Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बेँसी झार्न थालियो रुकुमका भेडी गोठ

११ असोज, रुकुमपूर्व । गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो […]

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

११ असोज, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी-१० मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक-९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो। झापा जिल्ला प्रहरी कार्यालयका […]

पतिको मोटरसाइकलको कर मिनाहा गरिदिन भन्दै प्रदेश सांसदले लेखिन् यातायातलाई पत्र

११ असोज, जनकपुरधाम । प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी […]

अपहरणका आरोपीलाई सफाइ प्रकरण : प्रहरीले बनायो छानबिन समिति

११ असोज, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन […]

स्काउटका निवर्तमान संयोजक भण्डारी भन्छन्- म होइन, सरकार असक्षम छ

११ असोज, काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् । जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए । आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न […]

७३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५१२ करोडमा रोकियो

११ असोज, काठमाडौं । साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको […]

व्यवसायको विवादले लामामाथि खुकुरी प्रहार

११ असोज, विराटनगर । आइतबार विराटनगरमा उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार व्यवसायको स्वामित्वसँग जोडिएको खुलेको छ । ३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । आइतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला […]

बैतडीमा दशवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व

११ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्‍न भएको छ। यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित भएका छन् । भट्टले १०४ र उनका प्रतिद्वन्द्वी गजेन्द्रसिंह […]

प्रदेश २ मा बुधबार महिलालाई सार्वजनिक विदा

११ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक विदा दिएको छ । मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभरि […]

स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

११ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माणपछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए । चालु शैक्षिक सत्रमा कक्षा १ […]

विद्युतका ‘रक्तसञ्चार’ आयोजना अदालतमा अडि्कँदा प्राधिकरण बिलखबन्दमा

११ असोज, काठमाडौं । ‘सावधान ! यस क्षेत्रमा निर्माण कार्य यथास्थितिमा राख्न सर्बोच्च अदालतबाट आदेश भएको हुँदा कुनै गतिविधि गर्न/गराउन सख्त मनाही छ,’ नवलपरासीको दुम्कीबास क्षेत्रमा निर्माणाधीन भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको टावरमा स्थानीयबासीन्दाले टाँसेको सूचना हो, यो । सोही स्थानकै अर्को टावरमा फ्लेक्स बोर्ड नै टाँगेर प्रसारणलाइन निर्माणको काम अघि नबढाउन चेतावनी दिइएका […]

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित

११ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो । भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर […]

एमाले सप्तरीका बहुमत पदाधिकारी एकीकृत समाजवादीमा

११ असोज, सप्तरी । नेकपा एमालेको सप्तरी जिल्ला कार्यसमितिका बहुमत पदाधिकारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सोमबार सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा एमालेका बहुमत कार्यसमिति सदस्यले एकीकृत समाजवादी रोजेका हुन् । ७३ सदस्यीय जिल्ला कार्यसमितिमध्ये ४६ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए । तत्कालीन एमालेका जिल्ला अध्यक्ष न्यौपाने, सचिव शम्भु यादव, […]

हर्न जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

११ असोज, सप्तरी । हर्न जोड्ने क्रममा करेन्ट लागेर सप्तरीमा सोमबार एक युवकको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका वडा-२ बेल्हामा जितिया सम्बन्धी कार्यक्रमका लागि लाउडस्पिकर (हर्न) जोड्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय २२ बर्षीय दिपेन्द्र मण्डल रहेको वडा अध्यक्ष रामअबतार साहले जानकारी दिए । करेन्ट लागेर सिकिस्त भएका […]

धामीको हत्या आरोपमा ३ जना पक्राउ

११ असोज, रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी,  चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र […]

ल्याण्डिङ गियर देखाउने इण्डिकेटरले काम गर्न नसक्दा समस्या आयो : बुद्ध एयर

११ असोज, काठमाडौं । काठमाडौंबाट विराटनगर उडेको जहाज अवतरणमा भएको समस्याबारे बुद्ध एयरले आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । कम्पनीका अनुसार जहाजमा कुल ७३ जना यात्रु थिए । जहाज विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इण्डिकेटरमा समस्या देखिएको थियो । त्यहाँको टावरले समेत गियर नझरेको जानकारी गरायो । त्यसपछि जहाज काठमाडौं फर्काउने निर्णय पाइलटले लिए […]

विद्यार्थीलाई हेल्प फर ह्याप्पिनेसको सहयोग

११ असोज, धनगढी । हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम कमिटीले सोमबार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आमाको माया छात्रावासका विद्यार्थीहरुलाई कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त अवसरमा हेल्प फर ह्याप्पिनेस मेडिकल टिमका संयोजक दृष्टि विशेषज्ञ डा. […]

जहाजभित्रै रूवाबासी चल्यो, हामीले त आश मारिसकेका थियौं

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ […]

असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना

११ असोज, काठमाडौं । ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो । सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त […]

निराशाबीच जुर्मराउन खोज्दै नेपाली पर्यटन क्षेत्र

११ असोज, काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन […]

राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित

११ असोज, काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्मका लागि स्थगित भएको छ । बजेटसँग सम्बन्धित दुई विधेयक पारित पारित गरेपछि बैठक एक सातासम्मका लागि स्थगित भएको हो । सोमबार प्रमुख प्रतिपवक्षी नेकपा एमालेको विरोधकाबीच राष्ट्रियसभाले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित ग¥यो । त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक असोज १७ गते दिउँसो १ […]



from समाचार – Online Khabar https://ift.tt/3EU2Fny
via IFTTT
Powered by Blogger.