवाको नागरिकता नभए वडा कार्यालयमार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको […]
१४ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि राजेश पुलामीले […]
१४ असोज, काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए । तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट […]
१४ असोज, रोल्पा । विद्यार्थी र शिक्षकलाई भाइरल ज्वरो आएपछि रोल्पाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द गरिएको प्रधानाध्यापक धनबहादुर पुनले बताए । विद्यालयमा अध्ययनरत ६० प्रतिशतभन्दा बढी विद्यार्थी र शिक्षक एक्कासी बिरामी परेपछि विद्यालय खुलेको केही दिनमै बन्द गर्नुपरेको पुनको भनाइ छ […]
१४ असोज, काठमाडौं ।आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्यक्षज्यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको […]
१४ असोज, काठमाडौं । अफगानिस्तानमा यसअघिको सरकारको पालामा न्यायाधीश रहेका २२० भन्दा धेरै अफगान महिला न्यायाधीश अहिले तालिबानको डरको कारण लुकेर बसेका छन् । तालिबानले सजाय दिन सक्ने आशंकाले उनीहरु अहिले लुकेर बसेका हुन् । बीबीसीले अफगानिस्तानमा लुकेर बसेका ६ महिला न्यायाधीशसँग कुराकानी गरेको छ । सुरक्षाको कारण यहाँ उनीहरु सबैको नाम परिवर्तन गरिएको छ […]
from समाचार – Online Khabar https://ift.tt/3olWoLq
via IFTTT