Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धामीको हत्या आरोपमा ३ जना पक्राउ

११ असोज, रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी,  चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र […]

ल्याण्डिङ गियर देखाउने इण्डिकेटरले काम गर्न नसक्दा समस्या आयो : बुद्ध एयर

११ असोज, काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए […]

विद्यार्थीलाई हेल्प फर ह्याप्पिनेसको सहयोग

११ असोज, धनगढी । हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम कमिटीले सोमबार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आमाको माया छात्रावासका विद्यार्थीहरुलाई कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त अवसरमा हेल्प फर ह्याप्पिनेस मेडिकल टिमका संयोजक दृष्टि विशेषज्ञ डा. […]

असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना

११ असोज, काठमाडौं । ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो । सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त […]

राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ […]

मन्त्रिपरिषद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश फिर्ता हुनसक्ने

११ असोज, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठकबाट राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ताको निर्णय हुन सक्ने स्रोतले बतायो । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । दलका नेताहरुले छिटो अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । गत असार २९ गते […]

ईपीएल : काठमाडौं र विराटनगरबीचकाे खेल टस नभई स्थगित

११ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो । खेल टस नै नभई स्थगित भएको हो । अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकोले ९:३० मा सुरु हुनुपर्ने खेल […]

१० बुँदे कार्यान्वयनबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक

११ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठक बसिरहेको हो । बैठकमा दश बुँदे कार्यान्वयन र विधान महाधिवेशनको तयारीबारे छलफल भइरहेको एक नेताले बताए । ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । […]

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्‍न : कालोधनलाई सेतो पार्ने कुरा कहाँको क्रान्तिकारी हो ?

११ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै विरोध गरेका छन् । सोमबार राष्ट्रिय सभामा समय लिएर बोल्दै गुरुङले प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, सेवा प्रदायकले पछिल्लो तीन वर्षको आयकर फागुनभित्र बुझाउँदा तीन वर्ष अगाडिको कर […]

ककपिटमा धुवाँ देखिएपछि पोखरा उडेको बुद्ध एयर काठमाडौं फिर्ता

११ असोज, काठमाडौं । ककपिटमा धुवाँ देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ […]

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा मार्‍यो

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न […]

प्रचण्डको ब्रिफिङ : अध्यादेश फिर्ता हुन्छ, पर्सिसम्म मन्त्रिपरिषद् विस्तार

११ असोज, काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ताका लागि सहमति जुटेको बि्रफिङ गरेका हुन् । एक स्थायी कमिटी सदस्यका अनुसार अब शीर्ष नेताहरू बसेर मन्त्रालय बाँडफाँट गर्ने र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको प्रचण्डले नेताहरूलाई […]

अफगानिस्तान : दाह्री काट्न तालिबानको प्रतिबन्ध

१२ असोज, काठमाडौं। अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा रोक लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो । तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिइने बताएको छ । अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि आफूहरुलाई यस्तै किसिमको निर्देशन प्राप्त भएको बताएका […]

लालीगुराँस सहकारीलाई महँगो पर्‍यो समय फाल्चा निर्माण रोक्ने प्रयास, बाटो नै बन्द

११ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले लालीगुराँस बहुउद्देश्यीय सहकारीको भवन अगाडि तारबार गरेको छ । यससँगै उसले अब मुल सडक पट्टीको बाटो प्रयोग गर्न पाउने छैन । महानगर र सहकारीबीच समय् फाल्चा निर्माणलाई लिएर लामो समयदेखि विवाद छ । महानगरले २०६ वर्ष पुरानो फाल्चा निर्माण गर्न चाहेको छ, जुन सहकारीको भवनको ठीक अगाडि पर्छ । […]

बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

११ असोज, काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा (एमाले)को विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए । तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण […]

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]

विराटनगर उडेको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण

११ असोज, काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ । आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा […]

विराटनगरबाट फर्किएको बुद्ध एयरको जहाज सुरक्षित अवतरण  

११ असोज, काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी फर्किएको बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा सुरक्षित अवतरण गरेको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार […]

बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन, काठमाडौं फर्कियो

११ असोज, काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ । काठमाडौं सुविधा सम्पन्न विमानस्थल भएका कारण आकस्मिक अवतरण काठमाडौंमै गर्ने गरी जहाज फर्किएको हो । जहाज आकस्मिक […]

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

पसलमा आगलागी हुँदा २ लाख ४० हजारको क्षति

११ असोज, वीरगञ्ज । बारामा आगलागी हुँदा दुई लाख ४० हजार मूल्य बराबरको क्षति भएको छ । महागढीमाई नगरपलिका-१ बरियारपुर बजारमा आगलागी भएको हो । सोमबार बिहान १ः२० बजे उपेन्द्रकुमार गुप्ताको टायलले छाएको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी भएको थियो । आगलागीबाट उपेन्द्रसहित तीन जनाको पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता […]



from समाचार – Online Khabar https://ift.tt/3D40fBh
via IFTTT
Powered by Blogger.