Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?

१२ असोज, काठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ । खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने जिज्ञासा वा बारम्बार सोधिने प्रश्नहरु […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राइभेट वार्ड सञ्चालन

१२ असोज, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर मंगलबारदेखि प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको हो । प्राइभेट वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेडसहित एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, चिकित्सक र स्वास्थ्यकर्मीको चौबीसै घण्टा […]

विद्युत संकटका कारण घटाइयो चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण

१२ असोज, काठमाडौं । चीनमा देखिएको विद्युत र ऊर्जा संकटका कारण उसको आर्थिक वृद्धिदर पनि प्रभावित हुन सक्ने देखिएको छ । मल्टिनेशनल इन्भेष्टमेन्ट बैंक गोल्डमेन स्याख्सले चीनको आर्थिक वृद्धिदरको प्रक्षेपण ८.२ प्रतिशतबाट घटाएर ७.८ प्रतिशतमा झारेको छ । गोल्डमेन स्याख्सका अनुसार चीनको जारी ऊर्जा संकटको असर ठूला उद्योगमा पर्नेछ । चीनको ऊर्जा संकटको असर करिब […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद

१२ असोज, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई पक्राउ गरी उनीहरुको साथबाट १४९.५ ग्राम सुन बरामद गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा […]

कांग्रेस नवलपरासीको अधिवेशनमा मिश्रित परिणाम

१२ असोज, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीको गाउँ/नगर अधिवेशनमा मिश्रित परिणाम आएको छ । नवलपरासीका ७ स्थानीय तहमध्ये तीनवटामा देउवा समूह, दुई/दुईवटा पालिकामा रामचन्द्र पौडेल र शशांक कोइराला समूहले सभापति जितेका छन् । सुनवल र बर्दघाट नगरपालिकाको सभापति रामचन्द्र पौडेल समूहले जितेको छ । रामग्राम नगरपालिका तथा पाल्हिनन्दन र सरावल […]

दुई दिनमै ३४ हजार यहुदीको हत्या भएको नरसंहार

१२ असोज, काठमाडौं । दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध कहालीलाग्दा जातीय नरसंहारका घटना भए । यसैमध्ये एउटा डरलाग्दो जातीय नरसंहार युक्रेनको राजधानीस्थित बाबिन यारमा भएको थियो । ८० वर्षअघि भएको उक्त नरसंहारमा २ दिनभित्र झण्डै ३४ हजार यहुदीको हत्या गरिएको थियो । सोभियत युनियनविरुद्ध नाजी जर्मनीको सैन्य अभियानका क्रममा १९४१ सेप्टेम्बर २९ र ३० गते ३३ […]

थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

१२ असोज, काठमाडौं। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले  नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए। उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने,  बुधबार उपास अर्थात व्रत […]

राष्ट्रसंघ महासभामा नेपालले उठाएका १० सवाल

१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र दुईपक्षीय एजेण्डा र विषयहरुमा नेपालको धारणा राखेका छन् । यस अगाडिको तुलनामा केही अन्तर्राष्ट्रिय एजेण्डामा नेपालले आफ्नो पोजिसन स्पष्ट पारेको छ । महासभामा नेपालले उठाएका विषयलाई बुँदागत रुपमा विश्लेषण गरिएको छ […]

संयुक्त राष्ट्रसंघको महासभामा अफगानिस्तानको प्रतिनिधित्व किन भएन ?

१२ असोज, काठमाडौं। अफगानिस्तानको तर्फबाट यसवर्ष संयुक्त राष्ट्रसंघको महासभामा कसैले पनि प्रतिनिधित्व गरेनन् । अफगानिस्तानको पूर्ववर्ती सरकारले छानेको राष्ट्रसंघका स्थायी प्रतिनिधि गुलाम इसकजाईले आफ्नो नाम फिर्ता लिएका छन् । उनले राष्ट्रसंघमा अफगानिस्तानलाई कब्जामा लिएर शासन चलाइरहेको तालिबानलाई चुनौती दिन सक्ने अपेक्षा गरिएको थियो । तर, उनले महासभाबाट आफ्नो नाम फिर्ता लिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन् […]

कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । ९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता […]

प्रदेश-२ मा खुद्रा विकास भइरहेको छ : उपेन्द्र यादव

१२ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा खुद्रा विकास भइरहेको बताएका छन् । यो खुद्रा विकासले पर्यटन प्रवर्द्धन हुन नसक्ने उनको भनाइ छ । होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश-२ ले मंगलबार जनकपुरधाममा आयोजना गरेको पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले एकीकृत […]

कांग्रेसले कर्णालीका ५ जिल्लाको अधिवेश दसैँअघि नै सक्ने

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका पाँच हिमाली जिल्लाको  अधिवेशन दसैँअघि नै सम्पन्न गर्ने भएको छ । हिमाली जिल्लामा हिउँ पर्ने र चिसो बढ्ने सम्भावना रहेकोले दसैँअघि नै अधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसको पदाधिकारी बैठकले कर्णालीका पाँचसहित २१ वटा हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेसँगै कर्णालीका […]

ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

१२ असोज, मोरङ। प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न दुईजनालाई पहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मिया रहेका छन् । आइतबार दिउँसो विराटनगर महानगरपालिका-७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक […]

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उनी बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् । चार वर्ष पहिले पनि उनलाई बैंककको […]

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

१२ असोज, काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको सेनाले दिएको जानकारीअनुसार मंगलबार बिहान उत्तर कोरियाले उक्त मिसाइल परीक्षण गरेको हो । मिसाइल प्रक्षेपण गरेको केही समयपछि संयुक्त राष्ट्रसंघको लागि उत्तर कोरियाका स्थायी प्रतिनिधि किम सोङले महासभामा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुलाई […]

केयूकेएलका कर्मचारी आन्दोलित, सीईओलाई कार्यालय प्रवेशमा रोक

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र […]

एकीकृत समाजवादीको डोटी संयोजकमा बोगटी

१२ असोज, डोटी । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले डोटी जिल्ला कमिटी घोषणा गरेको छ । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको सो पार्टीले जनाएको छ । सोमवार दिपायल सिलगढी नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रम एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा […]

भक्तपुरमा लरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ असोज, काठमाडौं । भक्तपुरमा लरीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेका छन् । मोटरसाइकलको पछाडि बसेका मध्यपुर थिमि नगरपालिका-३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको […]

आकाशमा दुई घण्टा फन्को मारेको बुद्धको जहाज आज बिहानैबाट संचालन

१२ असोज, काठमाडौं । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले […]

उत्तरी नाकाबाट दैनिक ४० कन्टेनर नेपाल पठाउने चिनियाँ आश्वासन

१२ असोज, काठमाडौं । नेपाल-चीन व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात बढाउने आश्वासन आएको उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नाकामा अहिले देखिएको समस्या समाधान गर्न चीन तत्पर रहेको र नेपाल प्रवेश गर्ने कन्टेनर संख्या बढाउने अनौपचारिक जानकारी आएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गर्ने कन्टेनरको हालको […]

ठगी मुद्दामा कानून व्यवसायी पक्राउ

१२ असोज, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनाअनुसार प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा […]



from समाचार – Online Khabar https://ift.tt/3B03856
via IFTTT
Powered by Blogger.