Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

११ असोज, काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा (एमाले)को विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए । तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण […]

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण  

११ असोज, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार […]

बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन, काठमाडौं फर्कियो

११ असोज, काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ । काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । जहाज आकस्मिक […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेता गणेश साहले जानकारी दिए । माओवादी केन्द्रका अर्का एक नेताले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको […]

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

पसलमा आगलागी हुँदा २ लाख ४० हजारको क्षति

११ असोज, वीरगञ्ज । बारामा आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । महागढीमाई नगरपलिका-१ बरियारपुर बजारमा आगलागी भएको हो । सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता […]

संविधानसभाका सदस्य राजवंशी एमाले प्रवेश

११ असोज, काठमाडौं । तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे । राजवंशीलाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो […]

नायकतन्त्रजस्तै लोकतन्त्र पनि गलत छ

राजनीति यस्तो क्षेत्र हो, जहाँ ‘तीता’ र ‘मीठा’, दुवैखाले कुरा गर्नु जरूरी हुन्छ । तर राजनीतिकर्मीहरू प्रायः ‘मीठा’ कुरा मात्र गर्दछन् । अहंकार वा शक्तिको लालसाले ग्रस्त राजनीतिकर्मीका लागि यो ‘बाध्यता’ पनि हो । किनकि ‘तीता’ कुरा गर्दा लोकपि्रयता गुम्ने खतरा हुन्छ । ‘मीठा’ कुरा गर्दा जनताको सस्तो हाईहाई पाइन्छ । भोट जितिन्छ । राजनीतिक […]

अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?

११ असोज, काठमाडौं । दशैं मनाउन घर फर्किन चाहनेहरुका लागि आजबाट लामो तथा मझौला दुरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङको क्रममा यात्रुहरुलाई ठग्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने समूह पनि सक्रिय हुन्छ । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकिदिएको भाडा कति हो भनेर जानिराख्नु राम्रो हुन्छ । १४ स्थानमा […]

हिन्दुत्वविरोधी काउन्टर न्यारेटिभ : पाकिस्तानमा ‘गजवा ए हिन्द’ को आवाज किन उठ्दैछ ?

११ असोज, काठमाडौं । यही अगस्ट १५ मा तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरे । २० वर्षदेखि अमेरिकी नेतृत्वको नेटो फौजसँग लडिरहेका तालिबान विद्रोहीले अचानक काबुल कब्जा गरेपछि संसारभर तरङ्ग मच्चियो । उक्त तरङ्गबाट दक्षिण एसिया अछुतो रहने कुरै भएन । तालिबानको पुनर्योदयलाई कतिपयले भारतको हार र पाकिस्तानको जीतको रुपमा व्याख्या गरेका छन् । यसखाले […]

आजदेखि लामो दूरीको बसको अग्रिम टिकट बुकिङ खुला

११ असोज, काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक […]

फातीको कमब्याकमा गोल, बार्सिलोनाको सहज जित

काठमाडौं । अंशु फातीले पुनरागमन गर्दै गोल गर्दा बार्सिलोनाले स्पानपिस ला लिगामा आइतबार लेभान्टेलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा नोउ क्याम्पमा बार्सिलोनाका लागि डच खेलाडीद्वय मेम्फिस डिपाए र लुक डे जोङले पनि एक/एक गोल गरे । चोटका कारण लामो समयसम्म मान बाहिर रहेका युवा स्टार फातीले ११ महिनापछि पुनरागमन गर्दै गोल गरेका […]

एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट

बार्सिलोना । एनआरएनए पोर्चुगलमा दुई समूहबीच कुटाकुट भएको छ । शनिबार लिस्वनको अलमेदा पार्कमा भेला भएका युवाहरूबीच कुटाकुट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कुटपिटका क्रममा दुई नेपाली घाइते भएका छन्। सामाजिक संजालमा लिस्वनको पार्कमा नेपालीहरूबीच मुक्का हानाहान गरेको भिडियो समेत बाहिरिएको छ। एनआरएनए पोर्चुगलमा एउटा समूहले चुनाव जितेर आएको भन्दै आधाकारिक भएको दाबी गर्दै आएको […]

अध्ययन समितिको प्रतिवेदन : हुम्लामा नेपाल-चीन सीमामा समस्या छ

१० असोज, काठमाडौं । सरकारी अध्ययन टोलीले हुम्लाको नेपाल-चीन सीमामा समस्या रहेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएको छ । साथै संयुक्त निरीक्षण समूह वा विज्ञ समूहमार्फत समाधान खोज्न पनि बुझाएको छ । सरकारले १६ भदौमा नाम्खा गाउँपालिकाको लिमी लाप्सादेखि हिल्लासम्मको सीमा क्षेत्रबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो । समितिले स्थलगत […]

न्यायाधीशको दोहोरो मापदण्ड : उनी दुर्गाबहादुर हुन्, उनी दुर्गाबहादुर होइनन्

१० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक विवादास्पद फैसला गरी अपहरण तथा शरीर बन्धक गराएको मुद्दामा आरोपितलाई निर्दोष ठहर गरेको छ । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै आरोप पुष्टि नहुने ठहर गरेको हो । गत माघमा न्यायाधीश निरौलाले नै आफू दुर्गाबहादुर नभएको जिकिर […]

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरलाई भेटेका हुन् । भेटको तस्वीर ट्वीट गर्दै भारतीय विदेशमन्त्री जयशंकरले आफूहरुबीच दुई देशको सम्बन्धलाई अगाडि लैजाने काम गर्ने सहमति […]

एमालेभित्रका कमरेड ‘बुखारिन’ हरूको नाममा

गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का […]

पदकमा गृहमन्त्री खाँणको भोट राजनीति

१० असोज, काठमाडौं । सरकारले संविधान दिवसको दिन दिएको पदकको सूची हेरेपछि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले भन्ने गरेका छन्, ‘सरकारले पदकको नाकमा कालो पोतेको छ । बोल्न सक्ने भए उफ्रिन्थे, नारा लगाउँथे ।’ प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष ओलीले पदक वितरणमा लगातार प्रश्न उठाइरहेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

समलिंगी बिहे : खुल्दैछ समाज, कानूनी उल्झन उस्तै

१० असोज, काठमाडौं । मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर्थिकको रिक्वेस्ट धिरजले एसेप्ट गरेपछि हुन थालेको कुराकानीसँगै सम्बन्ध गहिरो हुँदै गयो । गत भदौमा काठमाडौंमा भएको पहिलो प्रत्यक्ष भेटमै […]

नेपाल स्काउटको तदर्थ समिति खारेज

१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो । भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले […]



from समाचार – Online Khabar https://ift.tt/2ZtS7Lz
via IFTTT
Powered by Blogger.