समाचार
११ असोज, काठमाडौं । सरकारले गोरखापत्रको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णुप्रसाद सुवेदी नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
११ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माणको काम एक साताभित्र सक्न निर्देशन दिएका छन् । प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबीच सोमबार भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको […]
११ असोज, जनकपुरधाम । पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृत्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घटनामा […]
११ असोज, काठमाडौं । जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो यो । व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरी यसको प्रयोग हुने गरेको छ । यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जय नेपाल शब्द प्रयोग गरेको छ । यस्तै राजनैतिक रुपमा नेपाली कांग्रेसको […]
११ असोज, काठमाडौं । वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन […]
१२ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पुस्तक ‘राजनीतिसँगै राजकाज’बाट हालसम्म प्राप्त लेखकस्व पार्टीलाई प्रदान गरेका छन् । कर कट्टी गरी हालसम्म प्राप्त लेखकस्व ६ लाख ५ हजार ६ सय २५ रुपैयाँ मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गरेका हुन् । गत चैतमा प्रकाशित पुस्तकबाट प्राप्त सबै लेखकस्व उनले विवेकशील साझालाई दिने […]
११ असोज, धनगढी । नेकपा माओवादी केन्द्रले हालै गठन गरिएको पार्टीको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने दाबी गरेको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुने जनाएको छ । उक्त निर्वाचन आयोगका […]
११ असोज, सुरुङ्गा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँचका लागि को २ च २६३२ नम्बरको बोलेरो जीपलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा बोलेरो चालक दमक नगरपालिका–९ का ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको […]
११ असोज, काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन् । बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारलाई नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको आरोप छ । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले भने, ‘हुँदाहुँदा लुटिएका झण्डै […]
११ असोज, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर […]
११ असोज, धनगढी । हेल्प फर हेप्पीनेस नामक संस्थाले धनगढीका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले छैठौँ वार्षिकोत्सवको अवसरमा धनगढी उपमहानगरपालिका-५ तारानगरमा रहेको आमाको माया छात्रबासका विद्यार्थीहरुलाई न्यानोे कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो। साथै हेल्प फर हेप्पीनेस मेडिकल टीमका संयोजक दृष्टि विशेषज्ञ डाक्टर युवराज जोशीको समूहले विद्यार्थीहरुको आँखा […]
११ असोज, रुकुमपूर्व । गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीका पर्व दसैँ, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो […]
११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ […]
११ असोज, काठमाडौं । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो । घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार विहान शौचालय […]
११ असोज, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी-१० मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक-९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो। झापा जिल्ला प्रहरी कार्यालयका […]
११ असोज, काठमाडौं । कर फर्छ्यौट आयोगका सदस्य सचिव हुँदा भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका […]
११ असोज, जनकपुरधाम । प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी […]
११ असोज, काठमाडौं । कमजोर अनुसन्धानका कारण अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरका आरोपीले सफाइ पाएको आरोप लागेपछि प्रहरीले छानबिन गर्ने भएको छ । अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने काठमाडौं प्रहरी परिसर, टेकुमाथि छानविनका लागि समिति गठन भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन […]
११ असोज, काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् । जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले ८ असोजमा भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो । सोमबार सरकारको पत्र बुझेपछि निवर्तमान संयोजक भण्डारीले कानूनी सल्लाह गरेर अघि बढ्ने बताए । आफ्नो नेतृत्वको तदर्थ समितिले जिम्मेवारी पूरा गर्न […]
११ असोज, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । सोमबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको […]
११ असोज, विराटनगर । आइतबार विराटनगरमा उच्च अदालत अगाडि व्यवसायी कलामसिंह लामामाथि भएको खुकुरी प्रहार व्यवसायको स्वामित्वसँग जोडिएको खुलेको छ । ३२ वर्षीय लामाका साझेदार महम्मद साजिद मियाँले उजुरी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले उनको उद्योगको कारोबार रोकिदिएको थियो । प्रशासनको निर्णयविरुद्ध लामा जिल्ला अदालत जाने तयारीमा थिए । आइतबार बिहान काठमाडौंबाट आएका उनी जिल्ला […]
from समाचार – Online Khabar https://ift.tt/3kKbU1N
via IFTTT